एमालेको राष्ट्रवादको यथार्थ र भ्रम

प्रकाशित मिति : २०७३ पुष २७

- ईश्वरचन्द्र ज्ञवाली

यतिखेर एमाले कट्टर राष्ट्रवादीका रुपमा चर्चामा रहिरहने खेलमा लागेको छ । नेपाली जनताको राष्ट्रियताको भावना, राष्ट्रिय अनुराग, राष्ट्रपे्रमको सम्वेदनमाथि खेलेर ऊ आफ्नो अतीतको राष्ट्रघाती कलङ्क मेटाउन सक्छु कि भन्ने कोसिसमा पनि छ । तर के ऊ अब साँचो अर्थमा राष्ट्रवादी हुने चाहना वा नियत राख्छ त गम्भीर प्रश्न उँभिएकोछ । नेपाली जनता यतिखेर देशभक्ति, राष्ट्रियता र मातृभूमिको अखण्डताप्रति बढी नै अनुरक्त र सम्वेदनशील छन् ।

उनीहरुको सार्वभौमिकता, स्वाधीनता, स्वतन्त्रताप्रतिको चेतना परम्परादेखि नै समृद्ध छ । आज विशेषतः जनयुद्धपछि त्यो चेतना अभूतपूर्व रुपमा जागृत भएको छ । यसो हुनुका पछाडि पनि कारणहरु छन् । जसमा भारतीय विस्तारवादको थिंचोमिचो, शोषण, अतिक्रमण, मिचाहा प्रवृत्ति र प्रभुत्ववादी शैली, चिन्तन र व्यवहार मुख्य कारण हुन् । सँगसँगै मधेस आन्दोलन, त्यहाँका सशस्त्र समूह, मधेस छुट्टै राष्ट्रको माग, काठमाण्डूबाट सम्वन्ध विच्छेदको चेतावनी, अलग्गै देश बनाउने धम्की, मधेसबाट पहाडियाहरुलाई लखेट्ने र उनीहरुमाथि ज्यादतीपूर्ण ढङ्गले असुली, गर्ने जस्ता विकृति तथा उनीहरुलाई भारतले बोकेको आशङ्का जस्ता कुराले पनि त्यो भावनालाई अझ समृद्ध र दृढ बनाउँदै लगेको छ ।

हरेक मामलामा भारतीय हस्तक्षेप, सहभागिताको चाहना, अवरोध, नाकावन्दी, सहयोग कटौती, धाकधम्कीका साथै सीमा मिचाइ,सीमास्तम्भ सार्ने काम, हाम्रो भूमि हडपेर राख्ने दादागिरी, बलमिचाइँ र क्षेत्रीय विस्तारवादी नियतले गर्दा भारतप्रति नेपालीहरुको शङ्का, अविश्वास, घृणा बढेर गएको हो । भारत सहयोग र सद्भावका नाममा नेपालको सम्प्रभुता हडप्न चाहन्छ भन्ने कुरा नेपालीका मनमा परेको छ । मुख्यतः यतिखेर ऊ नेपालका जलस्रोत र प्राकृत सम्पदा हडप्ने र सीमा मिच्ने अभियानमा छ । जसका प्रष्ट उदाहरण हुन्–महाकाली सन्धी, माथिल्लो कर्णाली सम्झौता, माथिल्लो मस्र्याङ्दी आयोजना, अरुण–३ सम्झौता लगायत अन्य नदीहरुका सम्झौताहरु । भारतीय सीमा सुरक्षा बलको कामधन्धा नै सीमा सार्ने, नेपाली भूमि मिच्ने, सीमास्तम्भ गायब गर्ने, दशगजा मिच्ने रहेको छ ।

यसरी उसले देशका दर्जनौं स्थानमा साँध सारेको छ । भर्खरै पनि उसले झापामा मात्र २६१ बिगाहा जमिन हडपेको छ र १९४ सीमास्तम्भ गायब गरेको देखिएको छ । सीमास्तम्भ भत्किन सक्छन् तर गायब हुने कुरा योजनावद्ध नै हुने गर्छ । सुगौलीसन्धीमा अँगे्रजले बलपूर्वक लगेको भूमि फिर्ता नभएको कुरा छाडौं, अस्थायी रुपमा चीनियाँसँगको युद्धमा क्याम्प राखेको कालापानीर महेशपुर–सुस्ता क्षेत्र हडपेर आफ्नै बनाउने नियतसाथ ऊ अघिबढेको छ । यी सबै कारणले नै भारतप्रति नेपालीको अविश्वास र घृणा बढेको हो । नेपाली जनता आफ्नो सार्वभौम मूल्यप्रति कति दृढ छन् त्यो भारतले चाखेको पनि छैन । भारतीय यस्तो रबैयाकै कारण नेपाली जनताको राष्ट्रियताको भावना अहिले पग्लेको छ । सम्वेदना घाइते भएको छ । देशपे्रमको शक्तिको पारो पनि माथि चढिरहेको छ । कहिल्यै कसैको अधीनता स्वीकार नगरेको देशमाथि २ सयवर्षभन्दा बढी अँगे्रजको उपनिवेशका रुपमा पराधीन भएको, खण्डैखण्डमा विभाजित तर अँगे्रजद्वारा एकत्रित भारतले यसको अस्तित्व मेटाउने सपना देख्नु त्यो दिवास्वप्न मात्रै हो वा सोम शर्माको सातुको कथा जस्तै अथवा वीरवलको खिचडी झैं ।

यहीपरिवेशले पनि नेपाली देशभक्तिको भाव र सार्वभौम मूल्य बढी जागृत छ । खासगरी नाकावन्दीमा मधेसीको उपयोग र अमानवीय पीडा दिनाले नै नेपाली उसप्रति बढी आक्रोशित छन् । त्यही आक्रोशलाई अहिले एमालेले उपयोग गर्न खोजिरहेछ र राष्ट्रवादको वकालत गरिरहेछ । उसको यो राष्ट्रवाद खोक्रो, पाखण्डी र मण्डले प्रवृत्तिको राष्ट्रवादको रुपमा तथा गैरजिम्मेवार र साम्प्रदायिक धु्रवीकरणका रुपमा आएको छ । त्यसको अर्थ सत्ताधारी दलहरुले राम्रो गरेका छन् भन्ने होइन । दुबै कठपुतलीहरुका डोरी एउटै हातका दुई औंलामा बाँधिएका छन्–एउटा राष्ट्रवाद र अर्को राष्ट्रघातका नाममा । दुबैको सञ्चालक शक्ति भने एउटै हो । दुबै राष्ट्रहित विरुद्ध कुकर्म गर्न सन्धी सम्झौता गर्न कृत सङ्कल्पित नै छन् । तर यहाँ भने म एमालेका राष्ट्रघातका नमूनाका रुपमा गरिएकाकेही कामको उदाहरण दिन लागेको छु । जसले एमालेको यथार्थ वा भ्रमलाई छट्ट्याउन मद्दत गर्नेछ । म यो कुनै देश विरुद्ध उसले गरेका गोप्य र रहस्यात्मक पर्दाभित्र गरिएका कर्मका बारेमा बोलिरहेको छैन । ती अरु गम्भीर छन् जसलाई जनता सोझै बुझ्रदैन पनि । त्यस्ता कर्म सधै राष्ट्रवादको आवरण लगाएर त्यस विरुद्ध नै आउने गरेका छन् । सत्यको खोजी भने त्यस्ता कर्मको गहिराइमा पुगेरमात्र गर्नुपर्ने आवश्यकता हुन्छ । एमालेका त्यस्ता कदमहरुमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ।

१)महाकाली सन्धीमा एमालेले गरेको रातारातको राष्ट्रघाती हस्ताक्षरले स्पष्ट रुपमा उसको नियतलाई छर्लङ्ग्याउँछ । वार्षिक २० अर्ब रुपियाँ आउने, ७ करोड युनिट विजुली सित्तैमा पाइने, पानी आधा बाँडिने, टनकपुर सम्झौतामा भएको घात फिर्ता हुने, शारदा ब्यारेजले ओगटेको ४ हजार हेक्टर जमिन फिर्ता पाउने, पानी भारतले बढी उपयोग गरे नेपाललाई मूल्य तिर्ने आदिआदि महाकाली सन्धीका सौन्दर्यको बखान गरेर केपीओली थाकेका हैनन् । सबभन्दा बढी महाकाली सन्धीको वकालत गर्ने केपी नै थिए । जससन्धीका कारण एमाले फुट्यो र खुलामञ्चमा वामदेव गौतम भ्रष्टाचारी करार गरिए । तर आलीका ती भविष्यवाणी षड्यन्त्र र छलछामका स्वर थिए भन्ने २० वर्षले पुष्टि गरेको छ । आज महाकालीभन्दा ३ किलोमिटर पूर्वतर्फ भारतले सीमा विस्तार गरेको छ र गड्डाचौकीमा भारतीय झण्डा फर्फराइरहेको छभने त्यहाँ हजारौं हेक्टर नेपाली जमिन र जंगल भारतमा गाभिएको छ ।

२) नागरिकतबारे पनि एमालेको रबैया त्यस्तै रह्यो । विदेशीलाई सजिलै नागरिकता बाँड्न सकिने खालको लचिलो कानुन निर्माण गर्न एमालेकै भूमिका अहम् थियो । त्यसको विरोध हुँदाहुँदै त्यो बलात् पारित गरियो । टोली खटाएर नागरिकता वितरण गर्ने र पहिलेका नियम भत्काएर सरलीकृत गर्ने काममाएमाले काँगे्रससँग टाँसियो र द्वैध चरित्र देखायो । नागरिकता वितरणमा एमालेकै मुख्य भूमिका पनि रह्यो । फलतः सरलीकृत नागरिकता वितरणक्रममा दुई पटकसम्ममा लगभग ४५ लाख र ३५ लाख गरी नागरिकता वितरण भए । जसमा ४० लाखभन्दा बढी भारतीयहरुले नागरिकता प्राप्त गरेको अनुमान गरिएको छ । विदेशीलाई नागरिकता बाँडेर स्वदेशी रैथाने मधेसीहरुको उठिवास लाग्नथालेको स्थिति मधेसमा अब स्पष्ट नै देखिन थालेको छ ।

३)राष्ट्रका सम्पदा विदेशीलाई(भारतलाई) सुम्पिने कुरामा पनि एमाले सधै निर्णायक भूमिकामा देखिन चाहन्छ जसले चाकरी र दलालीको पारो माथि देखियोस् र मालिक खुसी भएर सत्तासीन बनाइदियोस् । यसक्रममा माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी, अरुण–३, महाकाली योजना जस्ता राष्ट्रघाती योजना पारित गराउन एमालेले अहम् भूमिका खेलेको छ । उसले नचाहेको भए यी सन्धी कदापि अरुले पास गर्न सक्ने थिएनन् । ऊ बढी साख्खै हुन यी सन्धीमा पहिलो हस्ताक्षरकर्ता बन्यो । नेपाली जनता मुख्यतः अपरकर्णाली र अरुण–३ दुबै आयोजनाहरु पूरापूर राष्ट्रघाती छन् भनी विरोधमा छन् । के एमाले यी सन्धीलाई फिर्ता लिन तयार छ ? देशको हितमा कुनै सन्धी नगर्ने र अरुकै हितमा सन्धी गर्ने काम राष्ट्रवाद हुन सक्दैन । त्यसैले जनता उसको राष्ट्रवाद पाखण्ड मात्र ठान्छन् । नक्कली राष्ट्रवादले त झन् राष्ट्रलाई थाहै नपाई घात गर्छ । बाहिर बाहिर राष्ट्रवाद फलाकेर जनताका आँखामा भ्रमको पर्दा हाल्ने ताकि विरोध नआओस् बरु समर्थन प्रचुर होस् र भित्रभित्र विदेशी प्रभुसामु लम्पसार पर्ने प्रवृत्ति झन् बढी खतरनाक हुने गर्छ ।

४) एमआरपी काण्डमा पनि एमालेले राष्ट्रघातको नियतका साथ भारतलाई छपाइको ठेक्का दिइसकेको थियो । तर जनता त्यसको विरोधमा उत्रिए र एमआरपी भारतलाई छाप्न दिने ठेक्का नै रद्द गराएर छाडे । सबै अन्तर्राष्ट्रिय नियम र प्रचलनलाई मिचेर छिमेकीलाई छाप्न दिनुले राष्ट्रिय गोप्यतामा खलल पार्ने नियतबारे ठूलो प्रतिरोध भयो । त्यो खारेज गर्नमा जनताको योगदान भने राष्ट्रवादी नै थियो ।

५) केपी ओली यतिखेर राष्ट्रवादको भाषण ठोक्न तल्लीन छन् र उनले यो, नाकावन्दीका बेला चीनसँग गरेका केही सम्झौताबाट आर्जन गरेको चुरीफुरी हो । नाकावन्दीले एउटा सकारात्मक काम यही ग¥यो । सामान्य परिस्थितिमा केपीलाई त्यस्ता सन्धी गर्न नत आँट हुन्थ्यो न वाध्यता तर नाकावन्दीले त्यसलाई सहज बनायो र वाध्य भएर चीनसँग सम्वन्ध बढाउनु प¥यो । सधै भारतपरस्त सम्वन्धमा÷असमान सम्वन्धमा÷विशेष सम्वन्धमा÷रोटीबेटीको सम्वन्धमा रहने एमालेले यसभन्दा पहिले कहिल्यै चीनसँग समानसम्वन्धको अडान राखेको थाहा छैन । त्यसले पनि उसको नक्कली राष्ट्रवादलाई नै पुष्टि गर्छ । तर राष्ट्रवादको नारा लाउने ओलीले मुजफ्फरपुर–ढल्केवर अन्तर्राष्ट्रिय प्रसारण लाइनमा गरेको सम्झौता भारतलाई हित र नेपाललाई घातहुने (वार्षिक करिब २० अर्ब रुपियाँ) सम्झौता हो । यसो उनले किन गरे ? यसको जवाफ समयले उनीसँग मागिरहेको छ ।

६) ओली भारत भ्रमणमा गए–नाकावन्दी खुलाउन । तर उनले त्यहाँ न त ठाडो शीर गरेर नेपालको हितमा कुनै कुरा गर्न सके न अडान नै लिन सके । युगौंदेखि नेपालको अहितमा रहेको १९५० को सन्धी,आफैले राष्ट्रघाती करार गरेको कोशी सम्झौता, गण्डक सम्झौता, महेशपुर, सुस्ता र कालापानी–लिम्पियाधुरा सम्मको नेपाली जमिन फिर्ता लिने कुरा ठाडो शीर गरेर किन गरेनन् ? सबै असमान, अन्यायपूर्ण, अपमानजनक, सन्धी सम्झौता खारेज गरेर नयाँ रुपमा गर्नुपर्छ भन्ने कुरा किन ठाडो शीर लाएर प्रस्ताव गर्ने अडान लिने काम गरेनन् ? उनको त्यो राष्ट्रवाद कता के कारणले दब्न पुग्यो ? स्पष्ट छ उनी भारतलाई खुसी राख्न चाहन्थे यस्ता कुरा उठाएमा चिडिन्छ भन्ने नै हो । यसको तात्पर्य बाहिर राष्ट्रवाद र भित्र राष्ट्रघात नै हो । उनले असमानसन्धीवारे किन कुरा नउठाएको भनी पत्रकारले प्रश्न गर्दा–‘काँचो सुन्तला, न खाँदै यो चाला खाए के होला ?’ भन्ने उखाने गीत गाए । स्पष्ट छ भारतसँग कुनै अडानै नराख्दा त उनको सत्ता जोगिन मुस्किल छ अझ राष्ट्र हितका कुरा राखेको भए मेरो के चाला हुन्थ्यो ? भन्ने यो भाव कहिल्यै राष्ट्रवादी हुन सक्दैन । केपीओली भित्र एकथोक र बाहिर अर्कै थोक हुन् भन्ने कुरा उनकै पार्टी नेताको ओंठमा झुण्डिएको छ । उनको यो राष्ट्रवादी चेहराभित्र के होला ? समयले नै उद्घाटन गर्नेछ । मुखमा राष्ट्रवाद हृदयमा राष्ट्रघातको दलाल प्रवृत्ति नेपाली राजनीतिकै देन हो । यसो भनौं सडकमा राष्ट्रवाद सत्तामा राष्ट्रघात मूल प्रवृत्ति हो । एमाले पनि यसवाट चोखो छैन । एकसमय एमालेलाई कठपुतली र राष्ट्रघाती लेण्डुप करार गरेका प्रचण्डलाई आज एमालेले नै राष्ट्रघाती लेण्डुप भनेर दुत्कार्नुले त्यही सत्यलाईपुष्टि गरेको छ । बजारमा एमाले र मूलतः केपीओलीलाई ठूलो प्रश्न छ–‘ तिमी साँच्चेका राष्ट्रवादी हौ भने महाकाली सन्धीको राष्ट्रघातमा क्षमा याचना गर ! कोशी, गण्डक, महाकाली, कर्णाली, अरुण–३, १९५०, १९६५, कालापानी, सुस्ता–महेशपुर, सीमा अतिक्रमण, खुला सीमा, सीमामा अत्याचार, भारतीयलाई नागरिकता दिने लचिलो कानुन बनाउने भूमिका, चीन र भारतसँग समान सम्वन्ध, आत्मनिर्भर अर्थनीति, दलाल पुँजीपतिको वर्चस्वको अन्त्य, राष्ट्रिय पुँजीपतिको वर्तमान हविगतप्रति नयाँ नीति, दीर्घकालीन राष्ट्रिय समृद्धिका योजना, स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय पद्धति, कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचार, अनिमितता, घुस, कमिसन,(जुन कर्मचारीतन्त्रको ४५ प्रतिशत हिस्सा एमालेका कर्मचारीले नै ओगटेका छन्), देशघाती र राष्ट्रघाती योजनाको विरोध आदिआदि कुराका बारेमा कठोर लडाइँ लड्न किन तयार छैन ? किन भारतीय राजदूतका सामु शीर निहुराएर जदौ गर्न लालायित रहन्छ ? किन दिल्लीसँग जोडिएको उसको तार चँुडाउन चाहन्न ? यस्ता धेरै प्रश्नको जवाफ दिएर मात्र उसले आफूलाई राष्ट्रवादी दावी गर्न सक्ला । अन्यथा….? देश भ्रष्टाचारको दलदलमा छ,, घुस कमिसनले घाइते छ,, राष्ट्रघाती सन्धीसम्झौतामा प्राविधिक र विशेषज्ञताको काम गर्ने कर्मचारीले नै हो । तर तिनै कर्मचारी ४५ प्रतिशत एमाले नै छन् । के तिनलाई राष्ट्रवोधको पाठ पढाउन एमाले चाहन्छ ? भ्रष्ट कर्मचारी र घुस्याहा कर्मचारी त राष्ट्रका शत्रु होइनन् र ? एमाले भएपछि सबैले गङ्गामा नुहाएर पवित्र हुन्छन् ? यसको जवाफ पनि एमालेले नै दिनु पर्ने हो ।

उर्जामन्त्री राधा ज्ञवालीले गुप्त कुनै उपलब्धि र नाफा आर्जन गर्न कुलमान घिसिङलाई त्यत्रो विरोध र धर्नाका बावजुद हटाएरै छाडिन् । अहिले तिनैले ‘लोडसेडिङ’ हटाएको भनेर तिनै एमाले, जनार्दन शर्मालाई पनि कुनै जस नदिने गरी भजनगान गर्दैछन् । यस्तो गर्नु पर्नाको कारण के हो ? के त्यो काम पनि राष्ट्रवादबाट नै पे्ररित थियो ? प्रचारमुखी, प्रसिद्धिमुखी र भ्रममुखी राजनीति गर्न छाडेर एमाले के सच्चा देशभक्त पार्टीका रुपमा उँभिन तयार छ ? यी प्रश्नको जवाफ पनि उसको राष्ट्रवादसँग नै गाँएिका छन् ।

