काठमाडौं । आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा आज मनोनयनपत्र दर्ता हुँदैछ । नेकपा (क्रान्तिकारी माओवादी) निकट  देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पनि पहिलो चरणमा हुने ३२ जिल्लाका अधिकांश ठाउँमा उम्मेदवारी दिने तयारी गरेको छ ।

मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रमुख दलहरुले उम्मदेवारको सूची तयार पारेका छन् । पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ सीटका लागि आइतबार मनोनयन दर्ता हुनेछ भने प्रदेशसभातर्फ ७४ सीटका लागि मनोनयन दर्ता हुनेछ । निर्वाचन आयोगले भाइटीकाको भोलिपल्टै मनोनयन दर्ताको समय निर्धारण गरेका कारण दलका नेताहरुलाई तिहार मान्नसमेत भ्याई नभ्याई भएको छ । भाइटीका दिनमा समेत दलका नेताहरु टिकट बाँफाँटमा खटिएका छन् । एमाले र माओवादी सम्मिलित गठबन्धनले एकाध क्षेत्रको बाहेक सबै उम्मेदवारको नाम टुंगो लगाएका छन् । नेपाली कांग्रेसले उम्मेदवारको सूची शनिबार साँझसम्म टुंगो लगाएको बताए पनि औपचारिकरुपमा सार्वजनिक गरेको छैन ।

नेपाली कांग्रेसले गोरखा–२ मा डा. बाबुारम भट्टराईलाई सघाउने भएको छ । त्यसको बदलामा गोरखा १ मा नयाँशक्तिले कांग्रेसका चीनकाजी श्रेष्ठलाई सघाउने छ । गोरखा २ मा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ एउटै क्षेत्रमा चुनाव लड्दैछन् । त्यही क्षेत्रबाट नेकपा (क्रान्तिकारी माओवादी)को राजनीतिक मोर्चा देजमोबाट जिल्लाकाक चर्चित युवा नेता नारायण अधिकारीले पनि उम्मेदवारी घोषणा गरेका छन् । 

त्यस्तै सिन्धुपाल्चोकमा पशुपतिसमशेर राणा र अग्नि सापकोटा बबीच प्रसितस्पर्धा हुनेछ ।पहिलो चरणमा एमालेका ठूला नेता चुनावी मैदानमा खासै छैनन् । तर, ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराईले मनोनयन दर्ता गर्दैछन् ।माकेका वर्षमान पुन र जनार्दन शर्मा रोल्पा र रुकुमबाट लड्दैछन् । रोल्पामा वर्षमान पुनलाई कांग्रेसका अमर पुनले चुनौती दिनेछन् भने जनार्दन शर्मासँग कांग्रेसका वीरबहादुर ओलीले प्रतिस्पर्धा गर्दैछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर