चुनाव प्रचारका लागि देजमोले मोटरसाइकल ¥याली निकाल्ने

प्रकाशित मिति : २०७४ मंसिर ३

बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल, रुपन्देही क्षेत्र नं १ ले मंसिर ६ गते चुनाव प्रचारका लागि मोटरसाइकल र्याली निकाल्ने भएको छ । मोर्चाले आफ्नो पक्षमा चुनावी माहौल सिर्जना गर्न मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको हो । मोर्चाको शनिबार खैरेनीमा भएको भेलाले मोटरसाइकल र्याली निकाल्ने निर्णय गरेको हो । मोर्चाले ओमसतियां गाउंँपालिकाको बोधवारबाट मोटरसाइकल ¥याली शुरु गरि क्षेत्र नं १ का सबै एरिया परिक्रममा गर्ने र धकधइमा आएर समापन गर्ने कार्यक्रम रहेको नेता भिमबहादुर भुजेलले जानकारी दिए । र्यालीमा दुई सय बढी मोटरसाइकल सहभागी गराउने तयारी गरिएको छ ।

शनिबार सम्पन्न भेलाले मोर्चाका नेता बिरबहादुर गुरुङको संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन परिचालन समिति, रिषीराम लामिछानेको संयोजकत्वमा ९ सदस्यीय आर्थिक तथा भिमबहादुर भुजेलको संयोजकत्वमा ५१ सदस्यीय पनर्वाचन व्यवस्थापन समिति गठन गरिएको मोर्चाले जनाएको छ । भेलामा बोल्दैं नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य प्रेम सुवेदीले मुठ्ठी चिन्हमा मतदान गरेर देजमोका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । भेला मोर्चाका नेता बिरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । उता शनिबारै मोर्चाले रुपन्देही क्षेत्र नं २ को तिलोत्तमा नगरपालिका अन्तर्गत वडा नं १,२,३,४ र ५ का ड्राइभरटोल,मणिग्राम,नयां मिल,योगीकुटी,शंकरनगर र बुटवल उपमहानगरपालिका वडा नं ११ को कालिकानगरमा सभा तथा प्रर्चा वितरण र घरदैलो कार्यक्रम सम्पन्न गरेको मोर्चाले जनाएको छ । उक्त जनभेटघाटमा प्रदेश सभाका उम्मेदवार खुमानन्द भुसाल,रामप्रसाद पोख्रल लगायतले बोलेका थिए ।