लेनिन शोषन तथा उत्पीडनबाट मानवजातिको मुक्ति आन्दोलनको इतिहासमा एक पौराणिक व्यक्तित्वको रुपमा रहेका छन् । लेनिन वास्तवमा यस्तो नाउँ हो, त्यस्तो चिनारी हो जुन मानवजातिको इतिहासमा एउटा नयाँ युगको प्रादुर्भावसित अभिन्न घनिष्ट रुपमा जोडिएको छ। त्यो युग हो पूँजीवादबाट समाजवादका संक्रमणको युग र १९१७ बाट शुभारम्भ भएको संक्रमणको विशाल प्रक्रिया आफ्ना अनेकौं मोड र घुम्तीहरु हुँदै र अनेकौं पछि हटाइहरुलाई बेहोदै आफ्नो ऐतिहासिक विकासको बाटोमा अघि बढिरहेको छ । वर्तमान युग त्यही युग हो, जुन युगमा हामी सब अहिले रहिरहेका छौं ।

महान अक्टोबर समाजवादी क्रान्तिको नाउँबाट विश्व इतिहासमा सुविख्यात रहेको रुसी क्रान्ति, जुन क्रान्तिले माथि–उल्लेखित पूँजीवादबाट समाजवादमा संक्रमणको ऐतिहासिक युगको सूत्रपात गरेको थियो, र जुन क्रान्ति बोल्शेविक पार्टीको नाउँबाट चिनिएको आधुनिक सर्वहारावर्गको पार्टीको नेतृत्वमा सम्पन्न भएको थियो, त्यसका शीर्षस्थ संगठनकर्ता तथा संचालक लेनिन रहेका थिए ।
एउटा नयाँ ऐतिहासिक युगको सूत्रपात गर्ने महान रुसी क्रान्तिका योग्य, सक्षम तथा कुशल संचालक र इतिहासमा पहिलो सोवियत राज्य, समाजवादी राज्यका निर्माताको रुपमा लेनिनको नाउँ गर्ने अपूर्व योग्यता, उनका अपूर्वबुद्धि तथा प्रतिभा, आत्म–त्यागको अलौकिक क्षमता अदम्य साहस, कठोर श्रम गर्ने सामथ्र्य, जनताको तागतप्रति अपार विश्वास, सत्यजतिकै उनको सरलता, आदि गुणहरुले गर्दा साधारण मानिसहरुले उनलाई एक महानमानव ठान्ने समेत गरेको पाइन्छ । इतिहासमा घट्ने उक्त रुपमा लिने गर्छन, तर त्यो इतिहासलाई हेर्ने गलत दृष्टिकोण सम्पन्न, बहुआयामिक, मेधावी व्यक्तित्व थिए, तापनि उनी एक स्वाभाविक परिघटना थिए ।

पहिले पहिलेका महान विभुक्तिहरु भैmं, लेनिन पनि आफ्नो समय, परिस्थिति र युगका उपज थिए । महान क्रान्तिहरु र युगान्तकारी परिवर्तन ल्याउने ऐतिहासिक घटनाहरुले महान नेताहरुको अपेक्षा गर्छन्, र सो ऐतिहासिक आवश्यकताको पूर्ति स्वरुप ऐतिहासिक पुरुषहरु इतिहासको रंगमञ्चमा देखा पर्छन् तर इतिहास महापुरुषको उपज कदापि होइन, बरु महापुरुषहरु इतिहासका उपज हुन् । इतिहासमा घट्ने ठूल–ठूला ऐतिहासिक घटना र क्रान्तिहरुमा निर्णायक शक्ति आम जनता हुन् । तर त्यस्ता घटना र परिवर्तनहरुका जन्मदाता महान जनआन्दोलनले आफूलाई कुनै एउटा व्यक्तित्वमा केन्द्रित गर्न सछन् । यस्तो अवसर हुने गरेको छ, र सामान्य रुपमा यो इतिहासको एउटा नियम हो । एउटा विदेह कहावत छ ‘जब समयले परिवर्तनको माग गर्छ, त्यस बेलासबै साधनहरु परिवर्तन कर्न कटिबद्ध व्यक्तिको वरिपरि जम्मा हुन्छन् ।’ ‘ध्जभल तजभ तष्mभक चभनगष्चभ अजबलनभ बिि mभबलक नबततभच बचयगलम तजभ यलभ धजय ष्क चभबमथ तय अजबलनभ’ धार्मिक दृष्टिबाट त्यस्तो व्यक्तिलाई ‘अवतार’ भन्ने गरिन्छ, तर त्यस्तो व्यक्ति देखापर्नु माथि उल्लेखित ऐतिहासिक आवश्यकताको पूर्ति मात्र हो । महान परिवर्तनको लागि परिस्थिति परिपक्क हुदा महान व्यक्तित्वहरु देखा पर्छन, जसले आफ्नो युग र आफ्नो वर्गका खाँचोहरुलाई अत्याधिक गहन तथा जोडदार रुपमा व्यक्त गर्छन् । बीसौं शताब्दीको दोस्रो दशकमा नयाँ ऐतिहासिक युगको सूत्रधार महान रुसी क्रान्ति महान रुसी जनताको कार्य थियो, तर उक्त क्रान्तिले लेनिन जस्तो अनुपम बुद्धि, ज्ञान र साहसका धनी र दृढ संकल्प शक्ति तथा व्यवहारिक सुक्ष्मवुद्धिले सम्पन्न व्यक्तिलाई आफ्ना संचालक नेता तथा निर्देशकको रुपमा पायो, र त्यो साँच्चिकै भन्ने हो भने, त्यस्तो ठूलो भाग्यको कुरा थियो ।

त्यसरी, लेनिन रुसी सर्वहारावर्गको नेतृत्वमा चलेको महान क्रान्तिकारी जनान्दोलन र नयाँ ऐतिहासिक युगको अपज थिए । लेनिन इतिहासमा त्यस्तो व्यक्तित्व रहे जसमा एउटा पुरै युगले आफुलाई व्यक्त गरेको छ । वास्तवमा लेनिन उक्त युगको सबभन्दा उत्कृष्ट मूर्ति करण बनेको छन् ।

