देशभरका हलमा ‘प्रेम गीत–२’ ले हाउसफुल (ट्रेलरसहित)

प्रकाशित मिति : २०७४ श्रावण १५

काठमाडौं । साउन १३ गते रिलिज भएको चलचित्र ‘प्रेम गीत–२’ ले राम्रो व्यापार गरेको छ । प्रेमगीतको सफलतापछि बनेको प्रेमगीत–२ ले दुई दिनमा नै साडे दुई करोडभन्दा बढीको व्यापार गरेको छ ।

चलचित्र हेर्नका लागि राजधानीसहित देशैभरका हलहरुमा दर्शकहरु ओइरिएपछि यो फिल्मले मनग्गे व्यापार गर्ने लक्षण देखिएको हो ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र छक्कापन्जाले पनि राम्रो व्यापार गरेको थियो । हल सञ्चालकहरुले छक्का पन्जा र लुट–२ भन्दा पनि राम्रो व्यापार प्रेम गीत–२ ले गरेको बताएका छन् ।

शुक्रबार नै १ करोड १२ लाख भन्दा बढी कलेक्सन गरेको फिल्मले दुईदिन भित्र देशभरबाट २ करोड ५३ लाख कलेक्सन गरिसकेको छ ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रदिप खड्का र अश्लेषा ठकुरीको प्रमुख भूमिका छ । बर्मेली युवती र नेपाली युवक बीचको रोचक कथा फिल्ममा देख्न पाइन्छ ।