पार्टी प्रकाशनका सम्बन्धमा

कम्युनिष्ट अखबारले के गर्नुहुन्छ, के गर्नु हुँदैन ?

प्रकाशित मिति : २०७४ पुस ५

- लेनिन

कम्युनिष्ट अखबारले के गर्नुहुन्छ, के गर्नु हुँदैन ?

पार्टीले अथक परिश्रम गरेर कम्युनिष्ट प्रकाशनलाई विकसित गर्नुपर्छ । पार्टीका निर्देशनहरुको अधीन नहुने अखबारले कम्युनिष्ट मुखपत्रका रुपमा मान्यता प्राप्त गर्न सक्दैन ।

पार्टीले धेरै अखबारहरु चलाउनु भन्दा राम्रा अखबारहरु चलाउन बढी ध्यान दिनुपर्दछ । प्रत्येक कम्युनिष्ट पार्टीसँग एउटा राम्रो र संभव भए दैनिक केन्द्रीय मुखपत्र हुनुपर्दछ ।

कम्युनिष्ट समाचारपत्र कहिल्यै पुँजीवादी अभियान हुनुहुँदैन, जस्तो पुँजीवादी र प्रायः समाजवादी समाचारपत्र हुन्छन् । हाम्रो अखबार सम्पूर्ण पुँजिवादी, ऋण संस्थाहरुबाट स्वतन्त्र हुनु पर्दछ । विज्ञापनको कुशलतापूर्ण संगठन, जसले कानुनी जनपार्टीहरुका हाम्रा अखबारहरुको अस्तित्वलाई संभव बनाउँछ, ले ठूला विज्ञापनदाताहरुमा कहिल्यैपनि निर्भर रहनु हुँदैन । यसका विपरीत सर्वहाराका सम्पूर्ण सामाजिक प्रश्नहरका बारेमा पत्रिकाको रवैयाले सबै हाम्रा जनपार्टीहरुमा बढी सम्मान निर्माण गर्नेछ ।

हाम्रा अखबारहरुले उत्तेजनाको आकांक्षालाई पूर्ति गर्ने वा साधारण जनताको मनोरञ्जनको साधन बन्ने काम गर्नु हुँदैन । ‘सम्माननीय’ बन्ने प्रयत्नमा निम्नपुँजीवादी लेखकहरु वा पत्रकार विशेषज्ञहरुको आलोचनाका अघि तिनले आत्मसमर्पण गर्नु हुँदैन ।

कम्युनिष्ट अखबारले सर्वप्रथम, उत्पीडित र लडाकु मजदुरहरुका हितहरुलाई संरक्षण–सम्बद्र्धन गर्नुपर्दछ । यसले हाम्रो उत्तम आन्दोलनकारी र सर्वहारा क्रान्तिको नेतृत्वदायी प्रचार बन्नुपर्दछ ।

हाम्रो अखबारको उद्देश्य पार्टी सदस्यहरुका क्रियाकलापहरुबाट सबै मूल्यवान् अनुभवहरु बटुल्नु र कम्युनिष्टहरुका कार्यविधिहरुमा निरन्तर संशोधन र सुधारको निम्ति मार्गनिर्देशकको रुपमा ती अनुभवहरुलाई हाम्रा कामरेडहरुसामु व्यक्त गर्नु हो ।

कम्युनिष्ट अखबार र विशेषतः हाम्रो मुख्य अखबारको यसकिसिमको सर्वसमावेशी संगठनात्मक कार्यद्वारा यस निश्चित उद्देश्यलाई दृष्टिमा राखेर हामी कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयतालाई संस्थापित गर्न सक्षम हुनेछौं र कुशलतापूर्वक कार्यविभाजनमा अघि बढ्नेछौं यसरी पार्टीले आफ्नो ऐतिहासिक उद्देश्य सम्पादन गर्न समर्थ हुनेछ ।

कम्युनिष्ट अखबारको संगठन

कम्युनिष्ट अखबारले एक कम्युनिष्ट अभियान बन्न प्रयत्न गर्नुपर्दछ अर्थात् यो एउटा सर्वहारा लडाकु संगठन हुनुपर्दछ, क्रान्तिकारी कार्यकर्ताहरुको क्रियाशील समुदाय बन्नुपर्दछ । अखबारलाई नियमित योगदान दिने सबै लेखकहरु, सम्पादकहरु, कम्पोजिटरहरु, प्रेसम्यानहरु र वितरकहरु, स्थानीय सामाग्री संकलन गरेर तिनबारे समाचारपत्रमा विवेचना गर्नेहरु, त्यसलाई प्रसारित गर्नमा प्रत्येक दिन क्रियाशील हुनेहरु, आदिको यसले क्रियाशील समुदाय बन्नुपर्दछ । अखबारलाई साँच्चैको लडाकु मुखपत्र र कम्युनिष्टहरुको बलियो क्रियाशील समुदायमा परिवर्तन गर्न केही व्यावहारिक उपायहरु अपनाउनु आवश्यक हुन्छ ।

