झर्रोटर्रो : साझा शुभकामना

प्रकाशित मिति : २०७४ आश्विन १०

- कैलुब्राह

यतिखेर नेपाल मण्डलका हिन्दू धर्म मान्ने मनुखेहरूको ‘महान् पर्व’ दसैँ सबैका घरघरमा पसेको छ । दसैँ मान्ने मनुखेहरूका घरमा खुसीले र नमान्नेहरूका घरमा जवर्जस्ति पसेको छ । मान्ने मनुखेमा पनि गरिबगुरुवाहरूका घरमा त जवर्जस्ति नै पसेको अनुभूति गरिरहेका छन् । खुसीले पसे पनि पस्यो, जवर्जस्ति पसे पनि पस्यो । पस्न त पस्यो नि । दसैँको काम पस्ने हो, पसेरै छोड्यो । कसरी मनाउने, मनाउने कि नमनाउने भन्ने कुरा मनुखेको गाँठीको कुरा हो ।

जसरी भए पनि दसैँ पसेपछि दसैँका बारेमा नेपाल मण्डलका शाषक, प्रशाषक र महाशाषकहरूले वक्तव्य दिएर मनुखेहरूको शुखशान्तिको कामना गरे । सबै लाउके दलका लाउके नेतादेखि सत्ताका लाउकेहरूसम्म सबैले आआफ्ना तर्फबाट देशका बासी र विदेशका साजी नेपाली मनुवाहरूका नाममा शुभकामना दिए । तीन थान सिण्डिकेटे दलका लाउकेहरू, राष्ट्रका पति महोदया, सरकारका मुखिया, संसदका सभामुख महोदया, अदालतका सम्मान्य न्यायमूर्ति मुखिया सबैले आआफ्नै कोटरीबाट वक्तव्यद्वारा शुभकामना दिए । ती सबैलाई एकैठाम जोडेर राख्दा यस्तो शुभकामना तयार भयो ।

‘प्यारा तथा अप्ठ्यारा मनुखेहरू !
मुखैमा आएको दशैँ र यसपछि आउने तिहार तथा छठका अवसरमा देशमा र विशेषगरी विदेशमा बस्ने नेपाली मनुखेहरू जस्ले रेमिट्यान्स पठा’छन् र यहाँ हाम्ले हालहुकुम चलाउन पा’छम् उनीहर्लाई शुभकामना दिन्चम् । हाम्रो काम शुभकामना दिने हो, बेलाबखतमा दिएकै छम् । साथै हामी सत्तामा बस्नेले गरेका राष्ट्रघाती सन्धी सम्झौता, भ्रष्टाचार, कमिसन, राष्ट्रको ढुकुटी रित्याउने खेल, महङ्गी, शोषण, दमन सबै कुरा सहेर बस्ने र चुनाउमा हाम्लाई नै खुरुखुरु भोट दिएर जिताउने सद्वुद्धि नवैदूर्गाले प्रदान गरुन् भन्चम् । जेजसरी हुन्च हे दूर्गेमाता हाम्रो कुर्चीको आयु पुसबाट ढल्दैछ, यसलाई फेरि बढाएर हाम्ले नै सत्ताको कुँडो लुँड्याउने गरी आउँदै गरेको चुनाउमा हाम्लाई नै जिताइदेऊ भन्दै दुर्गेमातासँग बिनम्र प्राथना गर्चम् । या दूर्गे सर्व भूतेसु कुर्ची बचाइदेऊ संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

यतिखेर मुलुक चुनाउको भुङ्ग्रोमा पोलिएको छ । यो चुनाउ संविधानलाई बलियो बनाउने औजार हो । त्यसैउसले सबै नेपाली मनुखेले यसलाई गम्भीरतापूर्वक लिनु पर्च भन्ने हाम्रो ठहर छ । यदि संविधान लागू हुन पाएन भने हामी सबैका कुर्ची धरापमा पर्नेवाला छन् । अहिलेको पहिलो प्राथमिकता कुर्ची बचाउनु हो र त्यसका लागि संविधान लागू गर्नु हो । हाम्ले यो मङ्सीरमा अरू दुई तहका चुनाउ सक्न छ । एउटा तहको चुनाउ त यनकेन प्रकारेण सकियो । यसै गरेर अरू दुइटा चुनाउ पनि सक्नै पर्च । त्यसका लागि तामझाम पनि सुरु भएकै छ । अब भ्mवामझुम र हामहुमको पालो छ ।

जहाँसम्म राष्ट्रियताको कुरो छ सरकार बाहिर हुँदा त हाम्ले पनि राष्ट्रियताका कुरा उठाएकै हुन्चम् । असमान सन्धि सम्झौता खारेज गर्न पर्च भनेर आन्दोलन पनि गर्चम् । तर आपैmँ सरकारमा हुँदा बिरोध गर्न गारो हुन्च । जसको सिता खायो उसको गीता गाउनै प¥यो । सरकार बनाइदिनेलाई हाम्ले पनि क्यै त दिनै परो । त्यसैले छिमेकीले हामीसँग भएको कुरा मागेपछि हाम्ले नदिएर कृतघ्न हुन पनि भएन । सरकारमा भएका बेला विरोध गर्नु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो प्रहार गर्ने कुरा हो । त्यति मुर्ख त हामी छैनम् ।

प्रिय रैतीहरू !
परार साल भैँचालाले हाम्रा रैतीहर्लाई ¥वाउनसम्म ¥वायो । दसबाह« हजारले परमधाम पाए । परमधाम पाउनेले त बरु सुखै पाए, बाँचेकालायृ कति हैरान भा’छ । त्यो त हाम्लाई थाहा । थाहा भएर क्यार्नु, क्यै गर्न मिल्दैन । गर्नी मन त कति छ कति । त्यसैमा पोहोर र यो बर्स बाढी पहिरो र कोशी डुबानले धेरै जनधनको क्षति भयो । सामान्य जनको क्षतिले त खासै फरक पार्दैन । हाम्रो देशमा आधाआकासको सङ्ख्या धेरै नै छ । उनीहर्ले अरू जनको जन्म दिइहाल्चन् । धनको क्षति र विशिष्टहरूको क्षति पूर्ति गर्न हामीलाई कम्ता गाह«ो हुन्च । सबै भन्दा दुःखको कुरा त्यो हो । हाम्रो सरकारी भ्रमण, चुनाउ र सरकार फेरिराख्नु पर्ने भएकाका कारण राज्यको ढिकुटी सकिएकाले उनीहर्लाई पैसा दिन सकिएको छैन । दाताहर्ले पनि अनेकौँ बखेडा झिकेर हाम्लाई पैसा दिएका छैनन् । रैतीहरूको काम धैर्य गर्ने हो । धैर्य गर्न नछोड्नुस् । हामी नेपालीहरूको इज्जत पनि यसैमा छ ।

अर्को कुरा मधेशवादी दलहर्ले पनि यो सरकारलाई पूर्णरूपमा सहयोग गर्न पर्च । यसपालाको चुनाउमा भाग लिएर राम्रै गर्नुभो’ । अब हुने चुनाउमा पनि भाग लिने र त्यतैबाट आफ्ना माग सके पुरा गर्ने नसके चुप लागेर बस्ने । जैले आफ्नो एकलौटी सरकार बन्च त्यैबेला आफैँ गर्ने । अब धेरै किचकिच गर्न जरुरी छैन ।

राज्यसेवाको नोकरी गर्ने विभिन्न तहका नोकर चाकरहर्लाई पनि हामी के भन्चम् भने तपाइँहर्ले राज्यका काममा ढिलाई नगर्नुहोला । छिटो भन्दा छिटो गरेर सरकारले निर्धारण गरेका काम सम्पन्न गर्नु पर्च । राज्यको काम भनेको दशैँ खर्च जुटाउन नसकेका सरकारवादी दलहरूका कार्यकर्ताहरूको खर्च व्यवस्थापन गर्नु, सरकारको भ्रमण व्यवस्था मिलाउनु, आन्दोलन गर्नेहर्लाई ठोकठाक र कोचकाच पार्नु, रोटीबेटीवाला छिमेकीसँग गरिएका सहमतिहरू लागू गर्नु, राज्यसेवक नोकर चाकरहर्लाई इधरका उधर उधरका इधर पारेर आफ्नो समर्थक बनाउनु आदि इत्यादि हुन् । यी कामहर्लाई प्राथमिकताक्रम अनुसार छिटो भन्दा छिटो पूरा गर्न सबै हाम्रा नोकर चाकरहर्लाई निर्देशन दिन्चम् ।

अन्त्यमा मुखैमा आएको दशैँलाई हुनेखानेहर्ले निकै तामझाम र झ्वामझुम पारेर मनाउन् । जहाँसम्म प्राकृतिक प्रकोपबाट पीडित परिवार छन् उनीहर्लाई त प्रकृतिले नै दुःख दिएको हुनाले हामीसँग कुनै प्रकारको गुनासो र आशा नगरुन् भन्ने हाम्रो ठहर छ । नेपालीमा उखान छ नि ‘जुन आगोले पोल्छ त्यही आगोले सेक्छ’ । त्यसैले भैँचालो, बाढी पहिरो, सवारी दुर्घटनाले उनीहर्लाई पोलेको हुनाले सेक्ने काम पनि उसैको हो । सरकारको काम सेक्ने होइन । सरकारले त त्यसको निरीक्षण गर्ने, भ्रमण गर्ने, वक्तव्य दिने र दाताहरूसँग भिख माग्ने काम मात्रै हो । त्यो त सरकारले गरेकै छ । नवदूर्गा भवानीले यो सरकारको रक्षा गरुन् । धन्यवाद, अभिवादन, जयनेपाल ।