सुर्खेत । सुर्खेतमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेतासहित ३० जना पक्राउ परेका छन् ।
स्थानीय तहको निर्वाचनको बिरोध गर्न आयोजना गरिएको नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टीको सभामा प्रहरीले हस्तक्षेप गरेर पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।
निर्वाचन नै खारेज गर्नुपर्ने माग गर्दै मंगलगढी चोकबाट ¥याली निकाल्ने क्रममा नै प्रहरीले विप्लवका दर्जनौं कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएपछि कार्यक्रम स्थगित भएको छ ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य हिमाल बिक, विद्यार्थीका केन्द्रीय सदस्य धनबहादुर नेपाली, विद्यार्थी संगठनका सुर्खेत जिल्ला संयोजक कमलसिंह बुढा लगायत ३० जना रहेका छन् ।
मंगलगढी चौकबाट ¥याली निकाल्ने क्रममै एक सय झण्डा र ब्यानरसहित कार्यकर्ताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।