भनिन्छ, सत्य पहिला–पहिलो एक्लो हुन्छ । ऊ सुरु सुरुमा असत्य, झुट र प्रतिगामी तथा यथास्थितिको घेरामा हुन्छ । सत्य ओकल्ने व्यक्तिमाथि असत्यको बौछार हुन्छ । ठूलो हमला हुन्छ र त्यसलाई हुर्कत नदिई समयमै भ्रुणहत्या गर्ने कुचेष्टा गरिन्छ । विज्ञानको प्रादुर्भाव हुँदा वैज्ञानिकहरुले पृथ्वी गोला छ भन्दा उनलाई बोलाहाको संज्ञा दिइयो । सूर्य अटल र यसलाई पृथ्वीले परिक्रमा गर्छ, पृथ्वी भौतिक वस्तुले बनेको छ भन्दा असत्यका पुजारीहरुले उनीहरुलाई फासी दिनेसम्मको हर्कत गरे । असत्यको दुनियामा सत्यको आवाज ओकल्नु आफैमा चुनौतीपूर्ण र एउटा महान् काम हो । समयको विकासक्रममा सत्यको विजय र असत्यको पराजय विज्ञानको नियम हो । मानव सभ्यताको विकास भएदेखि हालसम्मको इतिहासले यो तथ्यलाई पुष्टि गर्दै आएको छ । यो धर्तीमा एकदिन सत्यको राज हुनेछ र असत्य झुट, भ्रम र प्रतिगामी, यथास्थितिका पहाडहरु ध्वस्त हुनेछन् । असत्यका पुजारीहरुको एउटै चिहान बन्नेछ । यो तीतो यथार्थलाई कसैले नकार्न सक्नेछैन ।
स्वास्थ्य क्षेत्रमा देखिएको माफिया तन्त्रका विरुद्ध डा.गोविन्द केसी करिब एक दशकदेखि निरन्तर संघर्षमा हुनुहुन्छ । अहिलेको डा.केसीको आमरण अनसन एघारौंपटकको अनसन हो । एघारौंपटकको अनसनले बीसांै दिन पार गरिसकेको छ । एउटा स्वास्थ्यकर्मी हुनुको नाताले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगति तथा माफियातन्त्रका विरुद्ध उहाँले आजा उठाइराख्नुभएको छ । यद्यपि स्वास्थय क्षेत्रमा वर्षाैवर्षदेखि काम गर्दै आएका सयौं होइन हजारौं वरिष्ठ डाक्टरहरु नेपालका विभिन्न स्वास्थ्यकेन्द्रमा विद्यमान छन् । कैयौं डाक्टरहरु नेपाल मात्र नहेरेर कैयौं छिमेकी मुलुकहरुमा पनि आफ्नो पेशालाई विस्तार गर्दै आएका छन् । ख्यातिप्राप्त कैयों डाक्टरहरुका पनि डाक्टरहरु यो मुलुकमा छन् । तर कसैले पनि अहिलेसम्म स्वास्थ्य क्षेत्रमा देखिएको व्यापारीकरण, माफियाकरणजस्ता विकृति र विसंगतिका विरुद्ध आवाज ओकल्न सकेनन् । कसैले पनि यो अनियमितता र अराजकतालाई रोक्न– नियन्त्रण गर्न र खबरदारी गर्न सकेनन् कि ? सरकारले जस्तोसुकै नियम कानुन लाद्दा पनि त्यसलाई खारेज गर्नतिर नलागेर ‘त्वंम शरण, गच्छामी’ भन्दै आँखा चिम्लिेर समर्थन गर्दै आए किन ? स्वास्थ्य, शिक्षा र सुरषा क्षेत्रजस्तो अति महत्वपूर्ण र संवेदनशील षेत्रमा यति नांगो, निकृष्ट र भद्दा प्रकारको अराजकता र माफियातन्त्र जस्ता विकृति र विसंगति मौलाउँदा पनि र यसले राष्ट्रको अस्मितामाथि नै धावा बोल्दा पनि यहाँको राजनीतिक मठाधिसशरु, आपूmलाई बुद्धिजीवी भन्न रुचाउने बौद्धिक समुदायहरु, प्राज्ञिक क्षेत्रमा काम गर्ने डाक्टर, वकिल, इञ्जिनियर, प्राध्यापकहरु किन चुप लागेर बसेका छन् । जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिसमेत बेचबिखन गरेर रातारात धन कुम्ल्याउन लिप्त यी माफियाहरुको छाडातन्त्रका विरुद्ध किन डा.गोविन्द केसीले मात्र जीवनको जोखिम उठाउनुप¥यो ? के केसीबाहेक यो मुलुकमा त्याग र बलिदानी भएका मानव छैनन् ? प्रश्नहरु गम्भीर छन् । यी प्रश्नहरुको तथ्यसंगत जवाफ खोजेको यो मुलुकले ।

