एजेन्सी । एन्जेला मर्केल जर्मनको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित भएकी छन् । उनको कन्जरभेटिभ पार्टी नेतृत्वको गठबन्धन सिडियु/सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको छ ।

उनले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्काे राजनीतिक दलको सहयोग चाहिने छ । उनको दलको नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ भने दोस्रो ठूलो दलका रुपमा मत ल्याउने अर्काे दल एसपिडीले २० प्रतिशत मत ल्याएको छ ।

विश्लेषकले उनको दलले पछिल्लो करिब ७० बर्षको इतिहासमा नै सबैभन्दा कम मत यो निर्वाचनमा ल्याएको बताएका छन् । तर एसपिडीले सरकारमा नजाने र प्रतिपक्षी दलका रुपमा रहने घोषणा गरिसकेकाले मर्केललाई सरकार गठनका लागि अर्को दलको सहयोग चाहिनेछ ।

निर्वाचनको मतपरिणामअनुसार आप्रवासी विरोधी राष्ट्रवादी एएफडी पार्टीले संसदमा आफ्नो खाता खोलेको छ । सो पार्टी १२.६ प्रतिशत मत सहित तेस्रो पार्टी बन्ने भएको छ । यसका विरुद्ध देशका केही स्थानमा विरोध प्रदर्शन समेत भएको छ ।

यो दक्षिणपन्थी र इस्लाम विरोधी पार्टीको बर्लिनस्थित कार्यालयपछि केही प्रदर्शनकारी जुटेर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘शरणार्थीलाई स्वागत ट’ लेखेका पोस्टर लिएर प्रदर्शनमा उत्रिएका थिए । फ्रैंकफर्ट र कोलोनमा समेत प्रदर्शन भएको छ ।

मर्केलको गठबन्धन सबैभन्दा अघि रहेपनि दोस्रो विश्वयुद्धपति पहिलो पटक १९४९ पछि भएको चुनावपछि अहिले सबैभन्दा कम मत आएको हो । अहिलेको निर्वाचन परिणामपछि पहिलो पटक जर्मन संसदमा ६ वटा दलको प्रतिनिधित्व हुनेछ ।

आफ्ना समर्थकलाई सम्बोधन गर्दै मर्केलले आफूलाई यो भन्दा राम्रो नतिजाको अपेक्षा भएपनि कम मत आएको स्वीकार गर्दै आगामी दिन झनै चुनौतीपूर्ण हुने बताएकी छन् । उनले विपक्षीको समेत विश्वास हासिल गर्नसक्ने विश्वास समेत व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर