प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

प्रकाशित मिति : २०७४ मंसिर ३

३ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हृदयघात भएपछि उपचारका लागि आइतबार बिहान नर्भिक अस्पतालमा पु¥याइएको थियो । दाहालको निधन भएको औपचारिक घोषणा नगरिए पनि केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।