ओप्पोले ल्यायो २० मेगापिक्सेल सेल्फी क्यामेरा भएको ‘ओपो एफ ५’

प्रकाशित मिति : २०७४ कार्तिक १९

नयाँदिल्ली । सेल्फी हिरो मानिएको ओप्पो स्मार्टफोनले आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ओप्पो एफ ५’ भारतमा सार्वजनिक गरेको छ ।

६ इन्चको फुल एचडी डिस्प्लेसहितको यो फोन डिजाइनमा निकै आर्कषक र सफ्टवेयरमा निकै सुधार गरिएको छ । सेल्फी एक्सपर्ट ओप्पोले यो फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा दिएको छ, जसमा सेल्फी ब्युटिफिकेसन र सेल्फी आर्टिफिसियल इन्टलिजेन्सको समेत सुविधा छ ।

गत वर्ष सार्वजनिक गरिएको एफ ३ को पछिल्लो संस्करणका रुपमा आएको एफ ५ को डिजाइनमा निकै सुधार गरिएको छ भने सफ्टवेयर र क्यामेरामा पनि निकै सुविधा थप गरिएको छ । यसको पछाडिपट्टीको क्यामेरा १६ मेगापिक्सेल रहेको छ ।

मेटल युनिबडीयुक्त ओप्पो एफ ५ कालो र रातो गरी दुई रंगमा उपलब्ध छ । ६ जीबी ¥याम र ६४ जीबी स्टोरेजको एउटा भेरियन्ट तथा ४ जीबी ¥याम र ३२ जीबी स्टोरेजको अर्को भेरियन्ट गरी दुई भेरियन्टमा यो फोन उपलब्ध छ ।

एन्ड्रोइड नौगाट अपरेटिङ सिस्टमबाट चल्ने यो फोनमा ३२०० मिलि एम्पियरको निकाल्न नमिल्ने ब्याट्री प्रयोग गरिएको छ । यो फोन नेपालमा कात्तिकको अन्तिममा सार्वजनिक हुने बताइएको छ ।