वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन

प्रकाशित मिति : २०७३ पुष २८

काठमाडौं । वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा हृदयघाटका कारण बुधबारराति निधन भएको हो ।

उनी राजधानीस्थित गंगालाल अस्पतालमा एक वर्षदेखि उपचाररत थिए । उपाध्यायको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघले जनाएको छ ।

उनले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको रुपमा नेतृत्व प्रदान गरेका थिए ।