फरवरी क्रान्तिले लेनिनलाई रुस फर्किने सम्भावना दियो । जनता आफ्नो नेताको प्रतिक्षा गर्दै थिए । तर अस्थायी सरकार तथा अरु देशहरुका पुँजीपतिहरु लेनिनसँग तर्सन्थे । उनीहरुले हर तरिकाले लेनिनलाई रुस फर्कन नदिने कोसिस गरे । विभिन्न कठिनाईहरु पार गर्दै लेनिन ३ अप्रिल, १९१७ को दिन पेत्रोग्राद आईपुग्नु भयो । ट्रेन धेरै राति अबेला फिनल्याण्ड स्टेशनमा आईपुग्यो । हजारौं मजदुरहरु, सैनिक तथा नौसैनिकहरु साँझदेखि नै स्टेशन अगाडिको चोकमा जम्मा भैसकेका थिए र आफ्नो नेताको प्रतीक्षा गर्दै थिए । उनीहरु लेनिनको विवेकपूर्ण कुरा, रुसमा घटिरहेका घटनाहरुबारे उहाँको मूल्याङ्कन सुन्न चाहन्थे ।

मेन्शेभिक नेताहरु पनि लेनिनको स्वागत गर्न आएका थिए । उनीहरु लेनिनलाई कुरामा फसाएर राख्न चाहन्थे र जनता सकक्ष उहाँलाई बोल्न नदिने जाल रच्दै थिए । तर ट्रेनबाट निस्कनसाथ नै लेनिन सिधा स्टेशनको चोकतिर लाग्नुभयो । जनताले ठूलो हर्षोल्लाससहित आफ्नो नेताको स्वागत गरे । क्रान्तिकारी सैनिकहरुले लिएर आएको एक बुलेट प्रुफ गाडीले मञ्चमा काम ग¥यो । आफ्नो भषणमा लेनिनले भन्नुभएको थियो– ‘जारको तक्ता उल्टिसकेको छ, तर जमिनदारहरु तथा पँजीपतिहरुको सत्ता कायमै छ । जमिन कलकारखाना आदि यथावत् जमिनहरुकै हातमा छन् । उनीहरु मजदुर तथा किसानहरुको भाषण गर्दै छन् । पँुजीपतिहरु तथा जमिनदारहरुको सत्ताको ठाउँमा श्रमिक जनताको सत्ता कायम हुनुपर्छ । जनता नै समस्त जमिन, कलकारखानाको मालिक बन्नुपर्छ । लेनिनले आफ्नो भषणको अन्त्यमा नारा दिनुभयो– ‘समाजवादी क्रान्ति–जिन्दवाद !’

भोलिपल्ट, ४ अप्रिलको दिन बोल्शेभिकहरुको वैठकमा लेनिनको पार्टीको भावी क्रियाकलापसम्बन्धी योजना प्रस्तुत गर्नुभयो । लेनिनले भन्नुभयो– ‘जनताको अगाडि बडो धैर्यपूर्वक अस्थायी सरकारका सव कबुलहरुको कपटी चरित्र स्पस्ट पार्नुपर्छ । सोभियतहरुमा मेन्शेभिकहरु तथा ऐसेरहरुको गद्दारीको भन्डाफोर गर्नुपछ, सोभियतहरुलाई बोल्शेभिकहरुको पक्षमा ल्याउनुपर्छ । मजदुर एवम् सैनिक डेपुटीहरुका सोभियतहरुले किसानहरुलाई जमिन दिनुपर्छ, कलकारखानाहरुमा मजदुर नियन्त्रण राख्नुपर्छ, रुसलाई युद्धबाट उम्काउनुपर्छ । जनताको समर्थनसहित सोभियतहरुले देशको सम्पूर्ण सत्ता आफ्नो हातमा केन्द्रित गर्नुपर्छ र उनीहरु यो काम गर्न सक्छन् । ‘सम्पूर्ण सत्ता सोभियतहरुलाई !’ भन्ने जुन नारा लेनिनले प्रस्तुत गर्नु भएको थियो, त्यसले क्रान्तिको शान्तिपूर्ण बाटो देखाउँथ्यो । बोल्शेभिकहरुले मजदुर, सैनिक तथा किसानहरुबीच व्यापक प्रचारकार्य सुरु गरे । उनीहरुको स्पष्ट कार्यक्रम श्रमिक जनताको आन्तरिक अभिलाषा अनुकुल थियो । मजदुर, किसान एवम सैनिकहरुबीच बोल्शेभिकहरुको प्रभाव तीव्रगतिले बढ्न थाल्यो ।

कारखानाको चोकमा मजदुरहरु जम्मा भएका थिए । आमसभा चल्दै थियो अस्थायी सरकारका कुनै मन्त्री बडो गरमागरम भाषण गर्दै थिए, तर आफ्नो जीवनअवस्थामा कहिले सुधार आउने हो भन्ने कुरा मजदुरहरुले बुझ्न सकिरहेका थिएनन् । मन्त्री भन्दै थिए–‘सबैभन्दा पहिला लडाँइ जित्नुपर्छ, त्यसपछि चुनाव पर्खनुपर्छ, त्यसपछि…..। भीडमा नाराहरु सुनिन थालिए–‘लडाई मुर्दावाद ! रोटि, शान्ति र स्वतन्त्रता देउ !’ सिट्टीहरुको आवाज र होहल्लाबीच मन्त्री आफ्नो भाषण नसकई मन्चबाट ओर्लन्छन् । मजदुरहरु बडो ध्यानपुर्वक एक बोल्शेभिक नेताको भाषण सुन्दैछन् । लेनिनवादी कार्यक्रमको प्रत्येक शब्द उनीहरुलाई स्पष्ट हुन्छ ।
अब मजदुरहरुले अक्सर अस्थायी सरकारका प्रतिनिधहरुको भाषण सुन्न अस्वीकार गर्न थाले, झनझन बढी मान्छेहरुले जमिनदारहरु तथा पुँजीपतिहरुको कुरामा विश्वास गर्न छोडे । अस्थायी सरकारमा एसेर पार्टीको सहभागिताले पनि सरकाले जनतामा आफ्नो प्रभाव बढाउन सकेन । तसर्थ, उनीहरुले हतियाद्वारा बोल्शेभिकहरुलाई चुप लगाउने निर्णय गरे । जुलाई, १९१७ मा युन्केरहरु (सैनिक अफिसर स्कुलका छात्रहरु) ले पेत्रोग्रादमा मजदुर तथा सैनिकहरुको युद्धविरोधी जुलुसमाथि गोली चलाए । अस्थायी सरकारले लेनिनलाई गिरफ्तार गर्ने आदेश जारी गरे । पुलिसले एउटा अर्को गोप्य आदेश पायो–‘क्रन्तिको नेताको हत्या गर ।’ देशभरी बोल्सेभिकहरुमाथि धरपकड सुरु भयो । अब प्रजातन्त्रसम्बन्धि सब कुरा पन्छाएर अस्थायी सरकारले श्रमिक जनतामाथि प्रहार गर्न सुरु ग¥यो ।

आफ्नो नेताको जीवन बचाउने उद्देश्यले बोल्शेभिक पार्टीले लेनिनलाई गुप्तबासमा पठाउने निर्णय ग¥यो । पेत्रोग्रादको एक उपनगरमा रहेको राजलिभ स्टेशनबाट करिब ५–६ किलोमिटर टाढा एउटा सानो तलाउको एकान्त किनारमा बनेको छाप्रोमा एक किसानको भेषमा लेनिनले बसोबास गर्न थाल्नुभयो । लेनिनले त्यहीबाट सङ्घर्षको निर्देशन गर्न सुरु गर्नुभयो । अक्सर साथीहरु लेनिनबाट सल्लाह तथा निर्देशनहरु पाउन त्यहाँ आउने गर्थे । लेनिन ठान्नुहुन्थ्यो–अस्थायी सरकारको क्रियाकलापले बोल्शेभिकहरुलाई शान्तिपूर्ण तरिकाले सत्ता लिने सम्भावनाबाट वञ्चित तुल्याएको छ, क्रान्तिको शान्तिपुर्ण अवधि खत्तम भइसकेको छ । अब जनतालाई जमिनदारहरु तथा पुँजीपतिहरुका विरुद्ध सशस्त्र क्रान्तिको लागि तयार गर्नुपर्छ ।

अगस्ट १९१७ मा बसेको छैंटौं पार्टी कंग्रेसले सशस्त्र विद्रोहका लागि तयारी गर्ने प्रस्ताव स्वीकार ग¥यो । सन् १९१७ को शरदतिर देशको अवस्था झन् बिग्रन थाल्यो । लडाइँ चालु थियो, अनिकाल बढ्दै थियो, कलकारखाना बन्द थिए । अस्थायी सरकारलाई हटाउनुपर्छ र सत्ता आफ्नो हातमा लिनुपर्छ भन्ने कुरा बहुसंख्यक जनताले बुझ्न थालिसकेका थिए । बोल्शेभिकहरुको नेतृत्वमा कलकालखानाहरुका मजदुरहरुको सशस्त्र टोलीहरु बन्न थाले । यस्ता टोलीहरुका योद्धाहरुलाई लालगार्ड भन्न थाले, उनीहरुको रियासतहरु जलाउन थाले । मोर्चामा पनि सिपाहीहरु लडाँइमा भाग लिन अस्विकार गर्दै थिए । उनीहरुले जनरल तथा अफिसरहरुको आदेश पालना गर्न छाडेका थिए ।

हरप्रकारको दमनका बाबजुद पनि बोल्शेभिक पार्टी निरन्तर बढ्दै थियो । अप्रिल १९१७ मा बोल्शेभिक पार्टीमा ८० हजार सदस्य थिए भने जुलाइ महिनामा यो संख्या बढेर २ लाख ४० हजार पुगिसकेको थियो ।

सशस्त्र विद्रोह सफल तुत्याउनका लागि विद्रोहसम्बन्धी स्पष्ट योजना तयार हुनुपथ्र्यो । लेनिनले यस्तो योजना तयार पार्नुभयो । लेनिनले भन्नुभएको थियो–बिद्रोह त्यसबेला सुरु हुनुपर्छ, जब अस्थायी सरकारले यसको सम्भवना देखेको हुदैन । विद्रह सुरु भईसकेपछि निरन्तर अगाडि बढ्दै जानुपर्छ । ‘प्रतिरक्षा सशस्त्र विद्रोहको अन्त्य हो’ लेनिनले भन्नुभएको थियो । सबैभन्दा पहिले, कुनै पनि मूल्यमा रेल–वे स्टेशनहरु, पोस्टअफिस, टेलिग्राफ, टलिफोन, नेभा नदिको पुल कब्जा गरिहाल्नुपर्छ । एकीकृत विद्रोह हेडक्वाटरको नेतृत्वमा छिटो–छिटो र निर्णायक रुपमा काम गर्नुपर्छ । यस विद्रोह हेडक्वाटरमा सशस्त्र मजदुर, सैनिक तथा नौसैनिकरुलाई एबत्रित पार्नुपर्छ र यिनीहरुको निर्देशन गर्नुपर्छ ।

७ अक्टुवर, १९१७ को दिन लेनिन गुप्त रुपमा पेत्रोग्राद फर्कनुभयो । दुई दिनपछि बोल्शेभिक पार्टीको केन्द्रिय समितिको बैठक बस्यो । यस बैठकमा भाषण गर्दै लेनिनल भन्नुभएको थियो कि अस्थायी सरकारलाई हटाउने मौका अइरहेको छ, जनता विद्रोहको लागि तयार छ । बोल्शेभिक पार्टीको केन्द्रिय समितिले अविलम्व सशस्त्र विद्रोहको लागि तयारी गर्ने निर्णय पारित ग¥यो ।

विद्रोहको नेतृत्व गर्न पेत्रोग्राद सोभियतअन्तरर्गत सामरिक क्रान्तिकारी कमिटि गठन गरियो । यस कमिटिमा पार्टी केन्द्रिय समितिका प्रतिनिधिहरु, पेत्रोग्राद सोभियत, ट्रेड–युनियनहरु, वाल्टिक नौसेना तथा अन्य संस्थाहरुका प्रतिनिभिहरु सम्मिलित थिए । बोल्शेभिक पार्टीका विख्यात कार्यकर्ता निकोलाई पद्भोइस्की यस कमिटीका अध्यक्ष मानोनित भए । सब कलकारखानाहरु तथा पेत्रोग्रादका सब सैनिक टुकडीहरुमा सामरिक क्रान्तिकारी कमिटिले आफ्ना प्रतिनिधिहरु पठाए । पँुजीपतिहरु तथा जमिनदारहरुको विरुद्ध निर्णायक संग्रामको तयारी हुन थाल्यो ।

लेनिनको प्रस्तावअनुसार २४ अक्टुबर (नयाँ शैली अनुसार ६ नोभेम्बर) को दिन यो विद्रोह सुरु भयो । लेनिनको नेतृत्वमा गठित विद्रोह हेडक्वार्टर स्मोल्नी इन्स्टिच्युटमा राखिएको थियो । पेत्रोग्रादका सडकहरुमा जताततै स्मोल्नी इन्स्टिच्युटतिर जान थालेका श्रमिकहरुका सैनिक टुकडीहरु देखिन्थे । युन्केरहरुले नेभा नदी पार गर्ने पुल खोल्न नदिने र लालगार्डहरुलाई सहरको केन्द्रीय भागभित्र पस्न नदिने प्रयास गरे । तर विद्रोहीहरुको शक्तिशाली प्रभाव रोक्न असम्भव थियो । लालगार्डहरुले युन्केरहरुलाई पछाडि हटाए र पुलहरु कब्जा गरे । मजदुरहरु संगसंगै सैनिकहरु तथा नौसैनिकहरु पनि स्मोल्नी जाँदै थिए । जोसँग हतियार थिएन, उनीहरुले स्मोल्नीको चोकमा बन्दुक र ग्रिनेडहरु पाए । तोपखानाबाट मेशिनगनहरु पनि ल्याइपु¥याए ।

अब स्मोल्नी इन्स्टिच्युट सैनिक शिविरमा परिणत भइसकेको थियो । सबै प्रवेशमार्गहरुमा पहरा लागेको थियो । काटी कसिएका घोडाहरु तयार थिए । तोपहरु पनि ल्याइल्नी इन्स्टिच्युट सैनिक शिविरमा परिणत भइसकेको थियो । सबै प्रवेशमार्गहरुमा पहरा लागेको थियो । काटी कसिएका घोडाहरु तयार थिए । तोपहरु पनि ल्याइपु¥याए । स्मोल्नीका लामा मटानहरुमा सैनिक कमाण्डरहरु आवतजावत गरिरहेका थिए । केही कमाण्डरहरु आदेश लिन जाँदै थिए त केही पाएको आदेश पूरा गर्न आफ्नो सैनिक टुकडीतिर लाग्दै थिए । लेनिन र उहाँका सहयोगीहरु यी सैनिक टुकडीहरुलाई निर्देशन दिँद थिए । सैनिक विद्रोह सम्बन्धि योजना राम्ररी पालना भइरहेको छ या छैन भन्ने कुरा उनीहरु बडो गम्भीरतापूर्वक जाँच गर्थे । लालगार्ड टुकडी युन्केरहरुको कडा प्रतिरोध सामना गर्दैछ भन्ने खबर आइपुग्छ ।

उनीहरुलाई मद्दत गर्न बाल्टिक नौसैनिकहरुको एक टुकडी अबिलम्ब पाइपुग्छ । कुनै पनि हालतमा थामिनुहुन्न, अगाडि बढ्या बढै गर्नुपर्छ । २५ अक्टोबरका दिन स्मोल्नीमा एक पनि अर्को खुसीका खबरहरु आउन थाले– ‘टेलिग्राफ कब्जा भयो’, ‘रेल–वे स्टेशनहरु कब्जा भए’, ‘टेलिफोन स्टेशन कब्जा भयो ।’ सहरको अधिकांश भाग विद्रोही जनतको हातमा आइसकेको थियो । तर क्रान्तिको विजयको लागि शिशिर प्रासादमाथि कब्जा गर्नु आवश्यक थियो र अस्थायी सरकारलाई गिरफ्तार गर्नुपथ्र्यो ।

अस्थायी सरकारका मन्त्रीहरु शिशिर प्रासादको एउटा कोठामा जम्मा भएका थिए । टेलिफोनहरु चुप छन्, तार–सञ्चार बन्द छ । विशाल सागरको बिचमा रहेको कुनै निर्जन टापुमा असहाय परेर बसेका मानिसहरुझैं यी मन्त्रीहरु सम्पूर्ण राष्ट्रबाट अलग्गिएर बसेका थिए । शिशिर प्रासादको वरिपरी हतार हतार लगाइएको बैरिकेडहरु पछाडि करिब ७ सय ५० अफिसर तथा युन्केरहरु लुकेर बसेका छन् । उनीहरुका बन्दुहरु र मेशिनगनहरु शिशिर प्रासाद अगाडिको चोकतर्फ तेर्सिएका छन्, त्यही चोक जहाँ ९ जनवरी, सन् १९०५ मा मजदुरहरुको शान्तिपूर्ण जुलुसमाथि गोली चलाइएको थियो । त्यसबेला मजदुरहरु जारसँग दयाँमायाँको भिख माग्न गएका थिए । आज जबरजस्ती शक्ति हातमा लिने बेला आएको थियो ।

विद्रोहीहरुले अस्थायी सरकारलाई आत्मसमर्पण गर्नका लागि अल्टिमेटम पठाए । कुनै जवाफ आएन । तब सामरिक क्रान्तिकारी कमिटिको निर्णयअनुसार शिशिर प्रासादमाथि हमला गर्ने आदेश दिइयो । सामरिक जहाज ‘आभ्रोरा’ बाट हानिएको तोपको आवाज यस आक्रमणको संकेत थियो । शिशिर प्रासादमाथि हमला सुरु भयो । लाल गार्ड, सैनिक तथा नौसैनिक टुकडीहरु शिशिर प्रासाद चोकमा पुगे । युन्केरहरुले गोलीको अन्धाधुन्ध प्रहारद्वारा उनीहरुको सामना गरे । विद्रोहीहरु गोली चलाउँदै शिशिर प्रासादतर्फ अघि बढ्न थाले । एक बुटेलप्रुफ गाडी गोली छोड्दै थियो । मानिसहरुको भीड दरबारको ढोकाअगाडि पुग्यो । युन्केरहरु नजिकैबाट गोली चलाउँदै थिए । अन्त्यमा गएर अफिसर र युन्केरहरुको सब प्रतिरोध विफल भयो । शिशिर प्रासादको ढोका खुला थियो ।

मानिसहरुले फलामको ढोका धकेल्न थाले । एकैछिनमा भीडको दबाबमा परेर त्यो बडेमाको फलामको ढोका खुल्यो । विद्रोहीहरु शिशिर प्रासादभित्र पसे र दरबारभित्रका बहुसंख्यक कोठाहरु तथा हलहरु पार गर्दै त्यस कोठामा पुगे, जहाँ अस्थायी सरकारका मन्त्रीहरु लुकेर बसेका थिए । आफ्नो बाटो रोक्न खोजेका युन्केरहरुको हतियार खोसेर उनीहरुलाई गिरफ्तार गरिसकेपछि विद्रोहीहरु कोठाभित्र बसे, जहाँ केही मन्त्रीहरु डरले थर्कमान भएर टेबुल वरिपरी बसेका थिए । रुसका पुँजीपतिहरु तथा जमिन्दारहरुको अन्तिम सरकार–तथाकथित अस्थायी सरकार पनि थियो । लडाईले तातिएका विद्रोहीहरु छुद्र मानिसहरुको यस जत्थाप्रति बढो घृणापूर्वक हेर्दैथिए । बोल्शेभिक आन्तोनभ–ओभ्सेएन्कोले अगाडि बढ्दै बडो शान्ति एवं. दृढ स्वरमा भने– ‘पेत्रोग्राद सोभियतको सैनिक क्रान्तिकारी समितिको नामबाट म घोषणा गर्दै छु, अस्थायी सरकार भंग भएको छ, अब तपाईहरु गिरफ्तार हुनुहुन्छ ।’

२५ अक्टुबरको साँझपख, जब शिशिर प्रासादमाथि हमला चल्दै थियो, सोभियतहरुको दोस्रो अखिल रसियाली महाधिवेशन सुरु भयो । तारद्वारा सम्पूर्ण देशभरी ‘मजदुर सैनिक एवं. किसानहरुलाई’ सम्बोधन गरिएको अपिल प्रसारित गरियो । यो अपिल लेनिनले लेख्नुभएको थियो । अपिलमा भनिएको थियो :
‘मजदुर, सैनिक एवं. किसानहरुको व्यापक बहुमतको समर्थनसहित, पेत्रोग्रादमा सम्पन्न मजदुर तथा नगररक्षक सेनाको विजयी विद्रोहको समर्थनसहित यस महाधिवेशनले आफ्नो हातमा सत्ता लिएको छ…..महाधिवेशनको निर्णयअनुसार इलाकाहरुमा सम्पूर्ण सत्ता मजदुर, सैनिक एवं. किसान डेपुटीहरुका सोभियतहरुको हातमा आएको छ र यी नै सोभियतहरुले वास्तविक क्रान्तिकारी अवस्था सुनिश्चित गर्ने अभिभारा आफ्नो हातमा लिनेछ ।’

यस प्रकारको सोभियत सत्ता, श्रमिक जनताको एक नयाँ सत्ताको उदय भयो । नयाँ सत्ताको सर्वोच्च अंग सोभियतहरुको अखिल रसियाली महाधिवेशनद्वारा पारित सबैभन्दा सुरुका निर्णयहरुले सम्पूर्ण विश्वका अगाडि देखाएको छ । सोभियत सत्ताको लागि श्रमिक जनताको सुख–सुविधा भन्दा बढी महत्वपूर्ण अर्को कुनै उद्देश्य छैन । बोल्शेभिक पार्टीको केन्द्रीय समितिका तर्फबाट सोभियत सत्ताका प्रथम आज्ञाप्तिहरु घोषणा गर्नका लागि लेनिन मञ्चमा आउनुभयो । महाधिवेशनमा भेला भएका प्रतिनिधिहरुले क्रान्तिका महान नेताको ठूलो जयजयकार र करतलध्वनीसहित स्वागत गरे, ‘सोभियत सत्ता जिन्दावाद !, लेनिनको जय होस !, लेनिन जिन्दावाद !’ लेनिनले महाधिवेशनका प्रतिनिधि समक्ष युद्धरत राष्ट्रहरुका श्रमिक जनता र सरकारहरुलाई युद्ध बन्द गर्ने र त्यस्तो सन्धीमा हस्ताक्षर गर्ने, जुन संसारभरीका जनजातिहरुको लागि न्यायपूर्ण होस, त्यस्तो सन्धीका लागि अबिलम्ब अपिल जारी गर्ने प्रस्ताव राख्नुभयो, जसमा केही राष्ट्रहरुले अन्य राष्ट्रहरुलाई दास बनाउने छैन । प्रतिनिधिहरुले सर्वसम्मतिद्वारा शान्ति सम्बन्धि आज्ञाप्ति पारित गरे ।

त्यसपछि लेनिनकै प्रस्तावअनुसार महाधिवेशनले भूमि सम्बन्धि आज्ञाप्ति स्वीकार ग¥यो । यस आज्ञाप्तिले जमिनमाथि जमिनदाहरुको स्वामित्व अन्त्य गरिदियो । किसानहरुको आफ्नो उपयोगका लागि १५ करोड हेक्टर भन्दा बढी जमिन निशुल्क पाएर जमिनदारहरुलाई बर्सेनि तिर्दै जानुपर्ने ७० करोड स्वर्ण रुबलको लगानीबाट पनि मुक्ति पाए । यसबाहेक उनीहरुले पुराना रियासतहरुमा रहेका करिब ३० करोड स्वर्ण रुबल मूल्यको विभिन्न कृषि औजारहरु पनि पाए । सम्पूर्ण जमिन, जंगल र स्रोतहरुको राष्ट्रियकरण गरियो । यस प्रकारले किसानहरुले, जो जनसंख्याको बहुमत थिए, आफ्नो चीर प्रतिक्षित जमिन र स्वतन्त्रता पाए ।

श्रमिक जनताको युगौ पुरानो सपना साकार भयो । मजदुर तथा किसानहरु देशको मालिक बने । सोभियतहरुको महाधिवेशनले विश्वमा पहिलो श्रमिक सरकार–
सोभियत जनकमिसार परिषद गठन ग¥यो । भ्लादिमिर इल्यीच लेनिन सर्वसम्मतिद्वारा नयाँ सरकारको अध्यक्ष निर्वाचित हुनुभयो ।

पेत्रोग्रादमा सम्पन्न विद्रोहको विजयसम्बन्धि यो खबर सम्पूर्ण देशभरी फैलियो । विशाल रुसको कुनाकुनामा–साइबेरिया, बेलारुस, मध्य एसिया, युक्रेन, भोल्गा तटवर्ती नगरहरुमा जताततै सोभियतहरुको हातमा सत्ता आएको यो खबर फैलियो । तर धेरैजस्ता सहरहरुमा श्रमिक जनताले क्रान्तिका सत्रुहरुका विरुद्ध धमासानको लडाई गर्नुप¥यो । यसप्रकारले मस्कोमा एक सातासम्म भयंकर लडाई चल्यो । पेत्रोग्रादमा लालगार्ड तथा नौसैनिकहरुले छिमेकी सहरहरुका मजदुरहरुले मस्कोका विद्रोहीहरुका लागि सकेसम्म छिटो मद्दत पठाए । मस्कोमा विद्राृेह सफल भयो । सम्पूर्ण देशभरी महान अक्टोबर समाजवादी क्रान्तिको विजय भयो ।

गरिब किसानहरुसँग घनिष्ट रुपमा सम्बन्धित क्रान्तिकारी मजदुरहरुले जनताको नेतृत्व गरेको थियो । त्यसैकारणले नै क्रान्तिको विजय भएको थियो । लेनिनको अध्यक्षतामा बोल्शेभिक पार्टीले श्रमिक जनताको संघर्षको नेतृत्व गर्दै थियो । त्यसैकारणले नै क्रान्तिको विजय भएको थियो । रुसमा सम्पन्न समाजवादी क्रान्तिको विजय युद्धमा रुसको मित्रराष्ट्र बनेको बेलायत र फ्रान्स तथा संसारभरीका पुँजीपतिहरुमाथि एक जोडदार प्रहार थियो । जारशाही रुस आफैं साम्राज्यवादी देश भएतापनि आर्थिक दृष्टिकोणले यो निकै पिछडिएको मुलुक थियो, बढी विकसित साम्राज्यवादी शक्तिहरुमाथि निर्भर थियो । रुस मुख्यतया कृषि वस्तुहरुको निर्यात गथ्र्यो, देशमा प्रयोग हुने आधाभन्दा बढी मेशिन तथा पाटपुर्जाहरु विदेशबाट आयात गरिन्थ्यो । सन् १९१३ मा अर्थव्यवस्थाका आधारभूत क्षेत्रहरु (कोइला तथा पेट्रोलको उत्पादन, धातु उत्पादन) विदेशी पुँजीपतिहरुको अधीन थियो, विशालतम रुसी बैंकहरुको आधा भन्दा बढी पुँजी विदेशीहरुको हातमा थियो । युद्धकालमा आफ्ना मित्रराष्ट्रहरुमाथि रुसको निर्भरता अझ बढ्न गयो ।

अक्टुबर क्रान्तिले साम्राज्यवादीहरुलाई उनीहरुको पुँजीबाट मात्र वन्चित गरेको होइन, अपितु रुसलाई पूर्णतया दास बनाएर उसको भूभाग विभाजन गर्ने सबै योजना समेत विफल तुल्याइदियो । तर सबैभन्दा मुख्य कुरा त के थियो भने विश्वभरीका पुँजीपतिहरुलाई रुसमा फैलिएको क्रान्तिको ज्वाला कहिँ उनीहरुको देशहरुमा पनि फैलिने त होइन भन्ने ठूलो डर थियो । महान् अक्टुबर क्रान्तिले साम्राज्यवादको अखण्ड प्रभुत्व खत्तम पारिदियो । विश्वको छैटौं भागमा समाजवादको निर्माण कार्य सुरु भयो । विश्व दुई शिविरमा टुक्रियो–मरणासन्न पुँजीवाद तथा विकासोन्मुख समाजवाद । विश्वभरीका श्रमिक जनताका लागि अक्टुबर क्रान्ति संघर्षको एक महान दृष्टान्त बन्न गयो । यस क्रान्तिले विजय तथा स्वतन्त्र एवं. सुखमय जीवनको निर्माणपथ देखाउँदै थियो । आफ्नो क्रियाकलापका सुरुका महिनाहरुमा नै सोभियत सरकारले लेनिनको अध्यक्षतामा देशका अत्यन्त महत्वपूर्ण समस्याहरु हल गर्न थाल्यो ।

सब कलकारखानाहरुमा मजदुर नियन्त्रण कायम गरियो, श्रमिकहरु कलकारखानाहरुका वास्तविक मालि बन्ने तयारी गर्दै थिए । सर्वोच्च आर्थिक परिषद खडा भयो, बैंकहरु, रेल वे यातायात, व्यापारिक जहाजी कम्पनीहरुको राष्ट्रियकरण भयो, वैदेशिक व्यापारमा राजकीय एकाधिकार कायम गरियो । सन् १९१८ को शरदमा देशका सबैजसो विशालतम औद्योगिक संस्थाहरुको राष्ट्रियकरण प्रक्रिया पूरा भइसकेको थियो । देशको सम्पूर्ण सम्पदा श्रमिक जनताको सम्पत्ति बन्यो । कलकारखानाहरुमा ८ घन्टे मजदुर–दिवस ठेकियो, मजदुरहरुको सबैतनिक आराम बिदा, बिरामी विदा, कार्यक्षमताको क्षति तथा बेकारी अवस्थाका लागि बीमा सुविधा आदि पाए । सोभियत सरकारले अत्यन्त कठिन परिस्थितिमा आफ्नो काम सुरु गर्नुप¥यो । अपदस्थ अस्थायी सरकारका कर्मचारीहरु मजदुर एवं. किसानहरुको सत्तालाई काम गर्न हर प्रकारले बाधा पु¥याउँदै थिए । उनीहरु या त अफिस नै आउँदैनथे, या त जानी जानी काम विगार्थे ।

बैंक कर्मचारीहरु सेफहरुको साँचो लुकाउँथे, अनेक बहाना गरेर मजदुरहरुको तलब रोक्थे । पुँजीपतिहरु, तिनका बफादार नोकरहरु, कर्मचारीहरु यस प्रकारको देशलाई अव्यवस्थाको धरातलमा झोक्न चाहन्थे र सोभियत सत्ता उल्टाउने प्रयास गर्दै थिए । १८ नोभेम्बर, १९१७ को दिन लेनिनले जनताको नाममा एक अपील जारी गर्नुभयो । उक्त अपिलमा भनिएको थियो ः ‘साथीहरु, श्रमिक जनता हो ! याद राख्नुहोला, अब तपाईहरु आफैं राज्य प्रशासन चलउँदै हुनुहुन्छ । यदि तपाईहरु आफैं एकताबद्ध हुनुहुन्न र राजकाजको सब काम आफ्नो हातमा लिनुहुन्न भने कसैले तपाईहरुको मद्दत गर्न सक्दैन । अब देखि तपाईहरुका सोभियतहरु राज्यसत्ताका यन्त्र बनेका छन् र यी सोभियतहरुलाई सब कुराको निर्णय गर्ने अधिकार छ । आफ्ना सोभियतहरुको वरिपरी एकबद्ध हुनुहोस, सोभियतहरुलाई सदृढ बनाउनुहोस् । सबैभन्दा तलबाट काम सुरु गर्नोस, कसैलाई पर्खेर नबस्नोस ।’

श्रमिकहरुले आफ्नो नेताको आव्हानको जवाफ दिए । पेत्रोग्रादका मजदुरहरु कामको खोजीमा श्रम सम्बन्धि जनकमिसेरियटमा आउन थाले । पेत्रोग्राद नजिकै रहेको नौसैनिक अखडा क्रोन्शोतादबाट टेलिग्राफ कार्यकर्ताहरु भूतपूर्व डाकतार मन्त्रालयको काम चलाउन आइपुगे । उनीहरुल विध्वंसकारी भूतपूर्व कर्मचारीहरुको ठाउँमा काम गर्न थाले र देशको हुलाक तथा आकाशवाणी–व्यवस्था आफ्नो हातमा लिए । राष्ट्र बैंकका कर्मचारीहरुले सोभियत सरकारलाई आवश्यक पैसा दिन अस्वीकार गरे । लालगार्डले बैंकका डाइरेक्टरलाई गिरफ्तार गर, त्यसपछि मात्र डरले थर्कमान भएका कर्मचारीले बैंकका सेफहरु खोल्न थाले । श्रमिक जनताको व्यापक समर्थनसहित सोभियत कार्यालयहरुले सहरहरुको खाद्य सामग्री सप्लाई व्यवस्था ठीक पार्न थाले । तहखानाहरुमा बस्ने मजदुर परिवारहरुलाई धनीहरुको घरहरुमा बसोबास गराउन थाले ।

सोभियत सरकारले यी सब ऋणहरु खारेज गरिदियो, जुन जारशाही सरकार र अस्थायी सरकारले विदेशी तथा रुसी पुँजीपतिहरुसँग लिएको थियो । देशले आफूलाई सरकारी ऋणहरुको भारबाट मुक्त ग¥यो । विदेशी ऋणको रकम झण्डै १६ अरब रुबल र आन्तरिक ऋण १७ अरब स्वर्ण रुबल पुग्थ्यो । राजकीय आज्ञाप्तिहरुद्वारा सब मानपदवीहरु र मानिसहरुलाई श्रेणीहरुमा विभाजन गर्ने प्रथा बदर गरियो, लोग्नेमान्छेहरु र आइमाईहरुबीच समानता कायम गरियो र देशभरीका सम्पूर्ण जनजातिहरुलाई समान अधिकार प्रदान गरियो । विध्वंस तथा प्रतिक्रान्तिको विरुद्ध संघर्ष गर्न फेलिक्स जेर्जीन्स्कीको नेतृत्वमा अखिल रसियाली असाधारण कमिशन गठन गरियो । जनन्यायलय र जनमिलिशिया गठन गरियो । सेनामा पनि सैनिक सोभियतहरुको हातमा सत्ता सुम्पियो । मजदुर तथा किसाान परिवारहरुबाट आएका व्यक्तिहरु सेनाको मुख्य मुख्य पदमा मनोनित भए । रुसका श्रमिक जनता कठिन परिस्थितिमा एक नयाँ जीवनको निर्माण गर्दै थिए । उनीहरुसँग कुनै अनुभव थिएन । यसैबेला मजदुर तथा किसानहरुको राज्यको शत्रुहरु नवजात सोभियत राज्यका विरुद्ध संघर्षको तयारी गर्दै थिए । 

(सोभियत र महान अक्टोबर क्रान्तिको इतिहास पुस्तकबाट)
लेखकहरु : अलेक्सेएभ, कार्चोभ, त्रोइत्स्की

प्रतिक्रिया

सम्बन्धित खवर