यी योद्धा कहाँ छिन् ?

प्रकाशित मिति : २०७४ मंसिर १४

- दीर्घराज पाण्डे

क.रेणु दुलाल दशवर्षे जनयुद्धमा बेपत्तामा पारिएकामध्ये तत्कालीन नेकपा (माओवादी)को जिल्ला सदस्य हुन् । हाल तत्कालीन नेकपा (माओवादी) पार्टी छैन । वर्गीय रुपमा नै माओवादी पार्टी विभाजन भएको छ । तत्कालीन माओवादी पार्टीमा मध्यम वर्गीय बुर्जुवाहरुको नेतृत्व कायम भएको रहेछ । परिस्थितिमा फेरबदल आउने बित्तिकै पार्टीको मुख्य नेतृत्वमा रहेका अधिकांश नेताहरु आ–आफ्नो वर्ग आधारतर्पm फर्के । ०४७ सालको संसदीय व्यवस्थालाई ध्वस्त गरी नौलो जनवादी व्यवस्था स्थापना गर्न अघि बढेको पार्टीले हजारौं हजारको बलिदानी र हजारौंको बेपत्ता, लाखौं अंगभंग अर्बाैअर्बको क्षति पछि सीमित उपलब्धिहरु लोकतान्त्रिक गणतन्त्र, धर्मनिरक्षेता, संघीयता, समानुपातिक समावेशिता आदि प्राप्त पनि ग¥यो ।

कुनै पनि वस्तु स्थिर हुँदैन कि विकासतर्पm हुन्छ कि विनासतर्पm हुन्छ यी द्वन्द्ववादको नियम नै हो । बलिदानीबाट प्राप्त गरेका माथिका उपलब्धिमा टेकेर अघि बढेको भए परिस्थिति एकै हुने थियो । तर तत्कालीन नेकपा (माओवादी)को ठूलो हिस्सा संसदीय बुर्जुवा संसदीय व्यवस्थातर्पm फक्र्याे । जनवादी गणतन्त्रको लक्ष्यलाई रुढीवादी गणतन्त्रमा परिणत ग¥यो । दश वर्षसम्म जुन वर्गसँग जीवनमरणको संघर्ष ग¥यो, आ–आफ्नो वर्गस्वार्थ रक्षाका लागि एकले अर्काेलाई निषेध गर्न खोज्दा टक्करमा हजारौं हजारले बलिदानी गर्न प¥यो ।

तत्कालीन सत्तासीन कांग्रेस एमालेले तत्कालीन माओवादी नेतृत्वको टाउकाको मोल समेत तोक्यो । नेताको टाउकाको मोल तोक्ने तत्कालीन सरकार प्रमुख शेरबकादुर देउवालाई एम्बुस थाप्ने काम पनि भयो । माओवादीले वर्गीय, जातीय, क्षेत्रीय रुपमा पछि पारिएकाको मुद्दालाई उठाएको थियो । त्यसैले यिनै वर्ग, जात र क्षेत्रका जनताले माओवादी जनयुद्धलाई उचाइमा पु¥याएका थिए । हाल तत्कालीन नेतृत्वका अधिकांश व्यक्तिहरु पुरानो सत्तासँग सम्झौता गरी प्रतिक्रियावादी कित्तामा पुगे । सहिद बेपत्ता पारिवालाई केही आर्थिक सहयोग गरेर उदारवादी देखाए तापनि जनयुद्धका सहिद र बेपत्ताका सपना अझै अधूरै छन् । यिनीहरुको सपना साकार पार्नका लागि माओवादीको एक हिस्सा अझै कटिबद्ध नै छ ।

हाल माओवादीको संरचना ध्वस्त भएको छ । माओवादीमा लागेका आधारभूत वर्ग, जात, क्षेत्रका अधिकांश सदस्यहरु पीडाका साथ जीवन निर्वाहका लागि तितरबितर भएका छन् । उदारवादी पुँजीवादी तप्कालगायतका अवसरवादीहरु पुरानो सत्तालाई सिंगारपटार गर्दै भ्रष्टाचार, दलाली, तस्करी, कालोबजारी गर्दै नवधनाढ्य बनेका छन् । त्यसैले जनतामा निराशा छाएको छ ।

क.रेणु दुलाल कुनै उक्साहट, साथीसंगी लहलहै वा आफ्नो व्यक्तिगत स्वार्थका लागि माओवादी पार्टीमा लागेकी थिइनन् । उनको स्थायी बसोबास तीन थाना हालको चन्द्रागिरी नगरपालिका वडा नं. १५ मा हो । नेपालमा अझै पनि काठमाडौंको काँठ क्षेत्र, सामाजिक, राजनीतिक रुपमा पछि नै छ । अन्धविश्वास, कूरीति, जातीय विभेद अझै बाँकी नै छन् । उनको पारिवारिक समाज यस स्थानमा ठूलो थिएन र अझै छैन । अशिक्षा, गरिबीका कारण नेपाली परिवारले आफ्नो तेस्रो पुस्ताभन्दा पहिलाको इतिहासम्म थाहा पाएका छैनन् । रेणुका पिता चन्द्र नेपाली दुलाल, उनका पिता शिवराम नेपाली दुलाल, शिवरामका पिता कृष्णबहादुर नेपाली दुलाल र रेणुसमेत गरी चार पुस्ताको मात्र जात भएको कुरा चन्द्र दुलालले बताएका छन् ।

उनीहरुको पुर्खाैली व्यवसाय भनेको खेतीपाती नै थियो । कृष्णबहादुरका पालामा आफ्नै तीन रोपनी जग्गा थियो भने करिब चार रोपनी मोहियानी जग्गा थियो । सामान्य खेती पनि गर्दा खान लाउन त्यति गाह्रो थिएन । सामाजिक विभेद यति साह्रो थियो कि उनीहरुको स्थान कुकुरको भन्दा तल थियो । कुकुरसँग उच्च जात भनिनेहरुसँगै बस्न सक्थे, कुकुर तिनीहरुको घरभित्र जान सक्थ्यो तर ती नेपालीहरुसँग छोइछिटो हुन्थ्यो, घरभित्र पस्ने कुरै भएन । अशिक्षा त छँदै थियो, आफै आफ्नो मेहनतमा काम गरेर खाने यी श्रमजीवीहरुलाई ‘पहुनी’ भनिन्थ्यो । आपूmलाई उच्च जात धर्मका मानिनेहरुले नेपाली जातका मानिसलाई बेला मौकामा रक्सी खुवाउने, परिवार नै बर्बाद पार्ने गर्दथे । यिनका पूर्खा कृष्णबहादुरले परिवार चलाउन वा के कारणले स्थानीय मानिससँग केही ऋण लिएका रहेछन् । लामो समयसम्म यही ऋणको भरमा काम गराउँदै आएका रहेछन् । कृष्णबहादुरको मृत्युपछि त्यो ऋण स्वतः छोरा शिवरामको थाप्लोमा पर्न आयो । शिवरामको तीन भाइछोरामध्ये चन्द्र नेपाली दुलाल कान्छा रहेछन् । चन्द्र दुलाल जन्मेको तेह्रौ दिनमा घरबाट निस्केका शिवराम त्यसदिनदेखि बेपत्ता भएछन् । एउटी अवला महिलाका जिम्मामा तीन नाबालक सन्तानका साथै ऋण पनि हुँदा रेणुको हजुरआमाको जिन्दगी कस्तो थियो होला । उनले हजुरआमालाई त देख्न, भोग्न पाइनन् तर उनको कारुणिक कथाले उनलाई साह्रै विह्वल पार्दथ्यो ।

