क्रान्तिकारी माओवादीसम्बद्ध लेखक तथा साहित्यकारहरुले गरे थपलियाको रिहाइको माग

प्रकाशित मिति : २०७४ मंसिर २

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध लेखक, पत्रकार, कवि तथा साहित्यकारहरुले शनिबार एक संयुक्त वक्तव्यमार्फत् प्रगतिशील लेखक संघका उपाध्यक्षसमेत रहेका माक्र्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको गिरफ्तारीको घोर भत्र्सना गर्दै थपलियाको अविलम्ब रिहाईका लागि माग गरेका छन् ।

यसरी थपलियाको रिहाइको माग गर्नेहरुमा अखिल नेपाल जनसाँस्कतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली, नेपाल प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, साहित्यकारहरु हिरामणि दुःखी, प्रा.डा. ताराकान्त पाण्डे, प्रा.डा. गोपिन्द्र पौडेल, प्रा.डा. नन्दीस अधिकारी, कवि तथा साहित्यकार मित्रलाल पंगेनी, कवि अनिल श्रेष्ठ, मोदनाथ मरहठ्ठा, परशुराम कोइराला, देवेन्द्र लम्साल, गौरी दाहाल, डा.सुकुम शर्मा, प्रा.डा. विश्वनाथ भण्डारी, छायादत्त न्यौपाने, मनोहर लामिछाने, डा. विदुर वस्ती, प्रा.डा. भवानी पाण्डे, विष्णु न्यौपाने, रामचन्द्र हुमागाइँ, विजयराज आचार्य, प्रभात सापकोटालगायत रहेका छन् ।

माक्र्सवादी लेखक तथा साहित्यकारको रुपमा परिचित खेम थपलियालाई जिल्ला प्रशासनको आदेश भन्दै बागबजार स्थित प्रगतिशील लेखक सङ्घको कार्यालय परिसरबाट शुक्रकार प्रहरीले पक्राउ गरेको छ । उहाँसँगै पक्राउ परेका साहित्यकार बैरागी जेठा तथा अच्युत अधिकारीलाई प्रलेसका महासचिव आरएम डङ्गोलको पहलमा रिहाइ गरेपनि थपलियालाई भने हिरासतमै राखिएको छ ।

थपलिया नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा सम्बद्ध  जनसाँस्कृतिक महासंघको महासचिव तथा जनपाटी अनलाइनको सम्पादक हुनुहुन्छ । 

यसैबीच, माक्र्सवादी लेखक तथा साहित्यकार डा. ऋषिराज बराल, रोशन जनकपुरीलगायतले पनि थपलियाको रिहाइको माग गरेका छन् ।