काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले दोस्रो चरणमा निर्वाचन हुने १, २, ५ र ७ नं. प्रदेशमा पर्ने ४३ वटा जिल्लाका ४६१ वटा तहका लागि धमाधम उम्मेदवारहरु घोषणा गरिरहेको छ । पहिलो चरणको निर्वाचनमा करिब पाँचसयको हाराहारीमा देजमोका उम्मेदवारहरुले भाग लिएका थिए भने दोस्रो चरणको निर्वाचनमा पनि उत्साहजनक रुपमा जिल्ला जिल्लामा उम्मेदवारी घोषणा भइरेको देजमो, नेपालको केन्द्रीय कार्यालयले जनाएको छ । कार्यालय सचिव हरिकृष्ण गजुरेलले दिएको जानकारी अनुसार प्रायः सबै जिल्लामा उम्मेवार छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

संसदीय व्यवस्था, सत्ता र संविधानको प्रतिक्रियावादी चरित्रको भण्डाफोर र पार्टी तथा जबस, मोर्चाको संगठन विस्तारको आधार निर्माण गर्ने प्रमुख लक्ष्यका साथ निर्वाचनको क्रान्तिकारी उपयोग गरेको देजमो, नेपालले पहिलो चरणको निर्वाचनमा घोषित उद्देश्यमा मूलतः सफल भएको निष्कर्ष निकालेको छ ।

दलीय निर्वाचन चिन्ह नदिनु, स्वतन्त्रको हैसियतमा उम्मेदवारैपिच्छे फरक फरक चुनाव चिन्ह हुनु, मनोनयन दर्ताको दुईदिनपछि मात्र निर्वाचन चिन्ह प्राप्त हुँदा निर्वाचन चिन्हबारे मतदातालाई जानकारी गराउन र त्यसको प्रचारप्रसारमा समय अभाव हुनु, चरम आर्थिक अभाव हुँदा उम्मेदवारहरु मतदातासम्म पुग्न नसक्नु, माकेलगायतका संसदवादीहरुको चौतर्फी घेराबन्दी हुनुलगायतका प्रतिकूलतालाई चिर्दै देजमो, नेपालका उम्मेदवारहरुले पहिलो चरणको निर्वाचनमा काभ्रेको रोशी गापा–४ र बाग्लुङको ढोरपाटन नपा–३ मा हासिल गरेको विजयलाई महत्वपूर्ण रुपमा हेरेको छ ।

लेनिनले रुसको दुमामा निर्वाचनको उपयोग गर्दा अपनाएको नीतिको स्पिरिटमा देजमोले निर्वाचनको क्रान्तिकारी उपयोग गरेको बताउँदै आएको छ । वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानको विरुद्ध क्रान्तिको तयारीमा जुटिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीको पछिल्लो केन्द्रीय समितिको विस्तारित बैठकबाट देजमो, नेपालमार्फत् निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति लिएको हो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु विकराल र संकटपूर्ण बनेको अवस्थामा क्रान्तिकारी माओवादी र देजमो नेपालले मात्र त्यसको समाधान दिन सक्ने दावी गर्दै पार्टी र मोर्चाका नेताहरुले त्यसका लागि मुलुकमा ‘उत्पीडित जातिहरुको पहिचानमा आधारित जनताको संघीय गणतान्त्रिक व्यवस्था, र त्यसैमा आधारित संविधानको निर्माण गरिनुपर्ने’ कुरामा जोड दिंदै आएका छन् । त्यसका लागि नेपालको विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशामा अगाडि बढ्नुपर्ने पनि निष्कर्ष निकाल्दै आएका छन् ।

लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा जनताको प्रायः हिस्साले निर्वाचन चाहनु, वर्तमान व्यवस्था, सत्ता र संविधानका बारेमा जनतामा पर्याप्त भ्रम रहनु, क्रान्ति वा विद्रोहका निम्ति जनता तयार भइनसकेको अवस्थामा क्रान्तिकारी माओवादी, देजमो, नेपालका विचार, नीति तथा कार्यक्रमबारे जनतामा स्पष्ट पार्न, संसदवादीहरुले छरेको भ्रमलाई चिर्न र वैकल्पिक व्यवस्था र संविधानको आवश्यकता बोध गराउन पनि उपयुक्त भएकोले देजमोले निर्वाचनको क्रान्तिकारी उपयोगलाई नै सही कार्यनीतिको रुपमा व्याख्या गर्दै आएको छ ।
देजमोको यही नीतिको स्पिरिट बुझेका र व्यवस्था परिवर्तन व्यालेटबाट होइन, बुलेटबाट गर्न सकिन्छ भन्ने मान्यता बाकेका देजमोका उम्मेदवारहरु “क्रान्तिको मिसन”सहित जुझारु रुपमा निर्वाचनमा होमिएका छन् । हारेको सिपाहीले अझ बढी सिक्न सक्छ भन्ने लेनिनको भनाइलाई चरितार्थ गर्दै सम्पन्न पहिलो चरणको निर्वाचनको अनुभवबाट सिकेर देजमोका उम्मेदवारहरुले दोस्रो चरणको निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने दिशामा उत्साहित रुपमा अग्रसर बनेका छन् ।

पछिल्लो पटक निर्वाचन आयोगले असार १४ गतेका लागि तोकेको दोस्रो चरणको निर्वाचनका लागि असार २ गते मनोनयन दर्ता गर्ने समय तालिका निर्धारण गरेको छ । देजमोका उम्मेदवारहरुले प्रायः सबै जिल्लामा उम्मेदवारी दिने तयारीलाई तीव्र बनाएको छ । हामीलाई प्राप्त प्रारम्भिक विवरण अनुसार निम्न जिल्लाहरुमा देजमोले उम्मेदवारहरुको टुंगो लगाएको छ ।

दार्चुला

– महाकाली नगरपालिकाको मेयरमा प्रेम निरौला, उपमेयरमा धनसिंह दयाली,
वडा नं. १ अध्यक्ष ः कमल सिलवाल,

बैतडी

– दशरथचन्द नगरपालिकाको मेयरमा दिनेश ओड, उपमेयरमा सुस्मा गहतराज, वडा नं. ४ अध्यक्ष ः सहदेव ओड, वडा नं. ११ अध्यक्ष ः गणेश पन्त,

तेह«थुम

– म्याङ्लुङ नगरपालिकाको मेयरमा तारक लिम्बू,
– लालिगुराँस नगरपालिकाको मयरमा निरेन्द्र सुब्बा,
– छत्तर गाउँपालिका अध्यक्षमा अनिल पाक्साँवा लिम्बू,
– आठराई गाउँपालिका अध्यक्षमा सुबास फोम्बो, वडा नं. ४ अध्यक्षमा चन्द्र खवास, वडा नं. ७ अध्यक्षमा शेर बहादुर इङ्नाम

खोटाङ

– लामिडाँडा गाउँपालिकाको उपाध्यक्षमा रमेश अधिकारी,
– रुपाकोट मम्पुवागढी नगरपालिकाको मेयरमा झम प्रसाद आचार्य,
– हलेसी तुवाचङ नगरपालिकाको मेयरमा भोजराज बस्नेत, वडा अध्यक्षमा थाम बहादुर राई र सदस्यमा रमेश बस्नेत

ओखलढुंगा

–चिसंखुगढी गाउँपालिका अध्यक्षमा तेन्जिङ शेर्पा,

-सिद्धिचरण नगरपालिकाको मेयरमा फुर्तेम्बा शेर्पा,

-मोलुङ गाउँपालिकाको अध्यक्षमा रुद्रकुमार फुंयाँल, उपाध्यक्षमा गुरु दाहाल,
– खिजिदेम्बा गाउँपालिका अध्यक्षमा पेमडोमा शेर्पा, उपाध्यक्षमा आशिष सुनुवार,
– लिखु गाउँपालिका अध्यक्षमा रामचन्द्र पौड्याल,
– चम्पादेवी गाउँपालिका उपाध्यक्षमा निर्माण कुमार कार्की

पाल्पा

– रम्बा गाउँपालिका अध्यक्षमा पदम लामिछाने

उदयपुर

–त्रियुगा नगरपालिकाको मेयरमा मदन खड्का, वडा नं. ३ अध्यक्षमा लेखनाथ खत्री, वडा नं. ६ अध्यक्षमा केदारमान विश्वकर्मा, वडा नं. ६ सदस्यमा निलहरी जोगी, वडा नं. १० अध्यक्षमा डिल्ली नारायण श्रेष्ठ, वडा नं. १३ अध्यक्षमा भोजराज पोख्रेल, वडा नं. ६ दलित महिला सदस्यमा उमा परियार

सुनसरी

–धरान उपमहानगरपालिकाको मेयरमा पेमा लामा, उपमेयरमा ममता राई,
– इटहरी उपमहानगरपालिकाको मेयरमा पदम तामाङ,
– बराह नगरपालिकाको मेयरमा अनिल राई,
– गढी गाउँपालिकाको अध्यक्षमा सुमित्रा चौधरी
– रामधुनिभासी नगरपालिकाको मेयरमा डिल्ली खनाल,

सिरहा

-लहान नगरपालिकाको वडा नं. ४ अध्यक्षमा उमेश साह,
– गोलबजार नगरपालिकाको उपमेयरमा शम्भु शाह,
– मिर्चैया नगरपालिकाको वडा नं. ४ अध्यक्षमा रामदेव तारक,
– सुखिपुर नगरपालिकाको मेयरमा जयनारायण महतो,
– धनगढीमाई नगरपालिकाको मेयरमा हिरा बहादुर, वडा नं. ४ अध्यक्षमा सुतायी राम,
– पानवारी गाउँपालिकाको अध्यक्षमा खेमराज यादव,
– अर्नामा गाउँपालिका अध्यक्षमा जितेन्द्र सिंह

सर्लाही

-लालबन्दी नगरपालिकाको मेयरमा अजय श्रेष्ठ,
– हरिवन नगरपालिकाको मेयरमा बलराम न्यौपाने, वडा नं. १. अध्यक्षमा भीम बहादुर लुङ्गेली, वडा नं. २. अध्यक्षमा पुष्प लामा,
– हरिपुर्वा नगरपालिकाको मेयरमा रामलखन साह, उपमेयरमा यशोदा साह, वडा नं. ९ अध्यक्षमा शुरेश साह,

रुपन्देही

–बुटवल उपमहानगरपालिकाको मेयरमा भुल बहादुर सुनारी, उपमेयरमा शान्ता खनाल (मरासिनी),
– सैनामैना नगरपालिकाको मेयरमा दल बहादुर छन्त्याल, उपमेयरमा एकदेब पौडेल, वडा नं. १ अध्यक्षमा कमला गौतम, वडा नं. ३ अध्यक्षमा बिष्णुकान्त गौतम, वडा नं. ५ अध्यक्षमा कृष्णकान्त मिरासिनी, वडा नं. ६ अध्यक्षमा हरि पौडेल,
– कञ्चन गाउँपालिकाको अध्यक्षमा लक्ष्मीकान्त पौडेल,
– सिद्धार्थनगर नगरपालिकाको मेयरमा मुजिब अली, उपमेयरमा भवानी रिजाल

नवलपरासी

– बर्दघाट नगरपालिकाको मेयरमा छवि खरेल, उपमेयरमा विष्णु गैरै, वडा नं. ४ अध्यक्षमा राजु खनाल, वडा नं. १४ अध्यक्षमा दुर्गा चौधरी, वडा नं. १६ अध्यक्षमा खेम गुरुङ,
– सुनवल नगरपालिकाको मेयरमा मेयरमा गणेश भट्ट, उपमेयरमा परशुराम पाण्डे
– रामग्राम नगरपालिकाको मेयरमा रामचन्द्र गौतम

दाङ

– घोराही उपमहानगरपालिकाको मेयरमा शुशिला आचार्य (वैद्य), उपमेयरमा तिलक बि.क., वडा नं. २ सदस्यमा देवीकला बिष्ट, वडा नं. ३ सदस्यमा सुन्दरलाल चौधरी, वडा नं. १६ अध्यक्षमा रामजी थारु, वडा नं. १६ सदस्यमा गंगाराम नेपाली
तुलसीपुर उपमहानगरपालिकाको मेयरमा इश्वरी प्रसाद गैरे, वडा नं. १७ सदस्यमा हिरासिंह बि.क., वडा नं. १९ अध्यक्षमा नन्दराम रोका
– लमही नगरपालिकाको मेयरमा हिमा घिमिरे,
– राप्ती गाउँपालिकाको अध्यक्षमा नीम बहादुर जी.एम.
– बबइ गाउँपालिका, दाङ, अध्यक्ष ः धनबहादुर वि.क.

झापा

-विर्तामोड नगरपालिकाको मेयरमा बालकृष्ण बुढाथोकी, वडा नं. ४ अध्यक्षमा तेज प्रसाद अग्रवाल,
– दमक नगरपालिकाको मेयरमा गोविन्द भट्टराई, उपमेयरमा भवानी मिश्र,
– शिवशताक्षी नगरपालिकाको मेयरमा हरि गौतम, वडा नं. २ अध्यक्षमा तीर्थ ढुंगाना, वडा नं. ५ अध्यक्षमा मोहन पाण्डे, वडा नं. ६ अध्यक्षमा कृष्ण लुईटेल,
– कन्काई नगरपालिकाको उपमेयरमा हरिभक्त संग्रौला, वडा नं. ३ अध्यक्षमा मोहम्मद आलाम, वडा नं. ४ अध्यक्षमा भक्त विक,

-भद्रपुर नगरपालिकाको वडा नं. ९ अध्यक्षमा हरि चौधरी,
– अर्जुनधारा नगरपालिकाको मेयरमा नरेन्द्र नेम्वाङ, वडा नं. ३ अध्यक्ष नरेश खनाल,
– कमल गाउँपालिका अध्यक्षमा जीवन राई, वडा नं. २ अध्यक्षमा नवराज अधिकारी, वडा नं. ५ अध्यक्षमा सूर्य थापा,
– झापा गाउँपालिकाको अध्यक्षमा मनोज राजवंशी, उपाध्यक्षमा पाउलु सोरेन, वडा नं. १ अध्यक्षमा सुफला हस्दा, वडा नं. २ अध्यक्षमा रामदेव राजवंशी, वडा नं. ३ अध्यक्षमा अलि मियाँ, वडा नं. ४ अध्यक्षमा आजाद अलि, वडा नं. ७ अध्यक्षमा सूर्यप्रसाद भट्टराई,

-बाह्रदशी गाउँपालिकाको अध्यक्षमा मुक्ति शर्मा, वडा नं. ५ अध्यक्षमा चेतराज राजवंशी,
– केचनाकलन गाउँपालिकाको वडा नं. ३ अध्यक्षमा भीम अधिकारी

मोरङ

– सुन्दरहरैचा नगरपालिकाको मेयरमा डिल्लीराम बाँस्कोटा, उपमेयरमा आशाकुमारी राई,
– पथरी शनिश्चरे नगरपालिकाको मेयरमा सन्तोष गुरुङ ‘इतिहास’,
– रतुवामाई नगरपालिकाको मेयरमा कृष्ण ढकाल,
– सुनबर्सी नगरपालिकाको मेयरमा योगेन्द्र राजवंशी ।
– बेलबारी नगरपालिका मोरङ, मेयर ः शान्तिराम गिरी

