दार्जिलिङका नेपालीभाषीमाथि गरिएको दमन र हत्याको क्रान्तिकारी माओवादीले ग¥यो तीब्र भत्र्सना

प्रकाशित मिति : २०७४ असार ६

- दमन रोक्न, जायज माग पूरा गर्न, हत्या गरिएका नेपालीभाषीलाई सहिद घोषणा गर्न पश्चिम बंगाल सरकारसँग जोडदार आग्रह

माेहन वैद्य ‘किरण’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले भारतको पश्चिम बंगाल प्रान्त अन्र्तगत दार्जिलिङ्ग क्षेत्रका उत्पीडित नेपाली भाषाभाषीका जनताले गोर्खालैण्डको माग राखी गरेको आन्दोलनमाथि पश्चिम बंगाल सरकारले गरेको दमन र आन्दोलनकारीको गोली हानी गरेको हत्याको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले एक सार्वजनिक प्रेस वक्तव्य जारी गर्दैै यस्तो विरोध एवम् भत्र्सना गरेका हुन् ।

वक्तव्यमा अध्यक्ष किरणले भनेका छन्, “पाठ्यपुस्तकहरुमा बंगाली भाषालाई अनिवार्य बनाइएकोमा त्यसको विरोध गर्दै तथा गोर्खालैण्डको माग समेतलाई जोड्दै जनताद्वारा अगाडि बढाएको शान्तिपूर्ण आन्दोलनमाथि पश्चिम बंगाल सरकारले निर्मम दमन तथा धरपकड गरी आन्दोलनकारीहरुलाई यातना दिने, गोलीहान्ने गरिएको छ । हाम्रो पार्टी आन्दोलनकारी जनतामाथि गरिएको निर्मम दमनको तीब्र भर्सना गर्दछ ।”

aमंगलबार जारी गरिएको वक्तव्यमा अगाडि भनिएको छ, “साथै, दार्जिलिङ्ग क्षेत्रमा नेपालीभाषी भारतीय जनताले आन्दोलनका क्रममा राख्दै आएका जायज मागहरुको अविलम्ब संम्बोधन गर्न, आन्दोलनमा सहादत प्राप्त जनताका छोराछोरीहरुलाई सहिद घोषणा गरी समुचित क्षतिपूर्ति दिन र शान्तिपूर्ण आन्दोलनमा राज्यद्वारा गरिदै आएको दमनलाई रोक्न भारतको पश्चिम बंगाल सरकारसित जोडदार आग्रह एवं अनुरोध गर्दछ ।”