‘पार्टीको कार्यशैली सुधार’

प्रकाशित मिति : २०७४ मंसिर २८

- माओत्सेतुङ

अध्ययनको शैलीलाई सुधार्न मनोगतवादसँग जुध्नु, पार्टी सम्बन्धको शैलीलाई सुधार्न संकीर्णतावादसँग जुध्नु र लेखन शैलीलाई सुधार्न फोस्रो पार्टी लेखनसँग जुध्नु । हाम्रो अगाडि रहेका अभिभारा हुन् ।

शत्रुको तख्ता पल्टाउने अभिभारा पुरा गर्नको लागि हामीले पार्टीभित्र यी शैलीहरुलाई सुधार्ने अभिभारा पूरा गर्नैपर्छ । अध्ययन शैली र लेखन शैली पनि पार्टीकै कार्यशैलीभित्र पर्दछन् । एक पटक पार्टीको कार्यशैलीलाई पूरापूरा ठीक पार्नासाथ मुलुकभरिका जनताले हाम्रो उदाहरणबाट सिक्नेछन् । यस्तै खालको कार्यशैली अँगाली रहेका पार्टी बाहिरका मानिसहरु मध्ये जो जो असल र इमान्दार छन्, तिनले पनि हाम्रो उदाहरणबाट सिक्नेछन् र आफ्ना गल्तीहरु सच्याउने छन् र यसरी सिङ्गै मुलुकभरि नै यसको प्रभाव पर्नेछ । जबसम्म हाम्रा कम्युनिष्ट पंक्तिहरु सुव्यवस्थित हुन्छन् र एकसाथ पैतला मिलाएर अघि बढ्दछन्, जबसम्म हाम्रा पल्टनहरु अब्बल दर्जाका पल्टन हुन्छन् र हाम्रा हतियारहरु असल हतियार हुन्छन्, तबसम्म कुनै शत्रुको तख्ता पल्टाईदिन सकिन्छ, चाहे त्यो जतिसुकै शक्तिशाली नै किन नहोस् ।

म मनोगतवादको कुरा गर्न चाहन्छु

मनोगतवाद एउटा अनुचित अध्ययन शैली हो, माक्र्सवाद–लेनिनवाद विरुद्ध चल्छ र कम्युनिष्ट पार्टीसँग यसको ¥याङ्–ठ्याङ मिल्दैन । हामीले चाहेको कुरा त माक्र्सवादी–लेनिनवादी अध्ययनशैली मात्र नभइकन सिङ्गो पार्टीको अध्ययनशैली हो । यो हाम्रो नेतृत्वदायी अङ्गहरुमा रहेका कमरेडहरुको, सबै काडरहरु र पार्टी सदस्यहरुको चिन्तन पद्धतिको सवाल हो, माक्र्सवाद–लेनिनवादप्रतिको हाम्रो दृष्टिकोणको, सबै पार्टी कमरेडहरुको सवाल हो । यस प्रकारले, यो असाधारण महत्वको सवाल हो, साँच्चि नै प्राथमिक महत्वको सवाल हो ।

पार्टी स्कूलका हाम्रा कमरेडहरुले माक्र्सवादी सिद्धान्तलाई एउटा निस्प्राण जडसुत्र ठान्नुहुन्न । माक्र्सवादी सिद्धान्तमा दख्खल प्राप्त गर्नु र त्यसलाई लागू गर्नु जरुरी छ, त्यसलाई लागू गर्ने उद्देश्यले त्यसमा दख्खल प्राप्त गर्नु जरुरी छ । तपाई एक–दुईवटा व्यवहारिक समस्याहरुको विवेचना गर्ने काममा माक्र्सवादी–लेनिनवादी दृष्टिकोण लागू गर्न सक्नुहुन्छ भने तपाईको प्रशंसा हुनुपर्छ र तपाईलाई केही उपलब्धी हासिल गरेको जस दिनुपर्छ । तपाईले यस ढंगले जति बढी समस्याहरुको विवेचना गर्दै जानुहुन्छ र जति व्यापक तथा गहन विवेचना गर्नुहुन्छ, तपाईको उपलब्धि त्यति नै ठूलो हुनेछ । माक्र्सवादको अध्ययन गरेपछि हाम्रा शिष्यहरुले समस्याहरुलाई कसरी हेर्छन्, तिनले समस्याहरुलाई प्रष्टरुपले हेर्छन कि हेर्दैनन् र निपूर्णतासाथ हेर्छन् कि हेर्दैनन् त्यसको आधारमा हाम्रो पार्टी स्कूलले पनि असल र कमजोर शिष्यहरुको स्तर छुट्याउने नियम निर्धारित गर्नुपर्छ ।

अब हामी “बुद्धिजीवीहरु”को सवाल बारे कुरा गरौं । चीन अर्धऔपनिवेशिक, अर्धसामन्ती मुलुक भएको हुनाले र चीनको संस्कृतिको राम्रो विकास नभएको हुनाले, बुद्धिजीवीहरुको विशेष महत्व छ । पार्टी केन्द्रीय समितिले दुई वर्ष भन्दा पनि अघि बुद्धिजीवीहरुको सवालबारे के निर्णय लिएको थियो भने हामीले व्यापक बुद्धिजीवीहरुलाई हाम्रो पक्षमा ल्याउनुपर्छ र जबसम्म उनीहरु क्रान्तिकारी हुन्छन् र जापानको प्रतिरोध गर्नमा तत्पर रहन्छन्, तबसम्म हामीले ती सबैलाई स्वागत गर्नैपर्छ । बुद्धिजीवीहरुलाई आदर गर्नु हाम्रो लागि पच्चीसै आना सही कुरा हो, किनभने क्रान्तिकारी बुद्धिजीवीहरु नभइकन क्रान्तिले विजय प्राप्त गर्न सक्दैन । तर हामीलाई के कुरा थाहा छ भने धैरै त्यस्ता बुद्धिजीवीहरु पनि छन् जसले आफूलाई खूब विद्वान ठान्दछन् र पण्डित्याईको धाक जमाउँछन्, तर यस्तो धाकरवाफ खराब र हानिकारक हुन्छ र यसले तिनको आफ्नै प्रगतिमा बाधा पार्छ भन्ने कुरा चाहिँ तिनले बुझ्दैनन् । तिनले सजग हुनुपर्ने सत्य कुरा त के हो भने धेरै तथाकथित बुद्धिजीवीहरु, वास्तवमा, अपेक्षाकृत रुपले भन्ने हो भने, ज्यादै अज्ञान हुन्छन् र कहिले काहीं त मजदुर तथा किसानहरुले तिनले भन्दा बढी कुरा जानेका हुन्छन् । यहाँ कसैले भन्ला, “वाह ! तपाई त सुल्टोलाई उल्टो पार्दै ब्यर्थको कुरा गर्दै हुनुहुन्छ ।” (हाँसो) तर कमरेडहरु हो, उत्तेजित नहुनुहोस्, मैले भनिरहेको कुरामा पनि केहि न केहि अर्थ त छ ।

ज्ञान भनेको के हो ? वर्गसमाजको उदय भएदेखि केवल दुई किसिमको ज्ञान देखिएको छ –उत्पादन संघर्षको ज्ञान र वर्ग संघर्षको ज्ञान । प्रकृति विज्ञान र सामाजिक विज्ञान यिनै दुई किसिमको ज्ञानको निचोड हुन् र दर्शनशास्त्र चाहिँ प्रकृति सम्बन्धी ज्ञान र समाज सम्बन्धी ज्ञानको सामान्यीकरण र एकत्रिकरण हो । के ज्ञानको अर्को कुनै प्रकार छ र ? छैन । अब हामी ती खास विद्यार्थीमाथि एक दृष्टि दिऔं, जसको शिक्षा–दिक्षा त्यस्ता पाठशालाहरुमा भएको छ, जुन पाठशालाहरु समाजका व्यावहारिक कार्यकलापहरुबाट पूरापूर अलग्एिका छन्, तिनको हालत कस्तो छ त ? एउटा मासि यस खालको प्राथमिक पाठशालाबाट क्रमश यस्तै खालको विश्व–विद्यालयमा पुग्छ, स्नातक बन्दछ र आफूसँग ज्ञानको भण्डार छ भन्ने ठान्दछ तर उसँग भएको सबै ज्ञान किताबी ज्ञान हो, उसले अझसम्म कुनै पनि व्यवहारिक कार्यकलापमा भाग लिएको अर्थात् आफूले आर्जन गरेको ज्ञान जीवनको कुनै क्षेत्रमा पनि लागू गरेको छैन । यस किसिमको व्यक्तिलाई पूर्ण विकसित बुद्धिजीवी मान्न सकिएला र ? मेरो विचारमा त त्यस्तो मान्न गाह्रै पर्ला, किनभने उसको ज्ञान अझै अपूर्ण छ । उसोभए अपेक्षाकृत रुपले पूर्ण ज्ञान कुन हो त ? सबै अपेक्षाकृत रुपले पूर्ण ज्ञानसम्म पुग्न दुई चरणहरुबाट गुज्रनुपर्छ, पहिलो चरण इन्द्रियग्राहय ज्ञानको विकासको उच्च स्तरीय अवस्था हो । विद्यार्थीहरुको किताबी ज्ञान कस्तो खालको ज्ञान हो त ? तिनको सबै ज्ञानलाई सत्य मान्ने हो भने पनि यो तिनले आफ्नै व्यक्तिगत अनुभवबाट आर्जन गरेको ज्ञान चाहिँ होइन, तर यो त तिनका पुर्खाहरुले उत्पादनको निम्ति गरेको संघर्ष र वर्गसंघर्षका अनुभवहरुको सार खिचेर निर्धारित गरेका सिद्धान्तहरुमा रहेको ज्ञान हो । विद्यार्थीहरुले यस किसिमको ज्ञान आर्जन गर्नु ज्यादै जरुरी छ, तर तिनले बुझ्नै पर्ने कुरा के हो भने तिनको आफ्नै हकमा यस्तो ज्ञान एक अर्थमा अझै एकतर्फी नै हुन्छ, यो त्यस्तो ज्ञान हो जसलाई अरुहरुले त सही सिद्ध गरेका छन् तर उनीहरु स्वयम्ले भने अझै गरेका छैनन् । सबभन्दा महत्वपूर्ण करो त के हो भने यस ज्ञानलाई जीवन र व्यवहारमा लागू गर्नमा निपूर्ण हुनुपर्छ । त्यसकारण, खाली किताबी ज्ञान आर्जन गरेका तर अझसम्म वास्तविकतासँग सम्पर्कमा नगाँसिएका मानिसहरुलाई, र थोरै व्यवहारिक अनुभव हासिल गरेका मानिसहरुलाई पनि आफ्ना कमजोरीहरु महसुस गर्न र अलिक बढी विनम्र हुन म सल्लाह दिन्छु ।

किताबी ज्ञान मात्र आर्जन गरेका मानिसहरु कसरी साँचो अर्थमा बुद्धिजीवीमा फेरिन सक्छन् त ? यसको एउटै मात्र उपाय हो –तिनलाई व्यवहारिक कार्यमा भाग लिन र व्यवहारिक कार्यकर्ता बन्न लगाउनु, सैद्धान्तिक कार्यमा तल्लिन रहेका मानिसहरुलाई महत्वपूर्ण व्यवहारिक समस्याहरु अध्ययन गर्न लगाउनु । हाम्रो उद्देश्य यसरी पुरा हुन सक्छ ।

