सामसुङको डुअल सेल्फी क्यामरा सहितको ग्यालेक्सी A8 तथा A8+ सार्वजनिक

प्रकाशित मिति : २०७४ पुस ५

ग्यालेक्सी सिरिजका स्मार्टफोन निर्माता कम्पनी सामसुङले ए सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले ग्यालेक्सीA8(2018) तथा A8प्लस(2018) सार्वजनिक गरेको हो । कम्पनीले युरोपेली बजारमा यी दुई फोन लञ्च समेत गरेको छ ।

यी फोनमा डुअल फ्रन्ट क्यामरा तथा इनफिनिटी डिस्प्ले जस्ता फिचर्स रहेका छन् । ब्लाक, आर्किड ग्रे, गोल्ड तथा ब्लू गरी चार रङमा उपलब्ध यी फोनको मूल्य चाहिँ मोडेल अनुसार फरक छ ।

A8को मूल्य ४ सय ९९ युरो तोकिएको छ भने A8प्लसकाे मूल्य ५ सय ९९ युरो रहेको छ । आगामी महिना जनवरीदेखि युरोपेली बजारमा यी दुई फोनको बिक्री सुरु हुनेछ ।

ग्यालेक्सी A8मा ५.६ इन्धको फूल भ्यू एमोलेड डिस्प्ले रहेको छ । जसको रिजोलुसन १०८० गुणा २२२० पिक्सेल रहेको छ । त्यस्तै ग्यालेक्सी A8प्लसमा चाहिँ ६ इन्चको फुल भ्यू एचडी डिस्प्ले राखिएको छ । दुबै स्मार्टफोन एन्ड्रोइड ७.१ नुगटमा चल्दछन् र अक्टाकोर Exynos 7885 प्रोसेसरले युक्त छन्।

दुबैमा डुअल फ्रन्ट क्यामरा छ र १६ मेगापिक्सेलको प्राइमरी फ्रन्ट क्यामरा का साथै ८ मेगापिक्सेलको दोश्रो फ्रन्ट क्यामरा रहेको छ । त्यस्तै ब्याक क्यामरा पनि १६ मेगापिक्सेलकै रहेको छ ।

ग्यालेक्सी ए एटमा ४ जिबीको र्याम तथा ६४ जिबीको इन्टरनल मेमोरी रहेको छ भने एट प्लसमा ६ जिबीको र्याम तथा ६४ जिबीको इन्टरनल मेमोरी रहेको छ । मेमोरी कार्डको मद्दतले मेमोरीलाई २५६ जिबीसम्म बढाउन सकिन्छ ।