साउदी अरबमा दुर्घटनामा परी एक नेपालीको मृत्यु

प्रकाशित मिति : २०७४ आश्विन १६

काठमाडौं । साउदी अरबमा दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको हो ।

साउदी अरबको माहिलमा सवारी दुर्घटनामा परी उनको शनिबार नै मृत्यु भएको बताइएको छ । राना एक वर्षदेखि साउदीमा सवारी चालकका रुपमा काम गर्दै आएका थिए ।

वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएका हुन् ।