अक्टोबर क्रान्तिको यस सातामा नेपालका कम्युनिष्ट र तिनका ध्येयका बारेमा सोच्नु राम्रै होला । संसारलाई बुभm्ने र बदल्ने उद्देश्य लिई वैज्ञानिक भौतिकवादको जन्म हुन गएको कुरा सत्यापित भइसकेको छ । अझ वैज्ञानिक भौतिकवाद जन्मनुका पछाडि इतिहासमा एउटा नयाँ घटनाको उदय भएको थियो त्यो घटना हो मजदुर वर्गको जन्म हुनु । यस वर्गले आफ्नो उत्पत्तिसँगै विश्वजगत बदल्ने स्वप्न देख्न थालेको थियो । माक्र्सले तिनै सपनालाई साकार बनाउने उद्देश्यका साथ उक्त वैज्ञानिक÷द्वन्द्वात्मक भौतिकवादी पद्धतिको विवरण गर्नु भएको हो । यस अनुसार मानिस प्रकृतिको उपज हो र विचार चेतना मानव–मस्तिष्कको उपज बुद्धिलाई व्यवहार जगत्सँग सम्बद्ध गरी बौद्धिक क्रियालाई आर्थयुक्त बनाउने कुरामा वैज्ञानिक भौतिकवाद संलग्न हुन्छ । भाववादी दर्शनभन्दा विपरीत रहेको भौतिकवादी दर्शनको दष्टिकोण र पद्धतिलाई आत्मसाथ गर्ने वा नगर्ने रुपमा कम्युनिष्ट र गैरकम्युनिष्ट जगत छुट्याउन सकिन्छ ।

मुक्तिकामी जनताको सङ्घर्ष, विद्रोह र बलिदानको निर्देशक दर्शनका रुपमा रहेको माक्र्सवादी दर्शन –मालेमावादी क्रान्तिकारी दर्शन–लाई सङ्घर्ष, मुक्ति र उदात्त आदर्शबाट स्खलित गरी संसदीय भासमा डुबुल्की मार्ने तत्व आफुलाई कम्युनिष्ट भनाउन जोडतोडले लागिपरेका छन् । व्यक्तिगत स्वतन्त्रतालाई नै मूलभूत आधार बनाउने गैरकम्युनिष्ट जस्तै कम्युनिष्ट नामधारी एमाले–माओवादी केन्द्र लगायतका संशोधनवादी–दक्षिणपन्थी तत्व उत्पीडित जनता र सर्वहारावर्गमा भ्रम फिंजाई आएका छन् । पुँजीवादका समर्थक तथा पुँजीवादी व्यवस्थाकै प्रवर्तक रहेका कथित कम्युनिष्ट जगत्को सम्बन्ध साम्राज्यवाद तथा विस्तारवादसँग रहेको छ । सर्वहारा वर्ग र क्रान्तिकारी तत्व विरोधी रहेका कम्युनिष्टहरु पुँजीवादी ध्येय, पँुजीवादी प्रतिबद्धता, पूँजीवादी नैतिकता र मानवीयताका पक्षमा उभिएका छन् ।

क्रान्ति र मुक्तिप्रतिको विभ्रम, संशय, अन्यौल रहेको हुनाले तिनका सोच र चिन्तन विनाशकारी र ध्वंशकारी छन् । जीवन बदल्ने कुरालाई असंभव ठानेर नै तिनले क्रान्तिको बाटो छाडी संसदवादमा लाग्न जरुरी ठानेका हुन् । यथार्थ रहेको संसार परिवर्तनमूखी र गतिशील छ भन्ने भौतिकवादी बोधका विपरीत पतनशील दृष्टिकोण राख्ने तिनीहरुका समग्र व्यवहार, पद्धति र क्रियाहरु माक्र्सवाद विपरीत छन् । दक्षिणपन्थी नवसंशोधनवाद तथा उत्तरमाक्र्सवाद एवम् नवमाक्र्सवादका फुटकर विचारलाई आधार बनाई नेपालको जनमानसमा भ्रम फैलाई पुरानै सत्ता स्वार्थमा लगिपरेको त्यो तत्व जनताको दुस्मन र मुक्ति विरोधी तत्व हो ।

जीवन र समाजको गति एवम् ध्येयलाई विचार नगरी दक्षिणपन्थताको सहज मानव विरोधी पथ स्वीकार गरी हिडिरहेको कथित कम्युनिष्ट तत्व क्रान्तिकारी र अग्रगामी त हुन सक्तैन नै, आफूलाई जनपक्षीय र सुधारवादी कोटिमा समेत खरो देखाउन सक्तैन । किनभने तिनीहरुको गति, दिशा र लक्ष्य सर्वहारा वर्गविरोधी तथा मानव मुक्ति र क्रान्तिविरोधी समेत रहेको छ । वर्गसङ्घर्ष र मुक्ति पथबाट पर हुन् भनेको विचार विचलन र ह्रासको मुख्य अभिलक्षण हो । यस किसिमको विचलन र ह्रास मूलतः माओवादी केन्द्र नामधारी कम्युनिष्ट समूहमा देखा पर्छ । ‘एमाले’ नामक कम्युनिष्ट समूह भनेको त दक्षिणपन्थी एवम् संसदवापन्थी नै हो । उसमा वर्ग चिन्तनको अभाव, माक्र्सवादको परित्याग, वर्गसमन्वयप्रति आस्था, पूँजीवादी व्यवस्था प्रतिको मोह, गैरकम्युनिष्ट एवम् सर्वहारा विरोधी मानसिकता र व्यवहार प्रतिक्रियावादी ऐतिहासिक व्यक्तित्व प्रति मोह, क्रान्तिविरोधी कला सौन्दर्य प्रतिको अति राग जस्ता प्रवृति विकसित भएका छन् । यस अतिरिक्त ती तत्वमा प्रतिक्रियावाद र त्यसले विकसित गरेका सर्ववर्ग कल्याण र अस्वस्थ एवम् दमनकारी प्रवृत्तिलाई विश्वजगत्को सौन्दर्यका रुपमा हेर्न प्रवृत्ति रहेको छ ।

अक्टोबर क्रान्तिपछि विश्व जगत्मा देखापरेको उत्साह, त्याग र मुक्तिको भाव कहिले तीव्रतामा र कहिले मन्दतामा प्रवाह भए पनि सर्वहारा तथा उत्पीडित वर्गको मुक्ति र उन्नतिका निम्ति विश्वभरिका क्रान्तिकारीहरु अहिले पनि वलिदानपूर्ण सङ्घर्षमा होमिएका छन् र तिनको जीवन सङ्घर्षलाई मुक्तिको प्रतीक बनाई आन्दोलन भित्र र बाहिरका दुस्मनसँग लडिरहेको छन् । नेपालमा अहिले त्यसको खाँचो झन् बढेको छ, त्यसको सौन्र्दयबोध झन बढीगर्नु परेको छ । संसदवाद, समन्वयवाद तथा नवमाक्र्सवादका आवरण च्यातेर क्रान्तिको निरन्तरता र व्यापकताको पुष्टि हाम्रै जीवनमा गर्नु परेको छ । महान् लाग्ने तर क्रान्तिकारी विचारबाट च्यूत, क्षीण, विकृत एवम् नग्न पात्रहरु त्था तिनका समूहगत प्रवृत्तिलाई चिनाउनु र उल्टाइदिनुमा नै अक्टोबर क्रान्तिक मनाउनुको सार्थकता रहन्छ । वर्गीय क्रान्ति र राजनीतिको सम्बन्धलाई अक्टोबर क्रान्तिले स्पष्ट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर