एजेन्सी । फ्रान्समा हुन लागेको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार फ्रास्वाँ फिलनका समर्थकहरुले उनको पक्षमा मध्ये पेरिसमा प्रदर्शन गरेका छन् ।
उनीमाथि आफ्नी श्रीमती पेनलोपलाई जागिर दिएको अभियोग लागेको छ । उनी पक्षधरहरुको प्रदर्शनलाई उनको प्रसिद्धीको परीक्षणको रुपमा लिइएको छ ।
प्रदर्शनका क्रममा उनीमाथि लगाइएको आरोपको सफाई दिन माग गरिएको थियो ।
उनीमाथि आफ्नी श्रीमती र छोराछोरीलाई उनीहरुले नगरेको कामको तलव भन्दै लाखौं डलर दिएको आरोप लाग्दै आएको छ ।
उनले पछिल्लो समयमा निर्वाचन अभियानका क्रममा आरोपको खण्डन गरिरहेका छन् । तर पनि उनको चुनावी अभियानका वरिष्ठ अभियन्ताहरुले उनको साथ छाड्दै गएका छन् ।
शनिबार मात्र उनकी श्रीमतीले आफूले श्रीमान फिलनको पक्षमा संसदीय कार्यहरु गरेको दाबी गरेकी छन् ।
फ्रान्सको जर्नल डु डीमान्चेलाई दिएको अन्तरर्वाताका क्रममा पेनेललोपकले उनले पाएको तलब वैधानीक र घोषित भएको दबी गरेकी छन् ।
‘म बाहेक अरु जो कोहीले सो काम गरेको भए पनि फ्रास्वाँले तलब दिनुपथ्र्यो’, उनले भनेकी छन् ।
उनी आवद्ध रिपव्लिकन पार्टीले उनको उम्मेदवारीको विषयमा सोमबारका लागि आपतकालीन बैठक बोलाएको छ ।
पूर्व राष्ट्रपति निकोलस सार्कोजीका निकट क्रिटियन स्ट्रोसीले रिपव्लिकन पार्टीले उनको स्थानमा अर्को उम्मेद्वार अगाडि सार्न सक्ने समेत संकेत गर्दै फिलनलाई तिरस्कृत महशुस हुन दिनु नहुने बताएका छन् ।
उनले फिलनलाई प्रमाणित गर्ने अवसर दिनुपर्ने बताए । ¥यालीमा सहभागीहरुले त्यहाँको त्रिरंगी झण्डा फहराएका थिए । उनको पक्षमा करिब पचास हजारले समर्थनमा प्रदर्शन गरेका थिए ।