१२४ औँ माओ जयन्ती र माओको साहित्यिक योगदान

प्रकाशित मिति : २०७४ पुस ११

- हिरामणी दुःखी

 

२६ डिसेम्बर, तदनुसार पुस ११, यो दिन विश्व कम्युनिस्ट आन्दोलनका माहान् नेता माओवादका प्रणेता कमरेड माओको जन्मदिवश । यस सन्दर्भमा सर्वप्रथम चिनियाँ क्रान्ति र विश्व सर्वहारा वर्गका महानायक, माओवादका प्रणेता महान् कवि साहित्यकार एवम् सांस्कृतिक योद्धा कमरेड माओत्से तु¨प्रति उहा“को विद्यार्थीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली र लाल सलाम ।

हामीले हाम्रो मुलुकमा माक्र्सवादी साहित्य, कला र संस्कृतिको कुरा गर्नुपर्दा फेरी पनि कमरेड माओले येनानमा दिएको साहित्य–कला सम्बन्धी प्रवचनलाई स्मरण गर्नु जरुरी हुन्छ । यद्यपी साहित्य र कला सम्बन्धमा माक्र्स एङ्गेल्स र लेनिनहरूले सुस्पष्ट रूपमा माक्र्सवादी मान्यता अगाडि सार्नुभएको छ । तर पनि हाम्रो देशको वर्तमान आर्थिक, सांस्कृतिक, सामाजिक, र राजनैतिक स्थितिलाई केलाउ“दा र वर्तमान युगको विश्लेषण गर्दा माक्र्सवाद र लेनिनवादको जगमा टेकेर विकसित भएको माओवादी विचारलाई नै मुख्य प्रस्थानविन्दु बनाएर मात्र अघि बढ्न सक्छौं । त्यसैले सांस्कृतिक क्रान्तिको कुरा गर्दा माओवादी संस्कृति, कला र साहित्य नै यतिबेलाको मुख्य निर्देशक सिद्धान्त बन्न पुग्दछ ।
साहित्य र राजनीतिलाई अलग अलग रूपबाट बु¤ने र व्याख्या गर्ने प्रतिक्रियावादी कोण हो । उनीहरूले यी दुई विषयलाई भिन्न रूपमा उभ्याइदिन्छन् । तर माक्र्सवादीहरू जहिले पनि यी दुई विषय एकापसमा अन्तरनिहीत छन् र राजनीतिकै कमाण्डमा सबै कुरा सञ्चालन हुन्छन् भन्ने मान्यता राख्दछ । जो कुरा सत्य हो । यसको अर्थ हुन्छ साहित्य, कला संस्कृतिको विकासको आन्दोलनले राजनीतिक आन्दोलनकै प्रतिनिधित्व गर्दछ ।
कमरेड माओले येनानमा दिनुभएको साहित्य–कला सम्बन्धी प्रवचन हाम्रो युगको सर्वकालिक दस्तावेज हो । त्यहा“ माओत्से तुङले मुख्यरूपमा सांस्कृतिक पल्टनको कुरालाई निकै जोड दिनुभएको छ । सर्वहारा वर्गले राज्यसत्ता प्राप्त गर्नका निम्ति निर्णायक रूपमा आºनै सेना निर्माण गरेर सशस्त्र सङ्घर्ष चलाउन जे जति महŒव र आवश्यकता छ त्यहा“ मान्छेको आत्मिक चेतनामा ध्यान दिनु त्यत्तिकै आवश्यकता छ । तसर्थ कलम र बन्दुकको मोर्चाको महŒव पनि त्यत्तिकै रहन्छ । यसका लागि क.माओले सांस्कृतिक पल्टनको महŒवमाथि जोड दिनु भएको हो । उहा“ भन्नुहुन्छ– “शत्रुलाई हराउनका निम्ति हामीले मुख्य रूपले बन्दुकधारी सेनामाथि भर पर्नु पर्दछ । तर यो सेना मात्र प्रयाप्त हु“दैन । हामीसँग सांस्कृतिक सेना पनि हुनै पर्दछ । जो हाम्रा पङ्क्तिहरूलाई एकतावद्ध पार्न र दुश्मनलाई हराउन अनिवार्यरूपले आवश्यक छ ।”
वैचारिक राजनीतिले नै समाजका सम्पूर्ण कुराको कमाण्ड गरेको त हुन्छ नै तर मान्छेमा भावना, सम्वेदना, आवेग, विवेक सबै हुने भएकाले मान्छेलाई सबैभन्दा पहिले साहित्यले प्रभाव पार्छ । जीवशास्त्रीहरू भन्छन् सङ्गीतले बोट बिरुवा, जनावर र चरा चुरु¨ीलाई समेत मुग्ध पार्दछ । त्यसैले हामी समाजमा एउटा राजनीतिज्ञको भाषणलाई भन्दा कलाकर्मीको गीत सङ्गीतले मान्छेको दिलदिमागमा छिटो प्रभाव पारेको पाउ“छौं । तसर्थ हाम्रा सांस्कृतिक साहित्यिककर्मीहरू विचारले सुस्पष्ट हुन सकेनन् वा सर्वहारा चेतनाले प्रतिवद्ध भएनन् भने समाजलाई सबैभन्दा पहिले भ्रष्टिकरण गर्ने पनि उनीहरू नै हुन्छन् । यस विषयलाई क.माओले भन्नुहुन्छ– “हाम्रा रचनाहरूले त उनीहरूलाई (जनतालाई– ले.) एकतावद्ध हुन, प्रगति गर्न, एकमन र एक प्राण भएर अघि बढ्न पिछडिएका कुराहरू त्याग्न र क्रान्तिकारी कुराहरूको विकास गर्न सघाऊ पु¥याउनु पर्छ । र त्यसको उल्टो काम भने निश्चय नै गर्नुहु“दैन ।” यसर्थ सांस्कृतिककर्मीहरू यदि विचारले स्पष्ट भएनन् र इमान्दार भएनन् भने सर्वहारा राज्यसत्तालाई नियन्त्रण गर्न सक्तैनन् । नेपाली क्रान्तिमा पनि आफूलाई वरिष्ठ साहित्यकारको पगरी गुथेकाहरूबाट जनयुद्धलाई ‘रा“के भूत’ देख्ने र आफूहरू एनजीओ प्रवृत्तिबाट भ्रष्ट भएको तथ्यपनि हाम्रा सामू छर्लङ्गै छ । त्यसैले कमरेड माओले सांस्कृतिक क्रान्तिको आवश्यकतामा जोड दिनुभयो र सांस्कृतिक पल्टनको महŒव उल्लेख गर्दै निरन्तर क्रान्तिको जगमा टेकेर उभिनुपर्ने र त्यो त्यत्तिकै प्रतिवद्ध रहने पनि जनाउनु भएको छ ।

हिरामणी दुःखी

अध्यक्ष क.माओले येनानमा साहित्य, कला संस्कृति सम्बन्धी बैठकलाई सम्वोधन गरेको समयमा स्वयम् माओको नेतृत्वमा चिनिया“ कम्युनिस्ट पार्टीले जापानी साम्राज्यवादका विरुद्ध प्रतिरोध युद्ध छेडिएको थियो । त्यतिबेला क्रान्तिकारी लेखक साहित्यकारहरू आधारक्षेत्रमा केन्द्रित भएका थिए । माओले त्यो अवसरलाई सेना र सांस्कृतिक मोर्चाबीच एकीकृत र केन्द्रीकृत हुन जरुरी भएको बताउनु भयो र भन्नुभयो– “हामीले आºनो क्रान्तिकारी कार्यलाई अघि बढाउने हो भने यी दुइथरी सेनाहरूलाई एकाकार गर्नैपर्छ । हाम्रो आजको बैठकको उदेश्य साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मिसिनसित अभिन्न पार्टपूर्जाको रूपमा राम्ररी जोडियुन, तिनीहरू जनतालाई एकतावद्ध र शिक्षित तुल्याउने तथा शत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनुन् र तीनले जनतालाई एक मन, एक प्राण जस्तो भएर शत्रुसित जु¤न मद्दत गरुन भन्ने कुरालाई सुनिश्चित पार्नु हो ।” उहा“ले यो लक्ष्य प्राप्त गर्न केही समस्या रहेको बताउनु भयो । ती समस्याहरूमा वर्गीय अडानको समस्या, प्रवृत्तिको समस्या, पाठक दर्शकको समस्या, कार्यको समस्या र अध्ययनको समस्या नै लेखक कलाकार एवम् सांस्कृतिक कर्मीहरूको समस्या हो भनी औंल्याउनु भयो ।
आज हाम्रो देशको सन्दर्भमा पनि उपयुक्त तथ्य नै ठीकसँग मेल खाएको छ । यतिबेला क्रान्ति असफल पारिएको छ र प्रतिक्रान्तिले एउटा कोर्श पूरा गरेको छ । राष्ट्रघाती कुलाङ्घारहरूले राष्ट्रलाई नै दाऊमा थापेर भारतीय विस्तारवाद र साम्राज्यवादसामू आत्मसमर्पण गरिसकेका छन् । राष्ट्रियता झन्पछि झन् खतरामा पर्दै गएको छ । ठीक यही परिस्थितिमा जनयुद्धको मुख्य हिस्सा नवसंशोधनवादमा पतन भएको छ र त्यसले घु“डा टेकेर आत्मसमर्पण गरिसकेको छ । जनयुद्धलाई सत्तोसराप गर्दै दमन गर्न आतङ्ककारी विधेयक पास गरेको, प्राप्त बुर्जुवा गणतन्त्र प्राप्तीमा जनयुद्धको कुनै औचित्य र भूमिका नै थिएन भन्ने प्रतिक्रियावादी कित्तामा पतन भएको नामधारी कम्युनिस्ट पार्टीसँग पार्टी एकीकरण गरेर मक्किसकेको संसदीय व्यवस्थालाई बलियो बनाउन कम्मर कसेर लागि परेको छ । यसरी जनयुद्धको नेतृत्व गरेको मुख्य हिस्सा प्रतिक्रियावादी कित्तामा परिणत भएर प्रतिक्रान्तिको सेवक बन्न पुगेको छ । यसको कारण राजनीतिक युद्धसँगै सांस्कृतिक क्रान्तिलाई अगाडि नबढाउनुको परिणाम थियो । तसर्थ यहा“का साहित्यकार लेखक कलाकारहरूमा पनि कमरेड माओले उठाउनु भएको समस्याले नै गा“जेको कुरा नै सत्य रहन गएको छ ।
कमरेड माओले साहित्यिक र सांस्कृतिक क्षेत्रमा रहेका समस्याहरूको समाधानको बडो सुक्ष्म ढङ्गबाट व्याख्या गर्नुभएको छ । त्यसको निचोडमा रचनालाई लोकप्रिय बनाउनु पर्ने र साथसाथमा स्तर उकास्ने कुरालाई जोड दिनुभएको छ । लोकप्रिय बनाउनु भनेको वर्ग शत्रुहरूप्रति सम्पूर्ण जनतालाई विद्रोहमा उतार्नु र स्तर उकास्नु भनेको जनताको पुरानो, रुढीगत चेतनालाई समृद्ध गर्दै द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी बनाउनु हो । यसलाई सरलरूपमा परिभाषित गर्दै माओले कुन कुरा पहिलो प्राथमिकता हो र कुन सहायक हो भन्ने विषयलाई केलाउनु भएको छ । देशमा साम्राज्यवाद र घरेलु सामन्तवादले राष्ट्रियतालाई मिचिरहेको अवस्थामा पहिलो काम शत्रुका विरुद्ध एक मन, एक प्राण भएर लड्नु हो । यो भनेको साहित्य संस्कृतिकर्मीहरूले आºनो रचना लोकप्रिय बनाउनु हो । अर्थात् जनतालाई विद्रोहका निम्ति सङ्गठित गर्दै एकतावद्ध पार्नु र प्रत्याक्रमण (प्रतिरोध) गर्नु हो । यसलाई उहा“ले ‘जाडो मौसममा दाउरा पु¥याउनु’को संज्ञा दिनुभएको छ । यसरी पाठकको समस्या पनि हल हुन्छ र क्रान्तिकारीहरूले पाठक खोज्न आधारक्षेत्रमा, ग्रामीण वस्तीमा जानुपर्छ । जहा“ किसान, मजदुर हुन्छन् । जो लाखौं र करोडौंको संख्यामा छन् । र, उनीहरू जाडोमा दाउरा नपाएर छट्पटिएका हुन्छन् ।
अहिले हाम्रो देशको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । देशमा जाडो चढेको छ । यो जाडो हटाउन दाउराको खा“चो छ । त्यो भनेको क्रमशः प्रतिकृयावाद र नवसंशोधनवादीहरूको गठबन्धनले फासीवाद र दलाल पूँजीवादलाई अझ मजबुद पार्दै छन् । त्यसका लागि देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरूलाई एक शूत्रमा, एक प्राणमा बा“ध्नु जरुरी छ र पुनः क्रान्तिको तयारीमा जुट्नु अनिवार्य छ । यो नै जाडोमा दाउराको पूर्ति गर्नु हो ।
कमरेड माओत्से तुङ एउटा राजनीतिज्ञ व्यक्तित्व मात्र नभएर २०औं शताब्दीका एक मूर्धन्य साहित्यिक व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहा“ले साहित्यिक क्षेत्रमा दिएको योगदानमा उहा“को दार्शनिक विचार त छ“दै थियो, त्यसमा उहा“ स्वयम् चिनिया“ साहित्यमा एक प्रतिष्ठित कवि पनि हुनुहुन्थ्यो । उहा“का कविताहरू सर्वव्यापी र सर्वकालिक बन्न पुगेका छन् । उहा“का कविताहरूले नेपाली जनयोद्धाहरूलाई समेत पे्ररित गर्ने, उर्जा, शाहस पैदा गर्ने खालका रहेका छन् । यतिबेला माओ जयन्ती मनाउनुको तात्पर्य हो हामीले माओलाई अझ गहिरो, सुक्ष्म ढङ्गले पढ्नु र त्यसलाई जीवन व्यवहारमा लागू गर्नु ।
हरेक देशको राजनैतिक क्रान्तिले स्वतः त्यहा“का जनताको चेतनामा समृद्धिकरण गरेको हुन्छ । कथित शहरिया बुद्धिजीवी, लेखक, साहित्यकारहरूले गंवार, लाटा, स्वा“ठ भनिएका ग्रामीण दुरदराजका जनताको चेतनामा जनयुद्धले समृद्धिकरण गरेको छ । वस्तुजगत हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याइदिएको छ । आºना रुढीगत र पछ्यौटे सांस्कृतिक चेतनामा परिवर्तन ल्याएको छ । हजारौं वर्षदेखिको आºनो श्रम र पसिना कहा“ थुप्रिरहेको थियो र त्यसको अशुली कसरी गर्नुपर्छ भन्ने कुराको बोध गराएको छ । कहिल्यै स्कूलको आ“गन समेत नदेखेका र किताबको पानासमेत कस्ता हुन्छन् भन्ने थाहा नपाएका महिला, किसान, युवाहरूले कथा, कविता, संस्मरण, गीत, निवन्ध लेख्नसक्ने भएका छन् । यो माहान् जनयुद्धको देन हो । राम्रो राम्रो विम्वमा साहित्य श्रृजना गर्नसक्ने भएका छन् । संधैभरि चुलोचौकोमा बा“धिएका महिलाहरू पिठ्यू“मा झोला र का“धमा राइफल बोकेर दुश्मनका बङ्करमा धावा बोलेर लडाई जितेका ठूल्ठूला कृतिमान खडा गर्न सफल भएका छन् ।
कमरेड माओले सांस्कृतिक क्रान्तिको सन्दर्भमा सयौं विरुवालाई फूल्न देऊ र हजारौं विचारधारालाई फक्रन देऊ भनेको प्रसङ्गलाई आजका संशोधनवादी र नवसंसोधनवादीहरूले बहुलवादी टे«ण्डबाट बु¤ने र भनाईको वास्तविक मर्मलाई तोडमरोड गरी व्याख्या गर्ने गरेका छन् । वास्तवमा प्रतिक्रियावादी सत्ताका विरुद्ध क्रान्तिकारी जनसमुदायहरूलाई हुर्कन, बढ्न दिने र त्यसभित्रका विषालु झारपातलाई उखेल्ने कुरामा माओले उक्त कुरा भन्नुभएको थियो । यस विषयलाई लिएर आज नेपालमा क्रान्तिकारी माओवादीहरूलाई अधिनायकवादी, जड्शूत्रवादी, शास्त्रीयतावादी भनेर आरोप लगाउने, होच्याउने, अवमूल्यन गर्ने र प्रतिक्रान्तिको सेवा गर्ने गरेका छन् । र, उनीहरूले सयौं विचारलाई खेल्न दिने कुरा माओले भन्नुभएको छ भनी बहुलवादी संस्कृतिलाई मान्नुपर्ने कुतर्क अगाडि ल्याएका छन् । यसका विरुद्ध सांस्कृतिक क्रान्तिको मूल मर्मलाई ठीकसँग बुझेर क्रान्तिलाई अगाडि बढाउनु आजका क्रान्तिकारीहरूको दायित्व बनेको छ । यसका लागि हामीले माओवादको वैचारिक सारतत्वलाई ठीकसँग बु¤ने, ग्रहण गर्ने र त्यसलाई जीवन व्यवहारमा लागू गर्नुपर्दछ ।
अन्त्यमा, आज भन्दा ठीक १२४ वर्ष पहिले सन् १८९३ को डिसेम्वर २६ मा जन्मिएका कमरेड माओत्से तु¨ले अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थामा रहेको चीनलाई मुक्त मात्र गर्नुभएन माक्र्सवाद–लेनिनवादलाई समृद्धीकरण गरेर माओवादी विचारदर्शनमा विकास गर्नुभयो । साथै प्रगतिवादी साहित्य संस्कृतिमा पनि अमूल्य योगदान दिएर भावी पि“ढिलाई अगाडि बढ्ने मार्गनिर्देशन गर्नुभयो । आज माओलाई बु¤नु, पढ्नु र आत्मसात गर्नु एवम् सम्मान गर्नु भनेको नेपाली जनयुद्धको मूल्यवोध गर्नु हो र त्यसको जगमा टेकेर नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा तय गर्नु, लागिू गर्न दृढतापूर्वक सङ्कल्पवद्ध हुनु हो । त्यसका निम्ति मालेमावादको जगमा टेकेर विकसित भएको नवीन यथार्थको सौन्दर्य संस्कृतिलाई अझ समृद्धीकरण गर्न आवश्यक छ ।
८ पुस २०७४
रामपुर, चितवन