धनेश्वर पोख्रेल

डा.गोविन्द केसी व्यक्ति होइन, संस्था हुन् । त्यति मात्र नभएर उनी अहिले आन्दोल नबनेका छन् । उनले दुर्गम क्षेत्रका जनताले सिटामेल, मेट्रोनिजाजोललगायतका अति सामान्य औषधीसम्म नपाएर अकालमा मृत्युवरण गरिरहेको र प्रसूति गृहको अभावमा हजारौं महिलाहरुको ज्यान गुमाउनु परेको अवस्था छ । यो स्थितिमा उनीहरुको समस्याप्रति पूरै बेवास्ता गरेर उनीहरुलाई स्वास्थ्य अधिकारबाट बञ्चित गरी धन कुम्ल्याउने र रातारात कुबेर बन्ने उद्देश्यका साथ राजधानी र देशका ठूला शहरहरुमा केन्द्रित रहेर खोलिएका मेडिकल कलेजहरुको खारेजी र दुर्गम क्षेत्रहरुमा त्यसको स्थापनाको माग राख्ने र स्वास्थ्य क्षेत्रमा देखिएको अराजकता र माफियातन्त्रका विरुद्ध जुन आवाज उठाउँदै आएका छन्, त्यो अत्यन्त न्यायिक माग हो । यो मागले जनताको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्छ । डा.केसीका कतिपय मागहरुले माफियाको सञ्जालमा फसेका सत्तासीन वर्ग, कथित बौद्धिक र प्राज्ञिकवर्गहरुको लुटको स्वर्गमा अवश्य धावा बोलेको छ । तयसमा कतिपय स्वास्थ्यकर्मीहरुलाई समेत चुनौती खडा दिएको छ । अत्यन्त ठूलो महत्वाकांक्षा राखेर निर्माण गरिउका मेडिकल कलेजका संरचनाहरु घाँटीको हड्डीझैं निल्नु र ओकल्नु बनेका छन् । त्यसैले त्यस्ता संरचनासँग सम्बन्धित स्वास्थ्यकर्मी प्राज्ञिकवर्ग तथा कतिपय राजनीतिज्ञहरुको निम्ति केसीको माग अपाच्य हुनसक्छ । भित्रभित्र त्यो माग कुनै पनि हालतमा पूरा हुन नदिने माफिया षड्यन्त्र हुनसक्छ । त्यो मागलाई तुहाउन राज्यशक्तिको दुरुपयोग हुनसक्छ । तर त्यो माग आम उत्पीडित जनता, क्षेत्र, लिंग र जातिको निम्ति जायज छ, विज्ञान र न्यायसंगत छ । त्यसैले यो मागलाई नेकपा (क्रा न्तिकारी माओवादी)लगायत करिब ५० वटा संघसंस्थालगायत राजनीतिक दलले समर्थन गर्दै सडकमा उत्रेका छन् । यदि डा.केसीका यी मागहरुप्रति गिद्दे दृष्टिकोण राखेर बेवास्ता गर्छ र सडकमा उत्रेको जनसागरमाथि लाठी र गोलीको भाषा बोल्छ भने यो माफिया सरकारले इतिहासमा सबभन्दा ठूलो मूल्य चुकाउनुपर्ने छ । त्यति मात्र होइन उयसको जनविरोधी, प्रतिगामी संविधान धुजाधुजा हुनेछ ।
अतः आन्दोलनको प्रतिविम्ब बनेको डा.गोविन्द केसीको न्यायिक माग र जीवनमाथि यो माफिया सरकारले खेलवाड नगरोस् । यथाशीघ्रस उक्त mमागहरु सम्बोधित होइन र शिक्षा, स्वास्थ्य क्षेत्रमा व्याप्त माफिया तन्त्र र अराजकताको अन्त्य होस् । उपेक्षित र उत्पीडित जात, क्षेत्र, लिंगको बाँच्न पाउने नैसर्गिक अधिकार सुरक्षित होस् । बिरामी र सुत्केरीका कारण अकालमा कसैको ज्यान नजाओस् । राज्यले आफ्नो दायित्व पूरा गरोस् । माफिया सरकारलाई साउन २८ गतेको विशाल विरोध प्रदर्शनले दिएको अन्तिम सुझाव हो । साथै यो चुनौती दिएको छ कि यदि सरकारले उदासिनता, हेलचक्र्याइँ र पूर्वाग्रहका कारण डा.केसीको ज्यान जोखिममा गयो भने, यदि राष्ट्रले उउटा होनहार योद्धा गुमाउनुप¥यो भने अनसन बस्ने डा.केसीको मात्र ज्यान जाने छैन माफियाको नायक राष्ट्रका खलनायकहरुले समेत डा.केसीसँगै सति जानुपर्ने छ । सडकको जनसागरलार्य पुलिस र सेनाको बन्दुकले भुट्न सक्ने छैन । मुलुकमा अर्काे विद्रोहको भूकम्प आउने छ । शासकहरु हत्यार र अपराधीको रुपमा दर्ज हुनेछन् । त्यसको फैसला सडकले गर्ने छ । आन्दोलनकारीहरु खुट्टा कमाउनु हुँदैन अन्तिम जित सत्यको हुनेछ । न्यायको हुनेछ, गोविन्द केसीको हुनेछ र न्यायको पक्षमा उभिने आन्दोलनकारीको हुनेछ । अस्तु

प्रतिक्रिया

सम्बन्धित खवर