एजेन्सी । पाकिस्तानले जमात–उद–दावाका प्रमुख हाफिज सईदलाई नजरबन्द गरेको छ ।

प्रतिबन्धित चरमपन्थी संगठन लश्कर–ए–तैयबका प्रमुख रहेका उनलाई भारत र अमेरिकाले सन् २००८ को मुम्बई हमलाको मुख्य योजनाकार भएको आरोप लगाउँदै आएका छन् ।

मुम्बई हमलामा १ सय ७४ जनाको मृत्यु भएको थियो । जमात–उद–दावाका प्रवक्ता नदीम अवानले लाहोरमा उनको मुख्यालय पुगेर सईद र अन्य पाँच अन्य व्यक्ति विरुद्ध वारेन्ट जारी भएको जानकारी गराएको हो ।

पाकिस्तान सरकारमाथि अमेरिकाले उनीमाथि कारबाही गर्न दबाब दिँदै आएको थियो । सईदमाथि कारबाही नगरेमा पाकिस्तानमाथि आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको थियो ।

उनलाई नजरबन्दमा राख्ने निर्णयपछि उनी बसेको कुन्दसिया मस्जिदलाई घेरा हालेको छ । सईदलाई लाहोरको जौहर टाउनमा उनको घरमा नजरबन्दमा राखिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर