![](http://moolbato.com/wp-content/uploads/2016/11/Iraq.jpg)
एजेन्सी । इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग भएको पाईएको छ ।
१२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तर्राट्रिय समिति आइसिआरसीले पुष्टि गरेको हो ।
आक्रमणमा ५ जना बालबालिका सहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर छ ।
आक्रमणमा कुन रसायन प्रयोग गरिएको भन्नेबारे पत्ता नलागेपनि घाइते सबैको रसायनिक हमलाको पीडितको रुपमा उपचार भइरहेको छ ।
अन्तर्राष्ट्रिय कानूनमा त्यस्ता रसायनिक आक्रमण प्रतिबन्धित छ । रसायनिक बम हमलाको जिम्मेवारी भने कसैले लिएको छैन ।