७) एमालेले राष्ट्रप्रेम र देशको हितका लागि प्रचण्डसँग गठबन्धन गरी सरकार निर्माण गरेर केपी ओली प्रधानमन्त्री भए । (त्यसो त प्रचण्डले नै माधव नेपाललाई समानुपातिक सभासद् बनाएर प्रधानमन्त्री बनाएका हुन् र रातारात भारतको आँखा नपरोस् भनेर झलनाथ खनाललाई पनि प्रधानमन्त्री बनाएकै हुन् । सायद अब प्रधानमन्धी बन्ने हैसियतका एमाले नेता छैनन् कि ?ं) । त्यो सरकार एकवर्ष बढी चल्यो । गठवन्धनकै प्रक्रियामा ओलीले प्रचण्डलाई प्रधानमन्त्री दिने भद्रसहमति पनि गरे । तर दिएनन् । प्रचण्ड चिडिए । सरकार विघटन भयो । ओली राष्ट्रवादी थिए भने त्यस्तो महान् राष्ट्रवादी गठवन्धन टुटाउनुभन्दा प्रचण्डलाई जाबो पद दिन किन तयार भएनन् ? के त्यो प्रमको पदभन्दा यो ‘पवित्र’राष्ट्रवादी गठवन्धनको मूल्य कम थियो ? के राष्ट्रियताभन्दा ओलीलाई प्रम पद नै ठूलो भयो ? प्रचण्डलाई पद दिए पनि सम्पूर्ण सत्ता र सरकारको वागडोर त ओलीकै हातमा रहन्थ्यो, फेरि पनि त्यस्तो राष्ट्रवादी गठवन्धन विरुद्ध कदम चाल्न ओलीलाई केले पे्ररित ग¥यो ? यसैकारण व्यापक चर्चा भयो–‘ओलीलाई पद नछोड्न अड्डी लिन भन्ने प्रभु र प्रचण्डलाई गठवन्धन टुटाउन उत्पे्ररित गर्ने प्रभु दुबै एउटै हुन् र दुबै एउटै मालिकबाट सञ्चालित थिए ।’ देशको हितका निम्ति ओलीले प्रमको पद त्याग्न तयार हुनुपथ्र्यो भएनन् । त्यहाँ कतै राष्ट्रियताले काम गरेन ।

८) अहिले एमालेले राष्ट्रवादको आवरणमा ५ नं. प्रदेशलाई पहाडबाट टुक्र्याउन नहुने भनी जिद्दी गरिरहेको छ । त्यसकै कारणबाट देशव्यापी विरोध, जुलुस,, भीडन्त, वन्द आदि गरिरहेको छ । बजारमा हल्ला राष्ट्रवादको फैलाइएको छ । मानौं पश्चिम तराइमा पहाड जोडिएन भने देशै टुक्राटुक्रा हुन्छ । पहिलो कुरा त यो सातवटा प्रदेश विभाजन नै संघीयता अनुरुप छैन । पहिचान र उपेक्षित क्षेत्रको अधिकारका लागि ल्याइएको संघीयताको भाव यी सात प्रदेशबाट कतै अभिव्यक्त हुँदैन । फेरि पनि उसकै तर्कका आधारमा उसको राष्ट्रवादको डंका र पहाडी अंश तराइसँग जोडिनु पर्ने कुरा आधारहीन छ । अनि फेरि अहिलेको संशोधनको मस्यौदा पनि स्वयं एमाले र सुशीलकै प्रस्ताव थियो । त्यस्तै यसभन्दा अघि नै २ नं. प्रदेशमा पहाडी भूभाग नजोडिकन बनाउनेमा एमालेकै भूमिका रह्यो । पहाड नजोडिएको तराइ मात्रको प्रदेशले देश टुक्रिने हो भने २ नं. प्रदेश टुक्रिदैन ? २ नं. प्रदेश टुक्रिएमा राष्ट्रघात हुदैन ?देश टुक्रिएको मानिन्न ?यो सबै कुटिल राजनीतिको जोड घटाउभन्दा केही होइन । एमालेले पहाडविनाको २ नं. प्रदेशमा किन ल्याप्चे ठोक्यो ? कुरो झन् गम्भीर छ । त्यही गम्भीरतावीच सम्विधान ठुलो उपलब्धि भन्दै कार्यान्वयनको रडाको पनि मच्चाइएको छ । मधेस वा तराइमा पहाड नजोडिएको प्रदेश हुनासाथ देश टुक्रिने उसकोतर्क यहीं खण्डित हुन्छ । कुतर्क त जति पनि गर्न सकिन्छ । आखिर कुतर्क गरेर नै त जनतालाई छक्क्याउन सकिन्छ । एमालेले त्यही अश्त्र प्र्रयोग गरेको छ । यो उसको नक्कली राष्ट्रवाद र सामन्ती राष्ट्रवादको सार हो ।

प्रश्न त्यसो होइन र सत्य पनि अर्कै छ । पश्चिमका थारु र मुस्लिमलाई चिढाएर पहाडी र मधेसीको ध्रुवीकरणद्वारा दीर्घकालीन साम्प्रदायिक विभेद र द्वन्द्वको वीजारोपण गराउने खेल त हुन लागेको छैन ? यद्यपि पश्चिम तराइका थारु र मुस्लिमहरु आफूलाई मधेसी भन्न रुचाउँदैनन् र मधेसीलाई ‘बाजी’ भनेर सम्वोधन गर्छन् । उनीहरु पूर्वमाझैं आफूलाई नेपाली भन्दा हीनतावोध होइन गौरववोध गर्छन् । पहिले नेपाली अनि मात्र थारु, मुस्लिम भन्न रुचाउँछन् । तिनै माथि शङ्काको वीज रोपेर उनीमाथि देशटुक्र्याउने भन्ने आरोप लगाउन खोज्नु, पहाडसंग जोड्नै पर्ने अड्डी कँस्नु जायज छैन । यो व्यर्थको रडाको र राष्ट्रवादको भ्रम मात्रै हो । भारत नेपालमा पूर्वमाझैं पश्चिममा पनि पहाडी र मधेसी साम्प्रदायिक विभेद सिर्जनागर्न चाहन्छ । एमाले त्यही योजनाको सहयोगी बन्न खोजेको त छैन ? आशङ्का जन्मिन्छ । आफूलाई नेपाली धरतीपुत्र हौं भन्ने भावनाका थारु र मधेसी होइन हामी ‘नेपाली मुस्लिम’ भन्न रुचाउने मुस्लिम समुदायको नेपालीकृत भावनामा चोट पु¥याउनु र तराइलाई पहाडसँग नजोडे राष्ट्रघात हुने अड्डी लिनु अनि पहाडी–मधेसीको भेद पश्चिम तराइमा पनि रोप्न खोज्नु दीर्घकालीन हिसाबले राष्ट्रघात भन्दा केही हुन सक्दैन ।यो मण्डले राष्ट्रवाद र साम्प्रदायिक चेतनाको कहिल्यै नमेटिने घाउ मात्र हुनेछ । जसरी पूर्वका ९ जिल्ला २ नं. मधेस प्रदेश भयो र त्यसले देश टुक्रिंदैन भन्ने निष्कर्ष हो पश्चिममा पनि समान धारणा हुनु पर्ने हो एमालेको किन समान कुरामा फरक धारणा भयो सोंच्नु पर्छ । थारुहरुमाथि पहिले गरिएको दमन र यो धु्रवीकरण एउटै सिक्काका दुई पाटा त हैनन् ?

माथि भने झैं एमालेको राष्ट्रवादको भित्री मर्म गम्भीर अनुसन्धानद्वारा निकालेको निष्कर्षले मात्र पुष्टि गर्न सक्छ । एमालेको राष्ट्रवादका पछाडि लुकेका रहस्य धेरै होलान् । एमालेले गरेका गलत राष्ट्रवादी व्याख्या पनि धेरै नै छन् । लुकेका रहस्य भन्दा पटाक्षेप भएका सार्वजनिक तथ्य माथि उल्लेख भएका छन् । अब जनताले एमालेको राष्ट्रवादको यथार्थ र भ्रम के के हुन् छुट्याउन आवश्यक छ । नेपाली जनता कसैको जाल, प्रपञ्च र छलछाम चिर्न भने सक्षम छ । नजिकै आइरहेको स्थानीय निर्वाचनलाई मध्यनजर गरी आएको मौसमी राष्ट्रवादको नक्कली खोल च्यात्न नेपाली सक्षम होलान् ? यसको उत्तर समयले मात्र दिन सक्छ ।