वरिष्ठ गीतकार देव बज्राचार्यको निधन

प्रकाशित मिति : २०७४ भाद्र २८

काठमाडौं । वरिष्ठ गीतकार देव बज्राचार्यको निधन भएको छ । काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको हो ।

६४ वर्षीय बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं ओमबहालमा जन्मिएका बज्राचार्यको रचनामा अरुणा लामा, मिरा राणा, मधु क्षेत्री लगायत कलाकारले स्वर तथा संगीत दिएका छन् भने केही रचनामा उनी आफैंले स्वर भरेका छन् ।

एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ, प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिले देखिन, मेरो आँखाबाट झरेको आँशु, एउटा गीत रचेको छु तिमीले नै गाइदिनु, केही दिनमा नै तिमीसँग गहिरो प्रिती बस्यो, किन मलाई यति चाँडै छोडी तिमी गयौं लगायत गीत लोकप्रिय छन् ।

बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् ।