महिला, बालबच्चा मात्र हुँदा भएको मोहीयानी जग्गा पनि स्थानीय नवसामन्तले जालझेल गरी हड्पियो । पारिवारिक वातावरण राम्रो नहुँदा तीन भाइ छोरामध्ये जेठो, माइलो बेपत्ता भए । कान्छा चन्द्र दुलालले ठूलो संघर्षका साथ केही शिक्षित हुन सके । यी चन्द्रले मात्रै घरबार गर्न सके । उनले नानीमैया दुलालसँग विवाह गरे । उनीहरुबाट ०३८ सालमा जेठो छोराका रुपमा प्रकाश, ०४२ सालमा छोरी रेणु र ०४५ सालमा कान्छा छोरा प्रदीप दुलालको जन्म भयो । यो परिवार पाल्न चन्द्र दम्पत्तिले ठूलै संघर्ष गर्नुप¥यो । आफ्नो भएको जग्गा पनि हजुरबाबु कृष्णबहादुरले लिएको ऋणमा लिलाम भएर गयो । हाल चन्द्र दुलालको एउटा घडेरी र आपूmले संघर्षद्वारा निर्माण गरेको एक घर छ । रेणुका पिता चन्द्रले ०४२ सालदेखि ०५० सालसम्म वीर अस्पतालमा तल्लोस्तरको जागिर गरे । राजनीतिबाट अनभिज्ञ चन्द्रले ०४६ सालमा आपूmमाथि शोषण दमन गर्ने सरकारविरुद्ध जुलुसमा भाग लिए । गिरफ्तार भएर तीनदिन हिरासतमा पनि बसे । ०४६ साल चैत २६ गते पछि उनी रिहा भए । हिरासत बस्दा राजनीतिज्ञसँग उनको उठबस भयो । कम्युनिष्ट पार्टीले जातपात मान्दैन, होचोउँचो गर्दैन– जीवन चलाउन काम दाम दिन्छ भन्ने बुझे । ०४६ सालपछि माओका लेख रचनाहरु पनि अध्ययन गरे, गाउँमा एमालेको बाहुल्यता थियो । उनी एमाले पार्टी सदस्य बने । आपूmले दुःख गरेर भए पनि सन्तानलाई शिक्षित तुल्याउन लागि परिरहे । ०५२ सालमा चन्द्र दुलाल एमाले थिए । ०५२ सालका क.असारे काका चन्द्रको घर खोज्दै उनी कहाँ आए । लामो छलफलपछि सच्चा कम्युनिष्ट पार्टी माओवादी हो भन्ने बुझाइ भयो । ०५३ सालमै माओवादीको जातीय मोर्चामा रहि काम गर्न थाले ।

माओवादीमा बुवाले काम गर्ने हुँदा माओवादीका नेता कार्यकर्ता चन्द्र दुलालकहाँ आउने क्रम बढ्दै गयो । आफ्नो परिवारको विगत र माओवादीले देखाएको वर्तमान र भविष्य आकाश जमिनको फरक भएको कुरा रेणुलाई लाग्दै गयो । किशोरभन्दा किशोरीहरु बढी संवेदनशील हुन्छन् । क.रेणुले यो समाजभन्दा आउने समाज अति उच्च हुने कुरा बुझिन् । बाबु पनि माओवादीमा भएकोले उनलाई माओवादीमा जान आफ्नै परिवार जस्तो लाग्यो । कक्षा ७ मा पढ्दापढ्दै उनी माओवादीमा लागिन् । संकटकालमा ०५८ फागुन ६ गते उनी गिरफ्तार भइन् । एक वर्ष उनी जेल बसिन् । बन्दी प्रत्यक्षीकरण आदेशमा उनी जेलमुक्त भइन् र पुनः पार्टी काममा लागिन् । जिल्ला सदस्यको हैसियतमा उनी भक्तपुरमा रहेर काम गरिरहेकी थिइन् । ०६० साल मंसिर १४ गते आफ्नै पार्टीका सदस्यले उनलाई भेट गर्न चाबहिलमा बोलाए । उनी चाबहिल पुग्दा बित्तिकै गिरफ्तार परिन् । गिरफ्तारपछि उनलाई भैरवनाथ गण लगियो । उनलाई यहीबाट बेपत्ता पारियो । अहिले तत्कालीन माओवादी नेतृत्वका मानिसहरु सरकारमा छन् । प्रचण्ड दुईपटक, बाबुराम एकपटक प्रधानमन्त्री नै बने । तर उनीहरुले क.रेणुजस्ता हजारौं वेपत्ताहरुको खोजी गर्ने कुनै काम गरेनन् । बरु वेपत्ता पार्नेहरुको प्रमोसन गरे, गरिरहेका छन् । यिनीहरुमा सामान्य संवेदना पनि अब छैन ।

क. रेणुका पिता चन्द्र नेपाली दुलाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा ०५७ सालदेखि पार्टी सदस्यका हैसियतले काम सुरु गरेका थिए । ०६० सालदेखि बेपत्ता परिवार संगठनमा रही बेपत्ताको खोजी गर्न लागिपरिरहेका छन् । उनी हाल नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय सल्लाहकार सदस्य समेत छन् । साथै बेपत्ता परिवार संगठननमा पनि क्रियाशील नै छन् । उनी अहिले पनि छोरी रेणुको खोजीमा आँखा टट्याइरहेका छन् ।