काठमाडौं । अन्ततः मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)को राजनीतिक मोर्चा राष्ट्रिय जनमोर्चा पनि एमाले र माओवादी केन्द्रको गठबन्धनमा छिरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई एमाले र माकेले सघाउने आश्वासन दिएपछि राजमो उक्त गठबन्धनमा छिरेको हो । सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एकएक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् ।

यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एकरएक र बाँकी दुई स्थान जनमोर्चालाई दिइनेछ ।

देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाई सघाउने तीन दलबीच सहमति भएको एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले शनिबार संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मसालका महामन्त्री सिंहले एमाले माकेको गठबन्धन लगत्तै जारी गरेको वक्तव्यमा यो गठबन्धनको स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर