यसकारण गरे चिनियाँ जर्नेलले आत्महत्या

प्रकाशित मिति : २०७४ मंसिर १२

एजेन्सी । भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका एक जना चिनियाँ जर्नेलले आत्महत्या गरेका छन् । चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले यही कातिक ६ गते चीनको केन्द्रीय सैन्य आयोगका सदस्यसमेत रहेका जर्नेल झाङ याङले आफ्नै घरमा आत्महत्या गरेको उल्लेख गरेको छ ।

चिनियाँ जनसेनाको राजनीतिक विभागका निर्देशकसमेत रहेका ६६ बर्षीय झाङ करिव दुई महिनादेखि सार्वजनिक समारोहहरुबाट देखा नपरेको बताइएको छ । उनी राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारबिरुद्धको अभियानका क्रममा अनुसन्धानको दायरामा परेका हुन् । उनीसंगै अर्का चिनियाँ सेनामा उदाउदो जर्नेलका रुपमा हेरिएका फङ फाङघाइ पनि सार्वजनिक कार्यक्रमहरुबाट टाढै छन् ।

द न्यूयोर्क टाइम्सले यति उच्च तहका अधिकारीको आत्महत्या असामान्य भन्दै राष्ट्रपति सीले भ्रष्टाचारविरोधी अभियानको माध्यमबाट दर्जनौं जर्नेलहरुलाई हटाएर सेनामा आफ्नो पकट बलियो बनाएको उल्लेख गरेको छ ।