ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा सोमबार राति रोकेर राखेको स्वाभेटरमा आगलागी भएको छ ।
फुङलिङ ८ स्थित ल्याङवामा काम सकेर रोकेर राखिएको स्काभेटरमा विहान करिब तीन बजेतिर आगलागी भएको हो ।
बेलुका काम सकेर राखेको र बिहान अचानक आगो लागेकोले के कारणले आगो लागेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।
आगलागी फुङलिङ नगरपालिकाको दमकलका साथै प्रहरी चौकी मेवाखा र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागिबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।