लेनिनको जीवन र क्रियाकलाप रुसमा सर्वहारावर्गको पार्टी जुन बोल्शेविक पार्टीको नाउँबाट विश्वप्रसिद्ध रह्यो, र जसले अक्टोबर समाजवादी क्रान्तिको कुशल तथा सफल ढंगबाट संचालन ग¥यो, त्यसको निर्माण तथा विकास र त्यसको क्रियाकलापसित अभिन्न र घनिष्ट रुपमा गाँसिएको थियो । आफू राजनैतिक रंगमञ्चमा उत्रेको बेलादेखि नै लेनिनलाई कुन कुराको राम्रो ज्ञान रहेको थियो भने क्रान्तिकारी माक्र्सवादको मार्गदर्शन र त्यसद्धारा आलोकित बाटोबाट मात्र संसारको क्रान्तिकारी रुपान्तरणको कार्यलाई सिद्ध गर्न सकिनेछ र पूँजीवादी समाजको सबभन्दा क्रान्तिकारी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न सकिने छ र संसारलाई फेर्ने आफ्नो ऐतिहासिक अभिभारा पूरा गर्न सर्वहारावर्गको आफ्नै स्वाधिन पार्टी हुनु पर्छ । उनको एउटा मूलमन्त्र थियो, ‘हामीलाई क्रान्तिकारीहरुको एउटा संगठन दिनुहोस् हामी रुसलाई पल्टाइ दिनेछौं ।’ (नष्खभ गक बल यचनबलष्नबतष्यल या चभखयगितष्यल बलम धभ धष्िि यखभचतभचल च्गककष्ब) उक्त तथ्यहरुलाई मध्य नजरमा राखेर लेनिनले सर्वहारावर्गको क्रान्तिकारी पार्टीको निर्माणार्थ कठोर संघर्ष र मेहनत गर्नुभयो, र बोल्शेविक पार्टीको निर्माण गर्नुभयो, र त्यही पार्टीको नेतृत्वमा रुसमा समाजवादी क्रान्तिको विजय भयो र पहिलो समाजवादी राज्यको संस्थापना भयो ।
आफ्नो राजनैतिक जीवनको सुरुका वर्षहरु देखि नै लेनिन क्रान्तिकारी माक्र्सवादका दृढ तथा सुसंगत समर्थक रहेका थिए । रुसमा क्रान्तिकारी माक्र्सवादलाई मजदुर आन्दोलनमा स्थापित गर्न र त्यसलाई मजदुर आन्दोलनसित एकजुट पार्ने प्रक्रियामा लेनिनले नेतृत्वकारी भूमिका खेले । आफ्नो समयमा अन्तराष्ट्रिय र रुसी मजदुर आन्दोलन भित्र देखापरेको गैर–सर्वहारा विचारहरुको विरुद्ध, माक्र्सवादको क्रान्तिकारी सारतत्वबाट भएका विभिन्न खालका विचलनहरुको विरुद्ध उदाहरणर्थ, अर्थवाद, सुधारवाद, संशोधनवाद, विर्सजनवाद, रुढीवाद, ‘बामपन्थी’ अवसरवाद, आदिको विरुद्ध सिद्धान्तको आधारबाट अविचल र सम्झौताहीन ढंगले उनले संघर्ष चलाए । खास रुपले दास्रो इन्टरनेशनलको नेतृत्वद्धारा अनुसरित दक्षिणपंथी–अवसरवादी नीतिहरुको विरुद्ध र त्यस्तै जडसूत्रवाद तथा सारसंग्रहवादको विरुद्ध जोडदार रुपमा संघर्ष गरे । आफ्ना सारा सैद्धान्तिक, व्यवहारिक र सांगठनिक क्रियाकलापमा उनले माक्र्सवादलाई सुधारवाद र संशोधनवादको दलदलमा भासिनबाट र साथै जडसूत्रको संग्रहमा फेरिनबाट जोगाएर त्यसका क्रान्तिकारी सिद्धान्तहरुको संरक्षण गरे । त्यसका साथै उक्त संघर्षको क्रममा उनले माक्र्सवादका अभिन्न घटक रहेका तीनवटै क्षेत्र, अर्थात दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई विकसित तथा समृद्ध पारे र त्यसरी माक्र्सवादलाई नयाँ चरणमा, लेनिनवादी चरणमा उठाए । लेनिनवाद उन्नाइसौं शताब्दीको आखिरीमा बीसौं शताब्दीको शुरुदेखि प्रादुर्भाव भएको एक नयाँ ऐतिहासिक अवधिको, साम्राज्यवाद र सर्वहारा क्रान्तिहरुको युगको माक्र्सवाद हो ।

विश्व क्रान्तिको अग्रगतिको पक्षमा र माक्र्सवादको सैद्धान्तिक भण्डारको समृद्धिकरणमा लेनिनका योगदानहरु विशाल, विस्तृत र महत्वपूर्ण छन् । उनका सैद्धान्तिक कृतिहरु विचारका समृद्ध खानी हुन् र ती मानवजातिको मुक्ति संघर्षको बाटोलाई आलोकित गर्ने ज्योति हुन् । मानवजातिको मुक्ति लक्ष्यमा समर्पित उनका जीवन र क्रियाकलाप सुखी तथा समृद्ध भविष्यको लागि, वर्गहीन, कम्युनिष्ट समाजको लागि लडिरहेका आम श्रमिक जनताका लागि प्रेरणा र हौसलाका अजस स्रोत हुन् ।

Demonstrators wave revolutionary flags at a major pro-Russia rally in Lenin Square in central Donetsk. Some are calling for independence from Ukraine. Others are calling for union with Russia

लेनिन नयाँ युगका नयाँ नेताहरुमा एका थिए र उनी सर्वहारावर्गका सच्चा योग्य तथा महान नेताको वडो उत्कृष्ट दृष्टान्त रहेका छन् । ठोस, बस्तुगत यथार्थताको ठीकसित मूल्यांकन गर्नसक्ने र त्यसको विश्लेषणको आधारमा सही नीति तय गर्नसक्ने क्षमता, माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्नसक्ने अद्धितीय सामथ्र्य, संशोधनवाद तथा अवसरवादप्रति दृढ, सम्झौताहीन विरोध, हर परिस्थितिमा सही अडान र निर्णय लिनसक्ने क्षमता सारा सकारात्मक तत्वहरुको उपयोग गर्नसक्ने सामथ्र्य, श्रमको मुक्तिलक्ष्यमा समर्पित एकाग्रता, आदि– लेनिनको चरित्रका विशिष्ट गुणहरु पनि त्यतिकै महान तथा महत्वपूर्ण छन् । श्रमिक जनता र श्रमप्रति महान प्यार, जनताप्रति असिम विश्वास, आत्म–त्याग र आत्म–बलिदान गर्ने अद्धितीय क्षमता, सरलता तगथा विनम्रता ‘सत्यजतिकै सरल’ कमरेडहरुप्रति ठुलो सहानुभूतिपूर्ण व्यवहार, जन शत्रुहरुप्रति कठोर तथा सम्झौताहीन दृष्टिकोण, सादा जीवन र उच्च विचारको उत्कृष्ट रुप, अपार महानुभावना, निष्कपटता, नैतिक सच्चरित्रता, बलियो संकल्प शक्ति आदि–लेनिनको चरित्रका उक्त गुणहरुले नयाँ युगका नयाँ मानिसको परिपूर्ण नमूनाको रुपमा उनलाई दर्शाएका छन् । उनी भावी समाजका, कम्युनिष्ट समाजका मानिसको आदर्शको रुपमा स्थापित भएका छन् ।

लेनिन संसारभरका सर्वहारावर्ग र अन्य श्रमजीवीहरुका एक अत्याधिक प्रिय व्यक्ति रहेका छन्, र तिनीहरुको दिलमा उनीप्रति असीम सम्मान र श्रद्धा रहेको छ तर उनी संसारभरका साम्राज्यवादी, पूँजीवादी तथा प्रतिक्रियावादीद्धारा सबभन्दा निन्दित तथा घृणा गरिरको ऐतिहासिक पात्र रहेर आएको छन् । आफ्नो समयमा उनी सारा पूँजीपतिवर्ग र दक्षिणपन्थी तत्वको निन्दा र बदनामीको पात्र रहेका थिए र अहिले पनि उनको नाउँ र विचार त्यस्ता तत्वहरुको आँखाको बिभेको काँडा सरह रहेको छ । कारण स्पष्ट छ ः मानवजातिको इतिहासमा समाजवादतर्फ संक्रमणको युगको सुत्रपात गर्ने महान रुसी क्रान्तिका उनी महान नेता तथा संचालक रहेका थिए र उनको मृत्युको लामो समय पछि पनि उनका नाउँ, जीवन र विचार शोषण र उत्पीडनबाट मुक्तिका लागि लडिरहेका करोडौं करोड जनताकोलागि प्रेरणा, हौसला र निर्देशनको स्रोत रहेका छन् । खास गरेर उनका सैद्धान्तिक विचारहरु उनीहरुको संघर्षको बाटोलाई आलेकित गर्ने दीपशीखा रहेका छन् । साम्राज्यवादी र प्रतिक्रियावादीहरु लेनिनलाई बदनाम गर्न र उनको नाउँलाई मिटाउन आज पनि भरपुर षड्यन्त्र र कार्यरतापूर्ण प्रयास गरिरहेका छन् । तर त्यो उनीहरुको निरर्थक प्रयास मात्र हो किनभने विश्वका श्रमजीवी जनताहरुको दिलमा गहिरोसित अंकित रहेको उनको नाउँ र तस्बीर कदापी मिटाउन सकिंदैन ।

लेनिनका काम र विचारहरु आज पनि त्यतिकै महत्वपूर्ण छन्, जाति पहिले रहेका थिए र ती लामो भविष्यका लागि पनि महत्वपूर्ण पनि महत्वपूर्ण रहने छन् । अक्टोबर क्रान्तिको सूत्रपात गरेको समाजवादर्फ मानवजातिको संक्रमणको प्रक्रिया चलिरहेको छ, लेनिन त्यसका सूत्रधार थिए र लेनिन थालनी मात्र थिए । उक्त क्रान्तिले उद्घाटन गरेको युगमा नै हामी छौं, जसलाई लेनिनको युग पनि भन्ने गरिएको छ । मानवजातिको इतिहासले उक्त क्रान्तिमार्फत एउटा नयाँ अध्याय, एउटा गौरवशाली र सुनौला अध्याय शुरु गरेको छ र मुक्तिको लागि लडिरहेको मानवजातिले कठोर संघर्ष र महान त्याग र बलिदानद्धारा त्यसमा पानाहरु थपिएको छ र त्यसको अन्त्य नभएसम्म थप्दै जानेछ । त्यही संघर्षमा लेनिन र उनका काम तथा विचारहरु जारी रहन्छ र रहनेछन् ।

१९३१ मा लेनिनको सम्बन्धमा जार्ज बर्नार्ड शाले व्यक्त गरेको निम्न विचारहरु ध्यान योग्य छन् ः

‘लेनिन निधन भइरहेकोले लेनिनको महत्व, लेनिनको ठुलो महत्व अतीतको चीज हो भनेर तपाईहरुले ठान्नु हुँदैन । हामीले भविष्यतर्फ हेर्नु पर्छ । भविष्यको लागि उनको कस्तो महत्व रहेको छ त ? उनको महत्व यस्तो छ यदि त्यो प्रयोग– जुन प्रयोग लेनिनले गरे, जुन प्रयोगका उनी प्रधान थिए, जुन प्रयोगको उनी हाम्रो लागि प्रतिनिधित्व गर्छन् । यदि सामाजिक संगठनमा गरेको उक्त प्रयोग असफल हुन्छ भने प्रतिनिधित्व गर्छन–तब सग्यताको पतन हुन्छ, जसरी कि पहिले व्यक्तिका सभ्यताकहरु असफल भएका छन् ।

‘अब, लनिनले असफलतालाई हटाउने तरिकाको संगठन गरेका छन् । यदि उनको प्रयोगलाई अन्त्यसम्म बढाउने गरिन्छ भने, यदी अन्य मुलुकहरु उनको दृष्टान्तको अनुसरण गर्छन र उनको शिक्षाको पालना गर्छन भने, यदि उक्त महान कम्युनिष्ट प्रयोग सारा संसारमा फैलिन्छ भने, हामीले इतिहासमा एउटा नयाँ युग पाउनेछौ । हामीले पहिले भएको जस्तो पतन र असफलता फेरी शुरुआत, दुखपूर्ण अन्त्यतर्फ लाने सम्पूर्ण दुखपूर्ण कथा देख्नेछैनौं । हामीले मानव इतिहासमा एउटा युग पाउँनेछौं, जसबारे अहिले हामी धारणा बनाउन सक्दैनौं ।’

‘हाम्रो लागि लेनिनको अर्थ त्यही हो । ीभलष्ल ष्ल उचयाष्भि पृष्ठ १९२–३ बाट उद्धत । लेनिनको नाउँ र कामहरु मानवजातिको इतिहासको एउटा अभिन्न अंग बनेका छन् । कम्युनिष्ट क्रान्तिका अत्याधिक सशक्त तथा दरो ध्वजाहकको रुपमा उनी सो इतिहासमा स्थापित छन् । उनका सैद्धान्तिक कृतिहरु माक्र्सवादको वैचारिक शस्त्रासागरका अति बहुमूल्य खजना हुन्, ज्ञानका विशाल खानी हुन् । उक्त कृतिहरु वर्तमान समयमा र भविष्यमा मानवजातिको मुक्ति संघर्षमा सफलता तथा विजयको ढोका, नयाँ भविष्यको ढोका खोल्ने सुनौलो साँचोको रुपमा रहेन छन् । लेनिनको नाम र उनका काम तथा विचारहरु युगौंयुगसम्म बाँचिरहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर