माक्र्सवादी राजनीतिक अर्थशास्त्रमा माओको योगदान

प्रकाशित मिति : २०७३ पुष २०

- सीताराम तामाङ

१)चिनियाँ समाजमा वर्गहरुको विश्लेषण ः– माओले चिनियाँ समाजमा वर्गहरुको विश्लेषणमा (१९२६) भन्ने लेखमा भनेका छन् कि क्रान्तिको सफलताका लागि मित्रहरु र शत्रुहरु छुट्याउनु आवश्यक छ । यसरी मात्र शत्रुहरुमाथि हमला गर्नका लागि सच्चा मित्रहरुलाई एकताबद्ध गर्न सकिन्छ । चिनियाँ समाजमा रहेका (क) जमिन्दार वर्ग र दलाल पुँजीपतिवर्ग, (ख) मध्यम पुँजीपतिवर्ग (राष्ट्रिय पुँजीपति वर्ग), (ग) निम्न–पुँजीपति र मध्यम–किसान, (घ) अर्ध–सर्वहारा र गरिब किसान, र (ङ) सर्वहारा वर्गको राजनीतिक तथा आर्थिक स्थितिको विश्लेषण गरेर माओले के निस्कर्ष निकाले भने, “युद्धपतिहरु, नोकरशाहहरु, दलाल वर्ग, ठूलो जमिनदार वर्ग र तीसँग सम्बन्धित बुद्धिजीवी समुदायको प्रतिकृयावादी अंग साम्राज्यवादसित साँठगाँठ भएका यी सबै हाम्रा शत्रुहरु हुन् । हाम्रो क्रान्तिमा नेतृत्वदायी शक्ति औद्योगिक सर्वहाराबर्ग हो । सम्पूर्ण अर्ध–सर्वहारावर्ग र निम्न–पुँजीपतिवर्ग हाम्रा घनिष्टतम मित्र हुन् । जहाँसम्म ढुलमुल मध्य पुँजीपतिवर्गको सवाल छ , तिनीहरुको दक्षिणपंथी अंग हाम्रो शत्रु र बामपंथी अंग हाम्रो मित्र बन्न सक्छन् , तर हामी निरन्तर साबधान रहनु पर्दछ र हामीले उनीहरुलाई आफ्ना पंक्तिहरुभित्र भ्रम सिर्जनागर्न दिनु हुन्न” (माओ, २०५७ ः१–८;चु.र; भाग–१,)।

(२) हुनानको किसान आन्दोलनको प्रतिवेदन ः– माओले हुनानको किसान आन्दोलनको अनुसन्धानबारे प्रतिवेदनमा (१९६७) किसानहरुको संघर्षको महत्वबारे भनेका छन् “ज्यादै छोटो समयभित्र नै चीनका मध्य, दक्षीणी तथा उत्तरी प्रान्तहरुमा दशौं करोड किसानहरु एउटा सशक्त आँधीझ,ै एउटा ठूलो तुफान झै उठ्नेछन् । यो यस्तो तीब्र र प्रचण्ड शक्ति हुनेछ । कि जस्तोसुकै ठूलो शक्तिले पनि यसलाई रोकन सक्नेछैन । उनीहरु आफूलाई बाँधीराखेको सारा बन्धनलाई चकनाचुर पारेर मुक्तिको बाटोमा अघि बढ्नेछन् । उनीहरुले सारा साम्राज्यवादी, युद्धपति, भ्रष्ट अधिकृत, स्थानीय अत्याचारी र खराब घरानीयाहरुलाई यमलोक पु¥याइदिनेछन् ।” (माओ,२०५७ ः९,च.र. भाग–१,)।

यो प्रतिवेदनको महत्वको बारेमा यस प्रकार भन्नसकिन्छ ः (क) यसले चीनी क्रान्तिमा किसानको भूमिबारे पूर्ण लेखा–जोखा राखेको छ । (ख) यसले ग्रामिण क्षेत्रमा किसानहरुको राजनीतिक सत्ता र उनीहरुको हतियारवन्द सेनाको आवश्यकता दर्साएकोछ । (ग) माओले किसानभित्रका विभिन्न वर्गीय स्तरको विश्लेषण गरेर भनेका छन् कि चीनको समाजमा सबै भन्दा ठूलो संख्या भएको गरिब किसानभित्र अत्यन्त क्रान्तिकारी शक्ति छ, (छ) यो प्रतिवेदनले जनतालाई संघर्षमा उतार्ने, संगठित गर्ने र उनीहरुमाथि भरोसा गर्ने क्रान्तिकारी सिद्धान्त प्रतिपादन गरेकोछ । यो प्रतिवेदनले चीनको कम्युनिष्टहरुलाई किसानका वीच काम गर्नका लागि गतिलो पथ–प्रदर्शनको काम गरेको छ ।

तर त्यसबेला यसप्रतिबेदनबाट खासै फाइदा लिन किन सकिएन भने पार्टीको नेतृत्व छन्–त–स्यू जस्तो अवसरवादीको हातमा थियो ।
३) साङघाई टेक्स्टबुक ः– माओको निर्देशनमा नै तयार गरिएको “साङघाई टेवस्टबुक” भनेर जानिने “राजनीतिक अर्थशास्त्रको आधारहरु” (Fundamentals of Political Economy) माक्र्सवादी राजनीतिक अर्थशास्त्रको महत्वपूर्ण कृति हो । माओको के निर्देशनछ भने कम्युनिष्ट कार्यकर्ताहरुले राजनीतिक अर्थशास्त्रको सामान्य ज्ञान हाँसिल गर्नै पर्दछ । त्यसै उदेश्यले यो कृति सरल ढंगले लेखिएको माक्र्सवादी राजनीतिक अर्थशास्त्रको आधिकारिक पुस्तक हो । यो पुस्तकले कम्युनिष्टहरुको माझ पाठ्य पुस्तकको काम गरेको छ ।

४) सर्बहाराको नेतृत्वमा संयुक्त मोर्चा÷ साम्राज्यवादी पुँजीमाथि निर्भर पुँजीपतिहरुलाई पुँजी –एजेण्टहरु अथात दलाल–पुँजीपतिहरु भनिन्छ । यसतो पुँजीमाथि निर्भर दलाल जमिनदारहरु पनि हुन्छन् । दलाल पुँजीपतिहरु र जमिनदारहरु साम्राज्यवादीहरुमाथि निर्भर हुन्छन् । त्यसैले उनीहरुको स्थान क्रान्तिको मुख्य शत्रुको रुपमा हुन्छ । नानकिंग सरकारको स्वरुप जमिनदार पुँजीपति र दलाल पुँजीपतिहरुको गठबन्धन हो ।

साम्राज्यबादले चीनमाथि प्रत्यक्ष अधिकार चलाउँदाको बखत यदि त्यसको कारण जमिनदारहरु र दलाल पुँजीपतिहरुको आफ्नो स्वार्थमा धक्का लाग्ने सम्भावना हुन गए, सम्भवछ, उनीहरुले साम्राज्यवाद–विरोधी संघर्षको विरोध गर्दैनन् या कुनै विशेष स्थितिमा विरोधी संघर्षलाई साथ पनि दिनेछन् । हो, त्यस्ता मानिसहरुलाई छोडेर जसको स्वार्थमाथि साम्राज्यवादी आक्रमणबाट धक्का पुग्दैन या जसको स्वार्थ आक्रमणकारीसँग मिलेका छन्, उनीहरुसँग शत्रुको व्यवहार गरिनेछन् ।

माथिको भनाईबाट स्पष्ट हुन्छ कि हाम्रो साम्राज्यवाद–विरोधी राष्ट्रिय संयुक्त मोर्चा वास्तवमा “राष्ट्रिय” हो–अर्थात त्यसमा देशद्रोहीलाई छोडेर बाँकी सबै रहन सक्तछन् । जन–मोर्चाको तुलनामा हाम्रो राष्ट्रिय मोर्चाको यही विशेषता हो ।

(५) नयाँ जनवादी अर्थनीति ÷माओले नयाँ जनवादको राजनीति र सांस्कृतिक जस्तै अर्थनीतिको पनि सविस्तार व्याख्या गरेर त्यसलाई चीनको भूमिमा लागूसमेत गरे । उनको नयाँ जनवादी व्यवस्थाको अर्थनीतिको व्याख्याले संसारभरिका कम्युनिष्टहरुका लागि पनि विश्वासिलो पथ प्रदर्शन गरेको छ । माओले लेखेकाछन् ः

– नयाँ जनवादी क्रान्तिले “आर्थिक रुपमा साधारणतया निजी पुँजीवादी उद्योग धन्दाको संरक्षण गर्ने र धनी किसान अर्थतन्त्रलाई नष्ट नगरीकनै ठूला धन्दाहरु र साम्राज्यवादी, गद्दार र प्रतिकृयावादीहरुको पुँजीलाई राष्ट्रियकरण गर्ने तथा ठूला जमिनदारहरुको जमिन किसानहरुलाई बाँड्ने लक्ष राख्तछ । यसरी, यो नयाँ जनवादी क्रान्तिले एकातिर पुँजीवादका लागि मार्ग प्रसस्त गर्छ भने अर्कोतिर समाजवादका लागि पूर्वाधार तयार गर्छ” (C.W,Vol-2 P-327 )। माओको यही अर्थनीतिको जगमा चीनको अर्थव्यवस्थाले छोटै समयमा रुपान्तरणको फड्को मारेको देखिन्छ । क्रान्तिपूर्व मुक्त इलाकाहरुमा र क्रान्तिपछि देशव्यापीरुपमा सफलतापूर्वक प्रयोग भएको यो नीतिले साम्रज्यवादी थिचोमिचोबाट मुक्ति र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएको थियो ।

नयाँ जनवादी अर्थनीति भनेको एउटा संक्रमणकालीन अर्थनीति पनि हो । अर्धसामन्ती तथा अर्धऔपनिवेशिक संरचनालाई सर्वहारा वर्गको नेतृत्व र क्रान्तिकारी वर्गहरुको संयुक्त अधिनायकत्वमा संचालित एउटा संक्रमणकालीन पुँजीवादी संरचनामा फेरिएको अवस्था हो र त्यसलाई पछि समाजवादतर्फ विकास गराईनेछ । सामान्यतः नयाँ जनवादी अर्थतन्त्रका संरचनामा निम्न तत्वहरु रहन्छन् ः– (क) राज्यको नियन्त्रणमा राष्ट्रिय पुँजीपतिहरुको उद्योग धन्दाहरुको विकास, (ख) सामन्ती तथा दलालहरुको सम्पति जफत, (ग) सहकारी कृषि प्रतिष्ठानहरुको संचालन (घ) साना स्वतन्त्र दस्तकारी र व्यापारीहरुको उद्योग धन्दाको सुरक्षा ।

माओले सर्वहारावर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति पुरा गरी समाजवाद उन्मुख अर्थतन्त्र लागु गर्ने र त्यसपछि समाजवादी ब्यवस्थाको विकास गर्दै साम्यवादमा पुग्ने सिद्दान्त प्रतिपादन गरे ।

(६) नौलो जनवादी राज्य व्यवस्था ः– माओले भनेकाछन् ः “सर्वसाधरण जनताको मात्र हिस्सा भएको र पुँजीपति वर्गलाई आफ्नो निजी स्वामित्व कायम गर्न नदिइने राज्य ब्यवस्थामा मजदुर वर्गको नेतृत्व थपिदिने हो भने यो राज्य व्यवस्था जनताको जनवादी अधिनायकत्व (१) अर्थात नयाँ जनवादी राज्यव्यवस्था बन्नेछ” (माओ, २०४८ ः ४५८,चु.र; भाग–४,जनताको जनवादी अधिनायकतन्त्रवारे, १९४९,)। माओको अनुसार यो नयाँ राज्यव्यवस्था पुँजीपति वर्गको अधिनायकत्वमा चलेको अमेरिका–युरोपको पुरानो प्रकारको प्रजातन्त्रभन्दा फरक छ । त्यस्तो प्रजातन्त्र अब पुरानो मात्र होइन कि काम पनि नलाग्ने भैसकेकोछ । फेरी, यो राज्यव्यबस्था सोभियत संघको सर्वहारा अधिनायकत्वमा चलेको समाजवादी गणराज्यभन्दा पनि फरक छ । औपनिवेशिक तथा अर्धऔपनिवेशिक मुलुकहरुका क्रान्तिका लागि त्यस प्रकारको व्यवस्था हुनसक्तैन । सबै औपनिवेशिक तथा अर्धऔपनिवेशिक मुलुकका क्रान्तिमा राज्यको तेस्रो रुप अर्थात नयाँ–जनवादी गणराज्यलाई नै अपनाउनु पर्दछ । यो एक खास ऐतिहासिक अवधिका लागि उपयुक्त रुप हो र यसर्थ एक संक्रमणकालिन रुप पनि हो । साम्राज्यवाद विरोधी क्रान्तिकारी वर्गहरुको संयुक्त अधिनायकत्व अन्तरगतका एक नयाँ–जनवादी राज्य ।” नयाँ जनवादी क्रान्तिको तात्पर्य के हो भने औपनिवेशिक तथा अर्ध–औपनिवेशिक मुलुकका पुँजीपति वर्गले अमेरिका र युरोपका पुँजीपतिवर्गले गरे जस्तो पुँजीवादी क्रान्ति पुरा गर्न सक्तैन । तसर्थ यो क्रान्ति पुरा गर्ने जिम्मेवारी सर्वहारावर्गको काँधमा आएको छ । सर्वहारावर्गले मजदुर, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति, देशभक्त बुद्धिजीवी, आदिको संयुक्त मोर्चा कस्नु पर्दछ । तसर्थ माओले भनेकाछन्, “नौलो जनवादी राज्यव्यवस्था र सरकार सम्पूर्ण क्रान्तिकारी वर्गहरुको संयुक्त अधिनायकत्व अन्तरर्गत संचालित हुन्छ” (नौलो जनवादबारे, १९४०)।

(७) अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक समाज र दलाल पुँजीपति वर्गको जन्म ः– अतितमा पुँजीवादले निकै क्रान्तिकारी भूमिका खेलेको थियो । तसर्थ माक्र्स–एंगेल्सको के धारणा रहेको थियो भने पुँजीजीवीवर्गले जहाँसत्ता प्राप्त ग¥यो त्यहाँ सर्वत्र नै सामन्तवादी, पितृसत्तात्मक र भाबुकतापूर्ण सबै सम्बन्धहरुको अन्त्य गरिदिएको छ र उत्पादनका समस्त साधनहरुको तीब्र विकास र संचारका साधनहरुको असीमित सुविधाले गर्दा पुँजीजीविहरुले सबै राष्ट्रहरुलाई यहाँसम्म कि असभ्य भन्दा पनि असभ्य देशहरुलाई समेत सभ्यताको (पुँजीवादी !) परिधिमा ल्याउँनेछ । अर्थात पुँजीवादको विकासले प्राक–पुँजीवादी उत्पादन सम्बन्धलाई भत्काउनेछ र त्यहाँ पुँजीवादी उत्पादन सम्बन्धको विकास गर्नेछ (कम्युनिष्ट पार्टीको घोषणापत्र, १८४८)। तर पुँजीवादले साम्राज्यवादमा विकास गरेपछि असभ्यभन्दा पनि असभ्य मुलुकहरुमा समेत त्यहाँका सामन्तहरुसँग साँठगाँठ गरेर समाजलाई औपनिवेशिक, अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती स्वरुपमा ढाल्नेकाम ग¥यो । त्यस्ता मुलुकहरुमा साम्राज्यवादले (र विस्तारवादले) आफ्नो दलालको भूमिका खेल्नका लागि जन्माएको दलाल – नोकरशाह पुँजीपति वर्ग सम्बन्धी विश्लेषणमा माओको महत्वपूर्ण योग्दान रहेकोछ । माओको अनुसार अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकहरुमा साम्राज्यवादले दलाल –नोकरशाह पुँजीपति वर्गलाई जन्म दिने र त्यो वर्ग राजकीय पुँजीवादको विकासको मुख्य वाधक बन्ने भएकोले जनताको जनवादी (नयाँ) क्रान्ति त्यो वर्गको विरुद्ध लक्षित हुन्छ ।

(८) राजकीय पुँजीवाद  (State Capitalism) “चीनमा आजको पुँजीवादी अर्थतन्त्र, जसको अधिकांश मागमा जनसरकारको नियन्त्रण छ र जुन राजकीय स्वामित्व भएकोसमाजवादी अर्थतन्त्रसँग विभिन्न रुपमा जोडिएको र श्रमिकहरुको रेखदेख रहेको एउटा पुँजीवादी अर्थतन्त्र नै हो । यो सामन्य होइन बरु एक विशेष किसिमको पुँजीवादी अर्थतन्त्र हो, अर्थात नयाँ प्रकारको राजकीय–पुँजीवाद । यसको मुख्य काम जनता र राज्यको आवश्यकता पुरा गर्ने रहेको छ । न कि पुँजीपतिहरुका लागि नाफा कमाउन । साँचो कुरा के हो भने श्रमिकहरुद्धारा उत्पादीत नाफाको एक हिस्सा पुँजीपतिहरुको भागमा जान्छ, तर सानु हिस्सा मात्र हो, सम्पूर्णको एक चौथाई जति । बाँकी तीन चौंथाई भने श्रमिकहरुकै लागि उत्पादन गरिन्छ (कल्याणकारी कोषको रुपमा), राज्यको लागि (आयकरको रुपमा) र उत्पादन क्षमता अभिवृद्धिको रुपमा (जसको एउटा सानो हिस्सा पुँजीपतिहरुको नाफाका लागि जान्छ) । तसर्थ, यो नयाँ किसिमको राजकीय–पुँजीवादी अर्थतन्त्रले धेरै हदसम्म समाजवादी चरित्र ग्रहन गर्दछ र श्रमिकहरु तथा राज्यलाई फाइदा दिन्छ” । (Mao, 1977:101, S.W.Vol-V ).             बाँकी क्रमश: