देजमोका उम्मेद्वारहरुको प्रचार : फेसबुकको भर (फोटो फिचर)

प्रकाशित मिति : २०७४ कार्तिक २३

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले प्रतिनिधि र प्रदेशसभाका लागि देशैभरबाट प्रत्यक्ष र समानुपातिकमा गरी ५२८ जना उम्मदेवार उठाएको छ । संसदीय व्यवस्थामा आधारित प्रतिक्रियावादी सत्ता र संविधानको भण्डाफोर गर्ने र पार्टी तथा संगठनको संगठन विस्तारको आधार निर्माण गर्ने उद्देश्यलाई केन्द्रमा राखेर पार्टीले मोर्चामार्फत् निर्वाचनको उपयोगको नीति लिएको छ । पोखराको राष्ट्रिय सम्मेलनले मोर्चाका नेतृत्वतहदेखि नै उम्मेदवारी दिने निर्णय अनुसार मोर्चाका कार्यालय सदस्यदेखि जिल्लातहसम्मका नेताहरुले उत्साह र हस्तक्षेपपूर्ण उम्मेदवारी दिएका छन् । पछिल्लो चरणमा मोर्चाको चुनाव चिन्ह “मुठ्ठी” र उम्मेदवारहरुको प्रचार प्रभावकारी रुपमा भएको छ र देजमोको पक्षमा विस्तारै चुनावी माहौंल बन्दै गएको छ ।

सत्ता र शक्तिको वरिपरि गोलचक्कर मारिरहेको मूलधारको भनिने मिडियाहरुले लगभग ब्ल्याक आउट गर्दै आएको भएपनि सामाजिक सञ्जालमा देजमोका उम्मेदवारहरुको आक्रामक प्रचार शैलीले विस्तारै मिडियाको ध्यान पनि तानिदै गएको छ । र, पछिल्ला दिनमा मिडियाहरुको उपस्थिति क्रान्तिकारी माओवादी र मोर्चाका कार्यक्रमहरुमा बाक्लिदै गएको छ । चरम आर्थिक अभावका कारण पर्चा, पम्प्लेटिङ, पोस्टरिङलगायतको प्रचारलाई व्यवस्थित बनाउन नसकेपनि प्रायः देजमोका उम्मेदवारहरुले समाजिक सञ्जाललाई भरपुर प्रयोग गरेका छन् । लगभग उनीहरुको प्रचार फेसबुककै भरमा चलेको छ । यहाँ उपलब्ध भएसम्म देजमोका उम्मदेवारहरुले फेसबुकमा राखिएका प्रचार शैलीलाई यहाँ प्रस्तुत गरिएको छ :  

यस्तो छ देजमोका उम्मेदवारहरुको प्रचारशैली :