‘सिंहदरबार’

प्रकाशित मिति : २०७४ मंसिर १४

- धनेश्वर पोखरेल

सिंहदरबार राज्यसत्ताको केन्द्र हो । नेपालको सासनसत्ता यसैबाट संचालित हुन्छ । १०४ वर्ष जहानीयाँ राणा कालमा निर्माण गरिएको सिंह दरबार राणा, राजा, पंच, बहुदलकाल हुँदै आजसम्म राज्य सञ्चालनको केन्द्र बनेको छ । राज्यसत्ता सञ्चालनका मनिसहरु नारायणहिटी, बालुवाटर, सितल निवास बसेता पनि सिंहदरबार तिनीहरुको मुख्य केन्द्र नै रहँदै आएको छ । जहाँ लुटैलुटको सत्ता संचालन भैरहेको छ । यस मुलुकका मुठ्ठीभर सामन्त, पुँजीपति, दलाल तथा नोकरशाही पुँजीपति शोषक फटाहाहरु केन्द्रित हुने र राष्ट्र«को सम्पत्तिमाथि ब्रम्हलुट गर्ने मुख्य केन्द्रको रुपमा रहदै आयो सिंहदरबार ।

अमेरिकाको ह्वाइट हाउस (सेतो घर), भारतको दिल्ली दरबार भने झै नेपालको सिंहदरबार सासन सत्ताको केन्द्रविन्दु मानिन्छ । यहाँ दुई प्रकारका मानिस रुपी मनुवाहरु रहने गर्छन् । एकथरि मनुवाहरु जो कर्मचारी तन्त्रको रुपमा स्थायी रुपमा बस्ने, योजनाका तानावाना बुन्ने, राष्ट्रको सम्पत्ति परिचालन जो गर्छन् भने अर्कोथरि मनुवाहरु हरेक २÷४ वर्षमा चुनावी नाटकद्वारा आलोपालो गरी संसद र मन्त्री बनेर कुर्चिमा विराजमान हुन आउँछन् । अनि दुवैथरि मिलेर राष्ट्रको ढुकुटीलाई विकास निमार्णको नाउँमा विभिन्न शिर्षकमा विनियोजन गरेर जनतालाई विकासे बजेटको चारो हाल्दिएर अत्यधिक ठुलो रकम विभिन्न निहुँ, बहानामा आफै भागवण्डा गरी रित्याउछन् । त्यस्ता लोभीपापी र भ्रष्ट अनैतिकहरुले ठगीखाने थलोको रुपमा सिंहदरबार चिनिएको छ ।

आज एकातिर राष्ट्र गरिबी, बेरोजगारी, मंहगी, कालाबजारी, तस्कारीले आक्रान्त छ भने अर्कोतिर देशको उत्पादनशील जनशक्ति गरिबी र बेरोजगारीको समस्याले लाखौं होइन, करोडौं संख्यामा विश्वका विभिन्न मुलुकमा नारकीय जीवन बिताउन बाध्य छन् । गरिबी र बेरोजगारीको कारण तेश्रो मुलुकले नेपालको दक्ष जनशक्तिलाई अति सस्तो ज्यालामा भरपुर उपयोग गरेर आफ्नो देशको विकास गर्नमा प्रयोग गरिरहेको छ र नेपालको तातो÷रातो रगत अरु देशमा बगिरहेको छ, जीवनको महत्वपूर्ण उर्जाशील समय त्यत्तिकै पराइ देशमा खेर गैरहेको छ । नेपाली दक्ष जनशक्तिको सीप र क्षमतामा टेकेर अन्य मुलुकले तेश्रो÷चौथो ग्रहमा पाइला चाल्न थालेका छन् भने नेपालजस्तो मुलुकले आफ्नो देशको दक्ष र उर्जाशील जनशक्तिलाई उचित ढंगले सम्बोधन गरेर रोजगारी र व्यवस्थापनको प्रबन्ध मिलाउन नसक्दा मुलुकले एक्काइसौं सताब्दीमा पनि यो हरिबिजोक व्यहोर्नु परिरहेको छ । जस्तो कारण विगतका वर्षहरुमा भन्दा झन् पछि झन् नेपाल र नेपालीको आत्मस्वाभीमान खस्कदै गएको तीतो अनुभव सबैले अनुभूति गरेकै कुरा हो ।

नेपाली जनता मुलुकको समग्र विकास, उन्नति, प्रगति र परिवर्तनको लागि इतिहासदेखि नै संघर्षरत छन् । हरेक दुःख कष्ट, आपत÷विपत र कठिनाईसंग जुध्दै संघर्षको क्रममा अद्वितीय कीर्तिमान राख्दै आएका छन् । त्याग र बलिदानको श्रृंखलालाई हेर्न हो भने विश्वका अरु मुलुकमा गनिन्छ नेपाल । हिमाल, पहाड, तराई तीनै प्रदेशको पूँजी अथाहा छ । नेपाली पूँजीलाई सहि ढंगले प्रयोग गर, नेपालका विज्ञ तथा दक्षजनशक्तिलाई उचित रोजगार प्रबन्ध मिलाऊ, आफ्नो देशको पूँजी परिचालन गरी विकास र रोजगारीको पूर्वाधार तयार गर, नेपालको उर्जाशील जनशक्तिलाई विदेशीन वाध्य नपार, मुलुकलाई अग्रगामी राजनैतिक निकास देऊ र आत्मनिर्भर अर्थतन्त्रको विकास गर, देशको जल, जंगल, जनशक्ति, जमिन विदेशीलाई नबेच, सत्तालिप्साको लागि शक्ति राष्ट्रको दलाली नगर, असंलग्न परराष्ट्र नीतिको आधारमा सार्वभौमसत्ता सम्पन्न मुलुकको स्वाभिमान कायम राख, कुनै वैदेशिक शक्ति सामु नझुक, वीर वलभद्र, भिमसेन थापा जस्ता वीर विरंगनाहरुको इतिहास कायम राख, नेपालीलाई आत्मगौरभका साथ बाँच्न देऊ, प्रतिगामी राज्यव्यवस्था हटाएर अग्रगामी प्रगतिशील राज्यव्यवस्था स्थापना गर, यहाँका विभिन्न जाति, वर्ग, लिङ्ग र उपेक्षित क्षेत्रका समस्याहरु सम्बोधन गरी हरेक नीति निर्माण गर्ने र राज्य संचालन गर्ने तहसम्म उनीहरुको स्थान सुनिश्चित गर, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग लगायतका विकास निर्माणका क्षेत्रमा वैज्ञानिक र व्यवहारिक नीति योजना लागु गर, विभिन्न जाति, वर्ग, क्षेत्र तथा लिङ्ग माथि भैरहेको उत्पीडन र विभेदको अन्त्य गर, राज्यको राष्ट्रिय नीति र परराष्ट्र नीति ठोस गर र सबै मित्र राष्ट्रहरुसँग समदुरी कामम गर, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको ग्यारेण्टी गर, जस्ता सयौं माग र नाराहरु लिएर नेपाली जनताले कैयौं पटक सशस्त्र र निशस्त्र संघर्षहरु गरे । तर त्यसको परिणाम अझै जनताले चाहे जस्तो र खोजेको जस्तो आउन सकेको छैन । उक्त संघर्षहरुले उपरीसंरचनामा केही फेरबदल ल्याएता पनि गुणात्मक र आधारभूत रुपले कुनै परिवर्तन ल्याउन सकेनन् । यसलाई ठुलो दुर्भाग्य नै मान्नु पर्छ ।

१०४ वर्ष राणा शासनको ठाउँ २००७ सालमा राणा, राजा र कांग्रेसको त्रिपक्षीय गठबन्धनले लियो । रुपमा जनतामा त्यसले केही सकारात्मक प्रभाव पारेता पनि सारमा केही दिन सकेन । फलस्वारुप २०१७ मा महेन्द्रले त्यसलाई ब्रेक गरेर आफ्नो हातमा सत्ता ल्यायो र निरंकुश पंचायत लाद्यो । त्यसबाट पनि जनताले आहात भन्दा राहात पाउन सकेनन् र ३० वर्षपछि २०४७ मा बहुदलको पुनःस्थापना गरे । उक्त बहुदलबाट पनि केही प्राप्त भएन । एवम् रितले १० वर्ष जनयुद्ध लडे । दशवर्षको जीवनमरणको लडाईंमा जनताले आमूल परिवर्तनको निम्ति सर्वस्व गुमाए । विजयको संघारमा पुगेको जनयुद्धले नेतृत्वको आत्मसमर्पण र दलाली चरित्रका कारण धोका खायो र सिंगो राष्ट्र र सर्वहारा वर्गमाथि नै डरलाग्दो घात भयो । आमूल परिवर्तनको रुपरेखाकारी रहेको जनयुद्धले ठुलो सेटब्याक खायो । ०६२÷६३ को दोश्रो जनआन्दोलनले सामन्ती राजतन्त्रको अन्त्य त ग¥यो तर यसले पनि जनताका आधारभूत समस्याहरु हल गर्न र मुलुकलाई रुपान्तरणको दिशामा लैजान सकेन । जनताका र राष्ट्रका समस्याहरु ज्युँ का त्युँ मात्र रहेनन्, अपितु पछिल्लो चरणमा सिन्डिकेटका सत्तासिनहरुको दलाली र सत्ता लोपुपताको प्रतिस्पर्घाले झन् गंभीर स्थिति पैदा गरिदियो । राष्ट्रियता झन् पछि खतरमा पर्दै गयो र आम स्वाभिमानी नेपालीहरुमा ‘हामी नेपाली भएर स्वाभिमानका साथ बाँच्न पाउछौं की पाउँदैनौ’ भन्ने चिन्ता बढेर गयो । नेपाली जनताको निम्ति वर्तमानको सरकारका राजनेता भनाउँदाहरु हटी दे गाँउ भन्दा थपी दे गाउँ बन्न गए । नेपाली जनताको जीवनस्तर झन खस्किदै गयो । नेपाली जनतामा आमूल परिवर्तनको चिन्ताभन्दा पनि कसरी बाँच्ने भन्दा पनि कसरी बाँच्ने भन्ने चिन्ता प्रमुख बनेर आयो । यसले गर्दा समग्र राजनीतिप्रति नै जनताको घृणा, उपेक्षा र उदासीनताको खतरा देखा प¥यो । यो राष्ट्रको भविष्यको निम्ति गंभीर चिन्ताको विषय हो ।
आखीर किन यस्तो भयो त ? यसो हुनुमा मुख्यतः २ वटा कारण रहेको देखिन्छ । पहिलो कारण जनताले आजसम्म गरेका थुप्रै संघर्षहरु लक्ष्य उद्देश्यमा नपुग्दै बिचमै तुहिनु अर्थात् नेतृत्वको गद्दारीका कारण सम्झौतामा टुंगीनु र जनतालाई ढाल बनाएर नेतृत्व सत्ताको ¥यालमा बस्नु । दोस्रो कारण हो सिंहदरबारमा वास्तविक सिंह प्रवेश गर्न नपाउनु र त्यहाँ भोका स्यालहरु र ब्वाँसाहरुले कब्जा जमाउनु । यी दुई कारण नै नेपाली शोषित उत्पीडत जनताको दुर्दसाको भोगाई हो । जबसम्म सिंह दरबारबाट भोका स्याल र व्वाँसाहरुलाई लखेट्ने अभियान चल्दैन, जबसम्म त्यहाँ सामन्तावाद, विस्तारवाद, साम्रज्यवाद र तिनका पुच्छरहरुका विरुद्ध गर्जिने वास्तविक सिंह त्यहाँ प्रवेश गर्दैन, तबसम्म नेपाली जनता र राष्ट्रले यो भन्दा अझ गंभीर नियति भोग्नुपर्ने हुन्छ । संसदीय व्यवस्था र यसको चरित्र यस्तै हो । यो त भुक्तभोगी अग्रजहरुले भने जस्तो संसदीय व्यवस्था भनेको खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने कसाईहरुको पसल हो । अर्को शब्दमा भन्दा राष्ट्रका कुलंगारहरुले हरेक दुईचार वर्षमा पालैपालो संग राष्ट्रको सम्पत्ति ब्रम्हलुट गर्ने थलो हो ।

सिंह दरबारमा ब्वाँसाहरु नाची रहेछन्
सिंह दरबारमा भोका स्यालहरु हाँसी रहेछन्
सिंह दरबारमा काला गोमनहरु फूर्कि रहेछन्
सिंह दरबारमा हरिया करेतहरु हुर्कि रहेछन्

अनि लुछि रहेछन् धर्तीको जीर्ण शरिर
अनि भुटी रहेछन राष्ट्रको ढुकुटी
अनि डसी रहेछन् राष्ट्रिय अस्मिता
अनि डसी रहेछन् जनताका मौलिक हक अधिकारहरु
यहाँ त धुर्त ब्वाँसाहरुको निम्ति आयो लोकतन्त्र
यहाँ त लुच्चा स्यालहरुको निम्ति आयो लोकतन्त्र
यहाँ त जनताहरुको निम्ति आयो भोकतन्त्र, केवल शोकतन्त्र
सिंह दरबारमा साँच्चैको सिंह नपसेसम्म
जनताको निम्ति आउने छैन लोकतन्त्र
सिंह दरबारमा साँच्चैको सिंह नबसेसम्म

जनताको निम्ति आउने छैन जनतन्त्र
त्यसैले त,
विस्तारै कदम चाली रहेछ सिंह
आफ्नो लक्षित गन्तव्यमा पुग्न
विस्तारै गर्जन छोडी रहेछ सिंह धुर्त ब्वाँसा र भोका स्यालहरुको यौटै चिहान बनाउन ।