मैले भनेको कुराबाट सम्भवतः केही मानिसहरुलाई रिस उठ्ला । तिनले भन्लान्, “तपाईको व्याख्या अनुसार त माक्र्सलाई पनि बुद्धिजीवी मान्न नसकिने भयो नि त ।” म भन्छु– तिनको भनाई गतल छ । माक्र्सले क्रान्तिकारी आन्दोलनको व्यवहारमा भाग लिनुभयो र क्रान्तिकारी सिद्धान्तको सिर्जना पनि गर्नुभयो । पँुजीवादको सबभन्दा साधारण तत्व मालबाट थालेर उहाँले पुँजीवादी समाजको आर्थिक ढाँचाको साङ्गोपाङ्गो अध्ययन गर्नुभयो । लाखौं करोडौं मानिसहरु दिनदिनै माल देख्दथे र तिनको प्रयोग गर्दथे, तर उनीहरु यसमा के विधि अभ्यस्त भएका थिए भने यस कुरातर्फ तिनले ध्यान नै दिदैनथे । माक्र्सले मात्र वैज्ञानिक ढंगले मालहरुको अध्ययन गर्नुभयो । उहाँले मालहरुको वास्तविक विकास प्रक्रियाबारे महान् अनुसन्धान कार्य गर्नुभयो र विश्वव्यापी रुपमा विद्यमान बस्तुबाट एउटा पूरापूर वैज्ञानिक सिद्धान्तको खोजी गर्नुभयो । उहाँले प्रकृति, इतिहास र सर्वहारा क्रान्तिको अध्ययन गर्नुभयो र द्वन्दात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र सर्वहारा क्रान्तिको सिद्धान्तको सिर्जना गर्नुभयो । यसरी माक्र्स मानव विवेकको सर्वोच्च शिखरको प्रतिनिधित्व गर्ने एकजना अत्यन्त पूर्ण विकसित बुद्धिजीवी बन्नुभयो । म उहाँ किताबी ज्ञान मात्र आर्जन गरेका मानिसहरुभन्दा आधारभूत रुपमा नै बेग्लै हुनुहुन्थ्यो । माक्र्सले व्यवहारिक संघर्षहरुको क्रममा व्यापक जाँचबुझ र अध्ययन गर्नुभयो, सामान्यीकरणहरु गर्नुभयो र त्यसपछि आफ्ना निस्कर्षहरुलाई व्यवहारिक संघर्षहरुको कसीमा राखेर सही सिद्ध गर्नुभयो– हामी यसैलाई सैद्धान्तिक कार्य भन्दछौं । हाम्रो पार्टीलाई थुप्रै त्यस्ता कमरेडहरुको खाँचो छ, जसले यस्तो काम गर्ने तरिका सिकून् । हाम्रो पार्टीमा यस्तो खालको सैद्धान्तिक अनुसन्धान कार्य सिक्न सक्ने धेरै कमरेडहरु छन्, ती मध्ये धेरैजसो जेहेन्दार र होनहार छन् र हामीले तिनलाई ठूलो आदर गर्नुपर्दछ । तर तिनले माक्र्सवादी सिद्धान्तहरुको आधारमा चल्नु पर्छ र विगतका गल्ती दोह¥याउनु हँुदैन । तिनले जड्सूत्रवादलाई त्याग्नुपर्छ र पुस्तकका तम्तयार वाक्यांशहरुमा सीमित रहनु हुँदैन ।

यस संसारमा एउटै खालको मात्र सच्चा सिद्धान्त हुन्छ अर्थात् त्यो सिद्धान्त जसलाई वस्तुगत यथार्थबाट निकालिएको र बस्तुगत यथार्तकै कसीमा जाँचिएको छ, हाम्रो विचारमा यस भन्दा अर्को सिद्धान्त भन्न लायकको चीज हुँदैहुँदैन । स्टालिनले भन्नुभएको छ– व्यवहारसँग नगाँसिएको सिद्धान्त निरुद्देश्य हुन्छ । निरुद्देश्य सिद्धान्त व्यर्थको र झुटो हुन्छ र यसलाई त्याग्नै पर्छ । निरुद्देश्य सिद्धान्तको पण्डित्याई छाँट्न मन पराउनेहरु तर्फ हामीले तिरस्कारपूर्ण औंलो ठड्याउनु पर्छ । माक्र्सवाद–लेनिनवाद वस्तुगत यथार्थबाट जन्मेको र त्यसैको कसीमा जाँचिएको सबैभन्दा सही वैज्ञानिक र क्रान्तिकारी सत्य हो, तर माक्र्सवाद लेनिनवादको अध्धयन गर्ने धेरै मानिसले यसलाई निस्प्राण सूत्र ठान्दछन्, र यसरी तिनले सिद्धान्तको विकासलाई अवरुद्ध पार्छन् र आफू र अरु कमरेडहरुलाई हानी गर्दछन् ।

अर्कोतिर व्यवहारिक कार्यमा लागेका हाम्रा कमरेडहरुले आफ्नो अनुभवको दुरुपयोग गरे भने तिनले पनि नोक्सान बेहोर्नु पर्नेछ । सत्य कुरा के भने, यी मानिसहरु अक्सर गरेर ज्यादै मुल्यवान किसिमको अनुभवका धनी हुन्छन् तर उनीहरु आफ्नो अनुभवबाट सन्तुष्ट भएर बसे भने यो ज्यादै खतरनाक कुरा हुनेछ । तिनीहरुले के कुरा महशुस गर्नैपर्छ भने तिनको ज्ञान अधिकांश रुपमा इन्द्रियग्राहय र विस्तृत ज्ञानको अभाव हुन्छ, अर्को शब्दमा, तिनीहरुमा सिद्धान्तको अनुभव हुन्छ र तिनीहरुको ज्ञान पनि अपेक्षाकृत रुपले अपूर्ण हुन्छ । तुलनात्मक दृष्टिले पूर्ण ज्ञान क्रान्तिकारी कार्य बेगर राम्ररी गर्नु असम्भव छ । (‘कम्युनिष्ट नैतिकता’ पुस्तकबाट)