सप्तरी । आन्दोलनरत राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले तालिमस्थलमा रहेका निर्वाचन अधिकृतहरुलाई नियन्त्रणमा लिएर जबरजस्त धर्नास्थलमा राखेका छन् ।

निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम राखेको थियो । तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस घेराउ गर्दै धर्ना दिएका हुन् ।

राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन आएका निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् । राजपाको अवरोधपछि तालिम स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर