मलेसियामा कार्यरत एक नेपालीको मृत्यु

प्रकाशित मिति : २०७३ पुष २८

इलाम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका इलामका एक युवकको सुतेकै अवस्थामा मृत्यु भएको छ । 

तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिएका छन् । 

मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार नेपाल ल्याउने तयारी भइरहेको छ । बेनुप मलेसियामै हुँदा नेपालमा उनकी आमा र दिदीको समेत मृत्यु भइसकेको छ ।