‘जनघात र राष्ट्रघात रोक्न “मुठ्ठी”मा मतदान आवश्यक’

गणेशबहादुर खड्गी ‘गगन’, रामेछापबाट प्रतिनिधिसभाको उम्मेदवार

प्रकाशित मिति : २०७४ मंसिर ७

रामेछापमा अरु राजनैतिक दलहरुसँग देजमो प्रतिस्पर्धी नै रहेको छ । देजमोलाई जनताले वैकल्पिक शक्तिको रुपमा लिइरहेका छन् । वाम, लोकतान्त्रिक गठबन्धनका दुष्प्रचार, भ्रमहरुका बीचमा पनि जनताहरुमा देजमो पुगेसँगै आफ्नो हितैषीको रुपमा लिने, क्रान्तिकारी कित्तामा धु्रवीकृत हुने र देजमोमै आफ्नो मतदान गर्ने प्रतिवद्धता जनताले जाहेर गरेका छन् ।

चुनाव उपयोग गरिरहँदा नयाँ जनवादी क्रान्तिको आधार तयार गर्ने, क्रान्तिकारीहरुलाई गोलबन्द गर्ने, जनताहरुलाई गोलबन्द गर्ने काम अत्यन्तै तिव्र गतिमा अगाडि बढिरहेको छ । क्रान्तिकारीहरुलाई थप उर्जा र संगठित हुने अवसर प्रदान गरिरहेको छ ।

नेपालको राज्य व्यवस्थामा रहेका सामन्ती वर्ग, दलाल नोकरशाही पुँजीपतिहरुको अन्त्यको लागि देजमोको निर्वाचन चिन्ह “मुठ्ठी” मै मतदान गरेर मात्र सम्भव छ । देशमा ब्याप्त भ्रष्टाचारलाई उन्मुलन गर्न, संसदबाट गरिएका राष्ट्रघात, जनघातहरुलाई रोक्न पनि देजमोभन्दा अर्काे विकल्प छैन । (कुराकानीमा आधारित)