काठमाडौं । शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको सनाखत भने हुन सकेको छैन ।
नदीमा डुबेको बसबाट १५ जना घाइतेको जीवितै उद्दार गरी विभिन्न अस्पतलामा उपचारको लागि पठाइएको छ भने भइरहेको छ भने केही नदीमा हराइरहेको आशंकामा खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नभए पनि एक घाइते यात्रुका अनुसार बसमा करिब ५० जना जति यात्रु सबार रहेको अनुमान गरिएको छ । अन्यको खोजी कार्य जारी राखिएको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।
घाइते मध्ये ४४ वर्षीय दुर्गानन्द चौधरी र उनका १७ वर्षीय छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अहिले बस तान्नको लागि क्रेन ल्याइएको छ । क्रेनले बस तानेर बाहिर निकाल्ने प्रयास भइरहेको छ । बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको थियो ।
ताजा समाचार
© 2024, All right reserved to मूलबाटो