रौतहट । रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका समर्थकबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

झडपमा परी ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

कांग्रेस कार्यकर्ताले भोज पनि खाएको र पैसा पनि लिएको तर, भोट राजपालाई हालेको आरोप लगाएपछि विवाद सुरु भएको थियो ।

सोही झडपका क्रममा रामपुकारमाथि लाठी प्रहार भएको हो । टाउकोमा लाठी लागेका उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अनुठा राय यादव, भूठा यादव, बैजु यादवलाई पक्राउ परेको छ । भूठा कांग्रेसका वडाध्यक्षका उम्मेदवार गौरीशंकर यादवका छोरा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर