चलचित्र ‘फागुन २४’ बारे छोटो टिप्पणी

प्रकाशित मिति : २०७४ भाद्र ११

-  प्रेम सुवेदी

क. मोहन विक्रम सिंहद्धारा लेखिएको नाटक विजयीको विहान फागुन २४ गतेलाई कलाकार हेमराज आश्रमले चलचित्रको रुपमा निर्देशन गरेका छन् । उक्त चलचित्र देशका कतिपय हलमा प्रस्तुत गरिएको र प्रदर्शन कार्यलाई निरन्तरता दिने आयोजक संस्था रक्तिम सास्कृतिक अभियान काठमाण्डौ महानगरले जानकारी दिएको छ । चलचित्र क्षेत्रमा फागुन २४ को त्यति चर्चा नभए पनि आयोजकको प्रयत्नप्रति सद्भाव राख्नु बान्छनीय नै हुनेछ ।

जहाँसम्म चलचित्रको विषयबस्तु तथा कलापक्षको प्रस्तुती छ, त्यसप्रति त्यति धेरै टिका टिप्पणी भएका छैनन् । तर, टिका टिप्पणी भन्दा बाहिर त्यो चलचित्र छ भन्नु अर्को अतिसयोक्ति हुनेछ । चलचित्र फागुन २४ लाई सरर्सती हेर्दा त्यसमा चलचित्रको गुण कम र नाटकको भुमिका बढि देखिन्छ । हुनत उपरोक्त चलचित्रलाई २०४५ सालमा नाटकको रुपमा प्रस्तुत गरिएको र ती दृष्य पनि यो पक्तिकारले हेर्ने मौका पाएकोले आफ्नो मानसपटलमा त्यो नाटक नै भन्ने बुझाई भएर हो वा त्यसले चलचित्रको गुण प्राप्त गर्न नसकेको ले हो । त्यो विषयमा छलफल चल्दै जानेछ । चलचित्रको निर्माण त्यसमा रहेको कलापक्षको भुमिकालाई हेर्दा त्यति धेरै प्रशंसनीय देखिदैन । त्यसमा कलापक्ष एकदमै कमजोर नै देखिन्छ । जब कलापक्ष कमजोर हुन्छ, त्यसले समग्रमा विषयबस्तुलाई पनि कमजोर नै वनाउँछ । त्यसप्रति लेखक तथा निर्माताहरुको विशेष ध्यान पुग्नु पर्ने देखिन्छ । हुनत प्रगतिशिल कला साहित्य को क्षेत्रमा ठुलो खडेरी परिरहेको पृष्ठभूमिमा यो फागुन २४ चलचित्र बजारमा आउनु आफैमा सकारात्मक पक्ष हो । तर, त्यो भनेर मात्र चित्त बुझाउने संस्कारले हामीलाई सही ठाउँमा पु¥याउदैन । माओले भनेका छन्, जुन साहित्य वा कलामा “सौन्र्दय हुदैन, त्यो वास्तवमा कला साहित्य हुँदैन् ।” उपरोक्त कथनलाई लेखक तथा विशेष गरेर निर्माताले ध्यान दिनुपर्ने देखिन्छ । चलचित्र फागुन २४ ले दिने खाजेको सन्देश जति राम्रो छ तर त्यो सन्देशलाई कलापक्षले आत्मसात गर्न त्यति सकेको देखिदैन । यसको अर्थ कलापक्षमा गरिएको मेहनतप्रति उपेक्षा गर्न खाजिएको होइन । जुन उचाइमा कलाको भूमिका हुनुपर्ने हो, त्यो भएन भन्ने नै हो ।

क.मोहन विक्रम सिंहले २०१० सालमा प्युठानमा भएको किसान आन्दोलनलाई मुल आधार बनाएर लेखिएको उक्त कथालाई चलचित्रका रुपमा प्रस्तुत गर्दा त्यो सग जोडिएका प्राविधिक तथा एकेडेमिकपक्षमा त्यति ध्यान नदिएको पाइन्छ । कथावस्तु उपयुक्त हुनु आफैमा सफलता मानिदैँन चलचित्र क्षेत्रमा । त्यसको सफलतासँग विषयवस्तुका साथै मूलतः कला पक्षले महत्व राख्दछ भन्ने कुरामा त्यति गाम्भिर्यता देखिदैन । कुनै पनि विषयको प्रस्तुती समकालिन घटना, पात्रा, संस्कृति तथा भेसभुषालाई अलग गरियो भने त्यसको सत्व गुमेजस्तै हुन्छ । र ,चलचित्र फागुन २४ मुख्यतः ती विषयमा चुकेको नै देखिन्छ । विशेष गरेर कलाकारहरुले प्रयोग गरेका भेसभुषा, भाषा र अन्य सामाग्रीहरुले तत्कालिन समयको भावनालाई बोकेको देखिएन । त्यति मात्र होइन दिउसो खेतवारीमा काम गरिरहेका किसान , घास दाउरा गरिरहेका महिलाहरुको दृष्य पुरै अन्धकार जस्तै देखिन्छ । त्यो प्रविधिक रुपमा भएको गम्भिर तुट्र्टि नै हो । जसले चलचित्रलाई जीवन्त बनाउन सकेन । पात्रहरुको अलग अगल भुमिकाको सन्दर्भमा पनि त्यति संयोजन हुन नसकेको देखियो । जस्तो घासँ दाउराका बखत प्रयोग गरिएका डे«सहरु सबै ठाउँमा प्रस्तुत गर्नु पनि त्यति शोभनीय देखिएन । कलाक्षेत्रमा देखिएका यी कमजोरीलाई हटाउने र त्यसलाई थप परिस्कृत गर्ने हो भने चलचित्रले रामै सन्देश दिनेछ । त्यसका लागि आयोजकहरु गम्भिर हुनुपर्ने देखिन्छ । चलचित्र फागुन २४ को कलापक्षमा देखिएका यी कमजोर पक्षलाई सच्चाउने दिशामा सहयोग पुगोस भन्ने हेतुले नै यो टिप्पणी गरिएको हो ।
चलचित्रको अर्को महत्वपूर्ण पक्ष त्यसमा अन्तरनिहित विचारपक्षप्रति पनि थोरै कुरा राख्नु सान्र्दभिक नै हुनेछ । क. मोहनविक्रम सिंहले किसान आन्दोलनलाई उठाउने उद्देश्यद्वारा प्रेरित भएर नै यो कथा लेख्नु भएको कुरामा कुनै शंका छैन । तर, त्यो कथालाई उहाँले समग्र देशमा चलेका समकालिन किसान आन्दोलनको एउटा पक्षको रुपमा भन्दा पनि यो नै यस्तो परिघटना बताउन खोजेको देखिन्छ कि त्यो बाहेक अन्य आन्दोलन त्यति महत्वका थिएनन् वा त्यसप्रति उहाँको दृष्टिकोण नपुगेको हो ? यो सम्वेदनशिल विषय बनेको छ । नेपाल कम्युष्टि पार्टीको नेतृत्वमा २००८ साल देखि शुरु भएको किसान आन्दोलनको क्रममा नै प्युठानमा किसान आन्दोलन भएको कुरा देखिन्छ । देशका अन्य भागहरु मुख्य गरेर बारा पर्सा रौतहटका किसान विद्रोहहरुले देशका अन्य भागमा प्रभाव पारेको र विशेष गरेर सुदुरपश्चिम कञ्चनपुर कैलालीमा भीमदत्त पन्तको नेतृत्वमा भएको किसान विद्रोहप्रति त्यत्ति ध्यान दिएको पाइँदैन । भीमदत्त पन्तको नेतृत्वमा भएको विद्रोह वास्तवमा सामन्त, जमिन्दार तथा भारतीय विस्तारवादका विरुद्धमा प्रतिरोध थियो । तर त्यो विद्रोहप्रति तत्कालिन पार्टी नेतृत्वले उचित न्याय दिन त सकेन । बरु उल्टै त्यसप्रति घृणा फैलाउने काम गरेको पाइन्छ । यस विषयमा क. मोहन विक्रमले सिंहले किसान आन्दोलनलाई मुल आधार बनाएर चलचित्रको कथा लेख्दा त्यसप्रति थोरै पनि चर्चा गरेको देखिदैन । माथि उल्लेखित किसान आन्दोलनप्रतिको मौनाताले स्वंय प्युठानको किसान आन्दोलनलाई अरु आन्दोलनबाट अलग गरेको देखिन्छ । निश्चय नै एउटा विषयमा कुनै निबन्ध वा कथा लेख्दा त्यसै सन्र्दभमा केन्दीत हुनु स्वभाविक हो, तर त्यसको पृष्ठभुमिप्रति नै नजरअन्दाज गर्नु सामान्य विषय होइन । यो विषय पनि ध्यान प्रगोस् । चलचित्र फागुन २४ मा प्रस्तुत विषयमा पनि कतिपय कुराहरु त्यति स्पष्ट देखिदैन । जस्तो किसानहरुले साहु महाजन वा जमिदार विरुद्ध जुन संघर्ष गरेर विजय प्राप्त गरे, त्यो विजयी उत्सवमा किसानसँग साहु महाजन तथा जमिदारहरु जुलुसमा हिडेको जुन दृष्य छ त्यो त्यति सान्र्दभिक देखिदैन । किसानको संघर्ष मुलत साहु महाजन सत्रुतापूर्ण नै थियो । तर त्यो दृष्यले संझौताप्रस्त नीतिको नै पक्ष पोषण गरेको देखिन्छ, सायद यो कला पक्षमा देखिएको कमजोरी हो वा लेखकको कथामा आधारित हो त्यो अलि अस्पष्ट नै छ । क्रान्तिकारी आन्दोलनको क्रममा देखिने अवसरवादप्रति जति वैचारिक राजनैतिक आलोचना तथा भण्डाफोरको आश्यकता छ । तर त्यो चलचित्रले त्यो विषयमा पनि स्पष्ट गर्न सकेको देखिदैन । आन्दोलनको क्रममा पलायन भएकाहरुको राजनैतिक आलोचनाका पक्ष त्यति ध्यान गएको देखिएन । यसका साथै चलचित्र फागुन २४ मा संम्वादको पक्ष पनि प्रभावकारी देखिएन र गीतसंगितमा पनि उपयुक्त प्रकारको संयोेजन पार्ईएन ।

अन्त्यमा, चलचित्र फागुन २४ ले जुन सन्देश दिन खोजेको छ, त्यसलाई सम्मान गर्दै किसान आन्दोलनलाई इतिहासको एउटा घटनाको रुपमा मात्र होइन, त्यसको आवश्यकता आज पनि त्यतिकै छ भन्ने कुरा लेखक तथा निर्माताहरुले ध्यान पु¥याउनु पर्ने देखियो । यो विषयमा पनि त्यति ध्यान पुगेको पाइदैन ।