फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

प्रकाशित मिति : २०७४ मंसिर ८

काठमाडौं, ८ मंसिर । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ ।

यस्तै माल्दिभ्स एक स्थान तल झरेर १५७ औँ स्थानमा पुगेको छ । भुटान पाँच स्थान सुधार गर्दै १८५औँ स्थानमा उक्लेको छ भने चार स्थान सुधार गरेको बंगलादेश १९२औँ स्थानमा छ । त्यसैगरी दुई स्थान गुमाएको श्रीलंका २००आँै स्थानमा छ । विश्व बरियतामा जर्मनी पहिलो ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् ।