हर्के दमाईको छोरो
पुड्के दमाई
पश्चिमी पहाडमा ढल्दै गर्दा
शाही जल्लादको खोरमा
थुनिएको हर्केले
सिङ्गो संसारै
अँध्यारो देख्यो !
डिल्ले सार्कोको छोरो
जुल्फे सार्की
जुत्तामा रङ्ग भर्दै गर्दा
आतंककारी भयो !
बुढी सर्कि्निको काखैबाट खोसेर
मारिएको थियो
त्यस आतंककारी लाई ।
कति नमिठो मृत्यु भोग्यो विचराले ।
स्याउला काट्न जङ्गल गएकी
खर्कघरे जेठाकी जहान
श्वेत सत्ताका लठैतहरुको
सामुहिक यौन सिकार बनिन ।
त्यही साल गाउँ छोडेर हिडेको जेठाको
आज सम्म अत्तो पत्तो छैन ।
त्यो समय मृत्यु एउटा ठट्टा थियो ।
शासकहरु मजाक उडाउथे जिवनको
र मान्छेका टाउकाको मूल्य राख्थे !
साच्चै निकै ठूलो बर्बरता पछि
जिउदा मान्छेहरुको रगतको आहलमा लतपतिदै
जन्मिएको हो गणतन्त्र