एक जना कम्युनिष्टले आफ्नो अखबारसँग घनिष्ठभन्दा घनिष्ठ सम्बन्धमा रहनुपर्दछ, किनभने उसले यसका निम्ति काम र त्याग गर्नुपर्दछ । अखबार उसको त्यस्तो दैनिक हतियार हो जसलाई उपयोगका निम्ति तम्तयार राख्न दिनैपिच्छे दरिलो र धारिलो बनाइरहनुपर्दछ । कम्युनिष्ट अखबारको अस्तित्वका लागि अति विशाल भौतिक र आर्थिक बलिदानको आवश्यकता निरन्तर रहिरहनेछ । जबसम्म कम्युनिष्ट आन्दोलनको स्वयं बलियो आधार बन्ने गरी यो त्यस्तो दृढसंगठनको स्थितिमा पुग्नेछैन र कानुनी जनपाटी बीच त्यसो व्यापक प्रसारमा पुग्ने छैन त्यति खेरसम्म यसको विकास र आन्तरिक सुधारका साधनहरु आम पार्टी सदस्यहरुबाट नै निरन्तर आपूर्ति हुनुपर्दछ ।

अखबारका निम्ति एक सक्रिय प्रचारक र प्रवर्तक हुनु मात्र पर्याप्त हुँदैन, यसअतिरिक्त यसका निम्ति एक लेखदाता बन्नु अति आवश्यक छ ।

दुर्घटनादेखि मजदुरहरुको आमसभासम्म, सिकारु नयाँ मजदुरमाथि हुने दुव्र्यवहारदेखि सम्बन्धित संस्थानको आर्थिक प्रतिवेदनसम्म, कारखानामा हुने सामाजिक वा आर्थिक चासोका प्रत्येक घटनाहरु अखबारमा तत्कालै जानकारी गराइनुपर्दछ । टे«ड युनियनका फ््रयाक्सनहरुले आफ्ना बैठक र सचिवालयका महत्वपूर्ण निर्णय एवं प्रस्तावहरुका साथै हाम्रा शत्रुहरुका कुनै पनि विशिष्ट कार्यहरुको जानकारी गराउनु पर्दछ । सडकका सार्वजनिक जीवन र सभाहरुले सचेत पार्टी सदस्यहरुलाई प्रायः सामाजिक आलोचनाका अवसरहरु प्रदान गर्नेछन्, विस्तृत रुपमा हाम्रो अखबारमा छापेका ती सामाग्रीले उदासीन पाठकहरुमा समेत जीवनका दैनिक आवश्यकतालाई हामी कति ख्याल राख्तछौं भन्ने प्रदर्शन गर्नेछन् ।

मजदुरहरुका चिठ्ठीपत्रहरु
मजदुरहरु र मजदुरवर्गका संगठनका जीवनबाट आएका यस्ता चिठ्ठीपत्रहरुलाई सम्पादक–मण्डलले विशेष जतन र स्नेहका साथ व्यवहार गर्नुपर्दछ, उनीहरुले यस्तो सामग्रीहरुलाई हाम्रो अखबार र मजदुरहरुको जीवनका बीच रहेको प्रगाढ सम्वन्धका भावनाहरुलाई सम्प्रेषण गर्न सहयोग पु¥याउने संक्षिप्त टिप्पणीहरुका रुपमा प्रयोग गर्नुपर्दछ वा साम्यवादका सिद्धान्तहरुको व्याख्या गर्न मद्दत पु¥याउने मजदुरहरुको दैनिक जीवनबारे लिइएका व्यावहारिक उदाहरणका रुपमा ती प्रयोगहरु हुनुपर्दछ । संभव भएका सबै ठाउँमा सम्पादक–मण्डलले सुविधाजनक समयमा दिनका केही घण्टाहरु मजदुरहरुलाई भेट्नका निम्ति छुट्याएर उनीहरुका इच्छाहरु वा जीवनका कठिनाइका सम्बन्धमा उनीहरुका गुनासाहरु सुन्न तयार हुनुपर्दछ । ती कुराहरुलाई उनीहरुले नोट गर्नुपर्दछ र पार्टीका ज्ञान उन्नत बनाउनका लागि प्रयोग गर्नुपर्दछ ।

‘प्राभ्दा’को उदाहरण
निश्चय नै पुँजीवादी व्यवस्थाअन्तरगत हाम्रा अखबारहरुका निम्ति कम्युनिष्ट मजदुरहरुकोे एक उत्तम समुदाय बन्नु असंभव जस्तै हुनेछ । तथापि, अत्यन्त कठिन परिस्थितिहरुमा समेत यस्तो क्रान्तिकारी अखबारको संगठनमा केही सफलता प्राप्त गर्नु संभव हुनेछ । सन् १९१२–१३ को अवधिमा हाम्रा रुसी कमरेडहरुको अखबार ‘प्राभ्दा’ द्वारा यो प्रमाणित भएको छ । यसले वास्तवमै अति महत्वपूर्ण रुसी केन्द्रहरुका सचेत क्रान्तिकारी मजदुरहरुको स्थायी र सक्रिय संगठनको प्रतिनिधित्व गरेको थियोे र कमरेडहरुले अखबारको सम्पादन, प्रकाशन र वितरणका लागि आफ्नो सामूहिक शक्ति उपयोग गरेर तिनीहरुमध्ये धेरैले आफ्नो निजी कामहरु गर्नुका साथसाथै आफ्नो कमाइबाट अखबारका लागि धन जोगाए । यसको सट्टामा समाचारपत्रले उनीहरुले आकांक्षा गरेका, त्यतिखेर उनीहरुका लागि आवश्यक भएको र आफ्ना काम र संघर्षहरुमा आजसमेत उनीहरुले प्रयोग गर्न सक्ने सबैभन्दा राम्रा वस्तुहरु उपलब्ध गरायो । यस्तो किसिमको एक समाचारपत्रलाई पार्टी सदस्यहरु र अरु क्रान्तिकारी मजदुरहरुले वास्तवमै र साँच्चै ‘हाम्रो समाचारपत्र’ भन्न सक्तछन् ।

जनअभियान संचालनको साधन

जोधाहा कम्युनिष्ट प्रकाशनका निम्ति उचित मूलतत्व पार्टीद्वारा सञ्चालित अभियानहरुमा प्रत्यक्ष सहभागिता नै हो । कुनै खास समयमा पार्टीको गतिविधि निश्चित अभियानमा केन्द्रित भएको छ भने मुखपत्रको कर्तव्य सम्पादकीय पृष्ठहरु मात्र होइन, यसका सम्पूर्ण विभागहरुलाई यस विशेष आन्दोलनको सेवामा लगाउनु हो । सम्पादक–मण्डलले यस आन्दोलनलाई सहयोग पु¥याउन सामग्री र श्रोतहरु उपलब्ध गराउनु पर्दछ, जुन सार र रुप दुबैमा अखबारको सुरुदेखि अन्तसम्म समावेश गरिएको हुनुपर्दछ ।

‘आफ्नो समाचारपत्र’का निम्ति चन्दा संकलन एउटा व्यवस्थामा रहेर गरिनुपर्दछ । यसको निम्ति पहिलो कुरो मजदुरमा हलचल ल्याउने हरेक अवसर र कुनै विशेष घटनाहरद्वारा मजदुरहरुको राजनीतिक तथा सामाजिक चेतना जागृत गराउने रहेक परिस्थितिलाई प्रयोगमा ल्याइनुपर्दछ । यसरी, हरेक ठूलो हड्ताल, आन्दोलन वा तालाबन्दीले जुन भइरहेको बेला समाचारपत्रले खुला र शक्तिशाली रुपमा मजदुरहरुको हितको रक्षा गरेको हुन्छ, पछि आन्दोलनमा सहभागी भएकाबीच प्रचारको क्रियाकलाप संगठित र संचालित गरिनुपर्दछ । समाचारपत्रका लागि चन्दादातासूची र ग्राहक अनुरोध फारमको वितरण कम्युनिष्टहरु कार्यरत उद्योगहरु र हड्तालमा सहभागी भएका उद्योगहरुका टे«ड युनियन फ््रयाक्सनहरुमा मात्र होइन, जहाँ–जहाँ सम्भव हुन्छ, ग्राहक बनाउने फारम अखबारको लागि प्रचार–प्रसारमा लागेका मजदुरहरुका विशेष समूहहरुद्वारा घरघमै गएर बाँडिनुपर्दछ ।

त्यसैगरी, मजदुरहरुलाई जागृत गराउने हरेक चुनाव अभियानपछि मजदुरहरुका घरमा गएर मजदुरहरुको समाचारको लागि व्यवस्थित प्रचार संचालन गर्ने उद्देश्यले विशेष समूहहरु नियुक्त गरिनुपर्दछ ।

मजदुरहरुको ठूलो संख्यालाई असरपारिरहेका मूल्यबृद्धि, बेरोजगारी र अन्य भुक्तमानहरुका रुपमा आफूलाई व्यक्त गरिरहेका सुषुप्त राजनीतिक र आर्थिक संकटको समयमा विभिन्न उद्योगहरुमा पेशेवर रुपबाट संगठित मजदुरहरुलाई आफ्नो पक्षमा ल्याउन र तिनलाई समाचारमत्रका निम्ति घरघर गएर व्यवस्थित प्रचारकार्य संचालन गर्न कार्यालयहरुमा संगठित गर्न सम्भव भएसम्म सम्पूर्ण प्रयत्नहरु गर्नुपर्दछ । अनुभवले के देखाएको छ भने प्रचारकार्यका निम्ति प्रत्येक महिनाको अन्तिम हप्ता अत्यन्त उपयुक्त समय हुन्छ । कुनै स्थानीय समूहले समाचारपत्रको निम्ति प्रचारकार्यको उपयोग नगरी महिनाको अन्तिम हप्ता त्यसै बिताउँछ भने उसले कम्युनिष्ट आन्दोलनको विस्तारका सम्बन्धमा एउटा गम्भीर गल्ती गर्नेछ । समाचारपत्रका लागि प्रचार–संचालन गर्ने कार्यसमूहले कुनै पनि सार्वजनिक सभा वा कुनै पनि प्रदर्शनलाई सुरु, बीच र अन्तमा अखबारको ग्राहक सूचीसहित त्यहाँ उपस्थित नरही त्यसै छाड्नु हुँदैन । हरेक ट्रेड युनियन प्रयाक्सनमाथि युनियनका हरेक बैठकमा र प्रत्येक समूह र प्रक्यासनमाथि कारखानाको हरेक बैठकमा यिनै कर्तव्यहरु पालना गर्न लगाइएका छन् ।

पार्टी प्रकाशनलाई रक्षा गर

प्रत्येक पार्टी सदस्यले हाम्रो अखबारका सबै विरोधीहरुका आक्रमणबाट निरन्तर रुपमा रुक्षा गर्नुपर्दछ र पुँजीवादी प्रकाशनका विरुद्ध जोडदार अभियान संचालन गर्नुपर्दछ । पार्टी सदस्यले पुँजीवादी प्रकाशनहरुका भ्रष्टचार, असत्यता, सुचनाको दमन र थुप्रै दोहोरो व्यवहारलाई अनावरण गर्नु र मानिसहरुको ध्यान त्यतातिर आकर्षित गर्नुपर्दछ ।

छुद्र गुटगत विवादमा नफसी, दिन प्रतिदिनका अत्यन्त सुस्पष्ट वर्गद्वन्दहरुलाई लुकाउने षड्यन्त्रपूर्ण प्रवृत्तिलाई निरन्तर भण्डाफोर गर्दै लगातार आक्रामक आलोचनाद्वारा हामीले सामाजिक, जनवादी र स्वतन्त्र प्रकाशनलाई पराजित गर्नुपर्दछ । यी सामाजिक जनवादी अखबारहरुको झुक्याउने र आपांग बनाउने प्रभावबाट ट्रेड युनियन र अन्य मजदुर संगठनका सदस्यहरुलाई संगठित उपायहरुद्वारा मुक्त पार्न टे«ड युनियन र अन्य प्रक्याक्सनहरुले प्रयत्न गर्नैपर्दछ । यसअतिरिक्त हाम्रो प्रकाशनका निम्ति घरदैलो अभियानको माध्यमबाट विशेषताः औद्योगिक मजदुरहरुका बीच सामाजिक जनवादी प्रकाशनका विरुद्ध विवेकपूर्ण तरिकाले प्रचारलाई निर्देशित गरिनुपर्दछ ।