पाकिस्तानी पूर्व सेनापति सरिफ इस्लामिक गठबन्धन सेनाको प्रमुख

प्रकाशित मिति : २०७३ पुष २३

एजेन्सी । पाकिस्तानी सेनाका पूर्व प्रमुख रहिल सरिफ आतंकवादविरोधी ३९ मुस्लिम देशको गठबन्धन सेनाको प्रमुखमा नियक्त भएका छन् । 

पाकिस्तानको स्थानीय जियो न्युज टिभीको एक कार्यक्रममा रक्षामन्त्री ख्वाजा आसिफले यसबारेमा जानकारी दिएका हुन् । यद्यपि उनले यसबारेमा विस्तृत विवरण दिएनन् ।

अन्य देशका सरकारसँगको सहमतिपछि यस्तो निर्णय लिइएको हो । डिसेम्बर २०१५ मा आतंकवाद अन्त्यका लागि पाकिस्तानसहित ३० भन्दा बढी देशका इस्लामी देशले साउदी अरबको नेतृत्वमा एक सैन्य गठबन्धनको घोषणा गरेका थिए ।

यस गठबन्धनमा सुरुमा ३४ देश सामेल थिए भने पछि यसको संख्या बढेर ३९ पुगेको छ । इस्लामिक देशको सैन्य गठबन्धनमा इजिप्ट, कतार, संयुक्त अरब इमिरेड्स, टर्की, मलेसिया, पाकिस्तानसहित केही अफ्रिकी देश समेत सामेल छन् ।