उदयपुर । जिल्लाको बेलका नगरपालिकामा आफ्नै भाइले दाइलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । बेलका नगरपालिका –५ घुम्नेका ४५ वर्षीय विशेक सदालाई सोमबार साँझ ३५ वर्षीय भाइ कृष्ण सदाले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार घरायसी विवाद बढ्दै जाँदा उक्त घट्ना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसअघि उनीहरुबीच अंशबण्डाको विषयमा सामान्य झै–झगडा हुने गरेको स्थानीयले बताएका छन् । यद्यपि हत्याको स्पष्ट कारण भने खुल्न बाँकि रहेको प्रहरीको भनाइ छ । दाइको हत्या गरेका कृष्ण भने फरार छन् । उनलाई प्रहरीले खोजीरहेको छ । आफ्ना श्रीमानलाई आक्रमणबाट जोगाउन खोज्दा मृतक विशेककी ४३ वर्षी श्रीमती सोमनी पनि घाइते भएकी छन् । कुममा चोट लागेकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर