काठमाडौं । आज गुरुपुर्णिमाको अवसरमा काठमाडौंका परम्परागत ६३ टोलका मूल गुरुहरुलाई सम्मान गरिएको छ ।

ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौको नयाँबजार स्थित ज्यास्मिन पार्टी प्यालेसमा भएको उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुरुहरुलाई सम्मान गरे ।

सम्मानित गुरुहरुलाई नेवार संस्कृति, परम्परा अनुसार सगं (सगुन), तकः तपलि (भाद्गाउँले टोपी) र उपहार दिइ सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा १४ औं ज्यापु दिवस आयोजना गर्नको लागि नयाँ आयोजक टोललाई जिम्मेवारी हस्ताणतरन गरे ।

हरेक वर्ष योमरि पुन्ही (धान्य पुर्णिमा)का दिनमा भब्यतापूर्वक मनाइने ज्यापु दिवस यो वर्ष नःबहाल, बम्हटोलले आयोजना गर्दैछ ।

वर्षेनी एक एक टोलले पालैपालो आयोजना गरिने ज्यापु दिवस आउने २०७५ र २०७६मा क्रमशः तःननी टोल र वंगः टोलले आयोजना गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार