बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

प्रकाशित मिति : २०७३ पुष २२

मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । ओम पुरीले आफ्नो करियरमा ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने हउिडका फिल्ममा समेत काम गरिसकेका छन् ।

पुरी भारतको चर्चित पद्यमश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् । उनको अकस्मात भएको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् ।

१८ अक्टुबर १९५० मा जन्मिएका उनी अभिनयको क्षेत्रमा सक्रिय थिए । सन् १९८० मा प्रदर्शन भएको आक्रोस उनको करियरको पहिलो हिट फिल्म थियो ।