नुवाकोटमा एमाले–माके गठबन्धनलाई कडा टक्कर दिंदै लक्ष्मी मुड्भरी

प्रकाशित मिति : २०७४ कार्तिक ९

नुवाकोट । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट नुवाकोटको २ नं. निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएकी महिला नेतृ लक्ष्मी मुड्भरीले एमाले–माके गठबन्धनलाई कडा टक्कर दिने विश्लेषण गर्न थालिएको छ । तत्कालीन माओवादी जनयुद्धको सुरुका दिनदेखि नै माओवादी जनयुद्धमा होमिएकी महिला नेतृ मुड्भरी जिल्लाको चर्चित अनुहार हो । एमाले–माके गठबन्धनको तर्फबाट अगाडि सारिएका एमालेका उम्मेदवार नारायण खतिवडालाई भन्दा लक्ष्मी मुड्भरीलाई माओवादीको मत जाने चर्चा नुवाकोटको चोक चोकमा हुन थालेको छ ।

२०४७ सालमा ६ कक्षा पढ्दापढ्दै अनेरास्ववियू छैठौंको सदस्यता प्राप्त गरेकी नेतृ मुडभरी ०४८ सालदेखि नै सक्रिय राजनीतिएकी हुन् । ०४९÷०५० मा महिला संगठनको जिल्ला सदस्य हुँदै जनयुद्ध घोषणा गरेकै वर्ष ०५२ वैशाख १८ को नेपाल बन्दमा काठमाडौंमा सहभागी हुँदा उनी गीता गुरुङसँगै गिरफ्तारीमा परिन् । दशवर्षे जनयुद्धको कालखण्डमा ८ पटक गिरफ्तारी, जेलनेल र यातनाबाट स्पातिलो बनेकी मुडभरी ०५६ सालमा एक महिनाको गर्भावस्थामा गिरफ्तारमा परिन् । उनलाई ४ महिनाको बच्चासहित ०५७ मा तत्कालीन सरकारले रिहा ग¥यो । उनीसँग वर्गवैरीका यातना शिविरका निकै पीडादायी कष्टसाध्य जीवनका अनगिन्ती अनभवहरु छन् । जनयुद्धकालका आँधिमय वर्षहरुमा बलिदानीपूर्वक संघर्षबाट खारिएकी नेतृ मुडभरी नेकपा (क्रान्तिकारी माओवादी)को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष समेत हुन् । उनको राजनीतिक जीवनको इतिहासबाट परिचित नुवाकोटका जनताको पहिलो रोजाइमा नेतृ मुड्भरी पर्ने र ‘मुठ्ठी’ चुनाव चिन्हमा मतदान गर्ने नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताहरुको दावी छ । 

वर्तमान सत्ता, संसदीय व्यवस्था र संविधानको भण्डाफोर गर्ने, पार्टी तथा मोर्चाको संगठन विस्तार तथा नयाँ जनवादी क्रान्तिको तयारीका लागि आधार तयार पार्ने, प्रतिक्रिवादी, संशोधनवादी तथा अवसरवादीहरुले जनतामा फैलाएको भ्रम चिर्ने उद्देश्य राखेर देजमोले निर्वाचनको क्रान्तिकारी उपायेगको नीति लिएको छ । यही उद्देश्यमा खह«ो उत्रदै नेतृ मुड्भरीले उम्मेदवारी दिएकी हुन् ।

कथित वाम र लोकतान्त्रिक गठबन्धनका दलहरुले आफूलाई निर्विकल्प दावी गरिरहेको अवस्थामा देजमोले वैकल्पिक राजनीतिक धारलाई निर्वाचनको उपयोगमार्फत् स्थापित गर्दै लगेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा जनयुद्ध र जनआन्दोलनबाट खारिएका नेताहरुलाई उम्मेदवार बनाएर आफ्नो जबर्जस्त हस्तक्षेपलाई अगाडि बढाउँदै लगेको छ । नेकपा (क्रान्तिकारी माओवादी) को राजनीतिक मोर्चा देजमोबाहेक निर्वाचनमा भाग लिएका अरु सबै पार्टीहरुले वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानलाई मानेका छन्, देजमोले मात्रै यसको भण्डाफोरको नीति लिएको छ ।