काठमाडौं । देशभक्त जनगणतान्त्रिम मोर्चा, नेपाल टोखा नगर कमिटिको मंगलबार सम्पन्न विस्तारित बैठकले ३७ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । केशर प्रधानको अध्यक्षता तथा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला ईन्चार्ज प्रवेशको बिशेष आतिथ्यतामा सम्पन्न बैठकल कपिल पुनको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको हो ।
टोखाको ग्रीनल्याण्डको मेरिगोल्ड पार्टी प्यालेसमा सम्पन्न बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला संयोजक कमरेड शिलु, देजमो केन्द्रीय सदस्य खगेन्द्र छन्त्याल र देजमो काठमाडौँ जिल्ला उपाध्य्क्ष कमरेड कपिल पुनलगायतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकले आगामी स्थानीय चुनावको माध्यमबाट भ्रस्ट तथा दलाल तत्वहरुको भण्डाफोर गर्ने, संगठन निर्माण र बिस्तार गर्दै क्रान्तिको आधार तयार गर्ने संकल्प समेत गरेको छ ।
बैठकले बनाएको पुन नेतृत्वको निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति अन्तर्गत केशर प्रधानको संयोजकत्वमा नगर कार्यालय ब्यबस्थापन समिति, आशाकाजी महर्जनको संयोजकत्वमा निर्वाचन बिशेष आर्थिक समिति र यमन कार्कीको संयोजकत्वमा निर्वाचन बिशेष युवा परिचालन समिति गठन समेत गठन गरेको छ । बैठकमा नगरका ११ वटै वडाका वडा सदस्य तथा नगर सदस्यहरुको उत्साहजनक सहभागिता थियो ।
बैठकमा विशेष अतिथि प्रवेशले पार्टी केन्द्र र जिल्ला तथा देजमो केन्द्रद्वारा प्रेषित सर्कुलरको भाव सम्प्रेषण तथा समसामयिक राजनैतिक सवालमा प्रशिक्षणमूलक मन्तव्य राखेका थिए । बैठकका अतिथि शिलुले विकसित राजनैतिक घटनाक्रम र देजमोको चुनाव उपयोगको नीतिबारे प्रशिक्षणमूलक मन्तब्य राखेकी थिइन् ।