प्युठान

– सरुमारानी गाउँपालिका अध्यक्षमा कृष्ण राना, उपाध्यक्षमा यमा गुरुङ, वडा नं. ३ अध्यक्षमा प्रेम सोमइमगर, वडा नं. ३ महिला सदस्यमा सुमित्रा राना, वडा नं. ३ दलित महिला सदस्यमा तुलसी वि.क., वडा नं. ३ सदस्यमा विक्रम बहादुर राना, वडा नं. ३ सदस्यमा निमबहादुर दर्लामी
– स्वर्गद्वारी नगरपालिकाको मेयरमा भीमबहादुर बुढा,
– नौबहिनी गाउँपालिका अध्यक्षमा पवित्रा घर्तीमगर, उपाध्यक्षमा टोपबहादुर घर्तीमगर,
– झिमरुक गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर महतरा, उपाध्यक्षमा माया महतारा,
– मलरानी गाउँपालिका अध्यक्षमा पूर्णविक्रम नेपाली, वडा नं. १ अध्यक्षमा रुद्रबहादुर राइमगर,
– ऐरावती गाउँपालिका अध्यक्षमा गोपाल नेपाली, उपाध्यक्षमा बिरमा पाण्डे,
– माण्डवी गाउँपालिका अध्यक्षमा भरत खड्का,

भोजपुर

– षडानन्द नगरपालिकाको मेयरमा राजुकुमार राई,

बर्दिया

– राजापुर नगरपालिका, मेयर ः खड्ग मल्ल, उपमेयर ः सेनिका मल्ल,
– गुलरिया नगरपालिका, मेयर ः मञ्जु श्रेष्ठ, वडा नं. ४ अध्यक्ष ः धनपति थारु, वडा नं. ४ महिला सदस्य ः तारादेवी ओली, वडा नं. ४ सदस्य ः राधा मल्ल, वडा नं. ८ अध्यक्ष ः लबकुमार काफ्ले, वडा नं. ८ महिला सदस्य ः कौशिला दमिनी, वडा नं. ८ महिला सदस्य ः नवीना भण्डारी, वडा नं. ८ सदस्य ः नरकान्त जैसी,
– ठाकुरबाबा नगरपालिका, मेयर ः रामबहादुर शाही, उपमेयर ः गंगा न्यौपाने, वडा नं. १ अध्यक्ष ः प्रज्ञा तिमल्सेना, वडा नं. २ अध्यक्ष ः पुनुवा थारु, वडा नं. २ सदस्य ः रामबहादुर अधिकारी, वडा नं. २ महिला सदस्य ः थुमा आचार्य, वडा नं. २ सदस्य ः डिल्ली थारु, वडा नं. ३ अध्यक्ष ः राजबहादुर शाही, वडा नं. ४ अध्यक्ष ः ओमप्रकाश राजवंशी, वडा नं. ४ का सदस्य ः सञ्जीव अधिकारी,
– मधुवन नगरपालिका, मेयर ः प्रतिक्षा बम,
–बांसगढी नगरपालिका, मेयर ः टिकाराम बुढाथोकी, उपमेयर जानकी चौधरी,
– बदैयालाल गाउँपालिका, अध्यक्ष ः रामलौटन थारु, उपाध्यक्ष ः उमा थारु,

कंचनपुर

– बेदकोट नगरपालिका, मेयर ः विष्णुराम दमाई,
– शुक्लाफाँटा नगरपालिका, मेयर ः चन्द्रलाल चौधरी,

धनकुटा

– छिन्ताङ खोकु गाउँपालिका, अध्यक्ष ः मात्रिका प्रसाद राई

इलाम

– चुलाचुली गाउँपालिका, अध्यक्ष ः टंकमणि राई,
– समलबुङ गाउँपालिका, अध्यक्ष ः बी.बी. राई,

पाँचथर

– फालेलुङ गाउँपालिका, पाँचथर, अध्यक्ष ः रबिन सुब्बा

ताप्लेजुङ

– फुङलिङ नगरपालिका, मेयरमा गणेश पोमु ।

प्रतिक्रिया

सम्बन्धित खवर