हामी विप्लवीहरु त्यतिबेला के गरौंँला ?

प्रकाशित मिति : २०७३ पुस १५

- रविकिरण 'निर्जीव'

तिवेला राष्ट्रिय स्वाभिमानलाई शिरोपर गर्ने नेपाली युुवा–युवती र प्रौढ प्रौढाहरु सबै नेपाली स्वाभिमान र अस्मिता पतन होला कि भनेर भय, चिन्ता र आक्रोशले उद्वेलित छन् र यसैको मनोभूमिमाथि टेकेर नेपाली अस्मिता जोगाउन समर्पित छन् । तिनलाई अस्ताउने बेलामा पुग्न लागेका जीर्ण र असक्त शरीर धारीहरुले पनि साथ दिइरहेका छन् ।

ती तिनैखाले सवै स्वाभिमानीहरुले जापानी साम्राज्यवादीहरुको विरुद्ध मुक्तिको युद्ध लडेका चिनिया जनता र तिनका नायक माओ, चाओ, चूते आदिलाई पूर्णतः साथ दिन त पाएनन् तर तिनले मुक्तिकामी भियतनामी जनता माथिको अमेरिकी क्रूर हमला, होचिमिन्हप्रतिको पशुवत आक्रमणको विरुद्ध भने काठमाण्डुको भूगोल–पार्कमा दर्जनौं विरोध सभाहरु मात्र गरेनन् अपितु नयाँ सडकस्थित अमेरिकी पुस्तकालय समेत घेराउ गरी, प्रदर्शनकारीले नयाँ सडक भरी, विरोध पत्रहरु दिएका थिए । तिनले वीसको दशकमा नेपाल आएका अमेरिकी ‘सेकेण्डम्यान’ एग्न्यूको अघिल्तिर कालो झण्डा देखाइ ‘गुलाफमुखे’ उपराष्ट्रपतिको मुख कालो निलो बनाएका थिए ।

ती संघर्षशील नेपालीहरुले भारतीय हेपाहाले भित्रभित्र स्वतन्त्र सिक्किमलाई निल्नखोजको चाल नपाए पनि लेन्डुपले त्यसको स्वतन्त्रता इन्दिराको हातमा उपहार दिएको भने चाल पाएका थिए र बाच्छो खानेले माउ पनि खान सक्छ भनेर नेपाली भूगोलमा धेरै विरोधका स्वरहरु गुञ्जायमान गरेका थिए । तिनले सानो स्वाधिन देश भुटान माथि नियन्त्रण र अधीनका बल्छीहरु लगाउने ‘इन्दिरा आमा’ लाई समेत थर्काइरहेका थिए । दुर्वल राष्ट्रका स्वतन्त्रताका भोक्ताहरु इन्दिरादेखि नरेन्द्र सम्मका निर्लज्ज नायकहरुलाई सातो काडने साहसिक काम तिनले गर्दै आएका छन् । हाम्रो अखण्ड राष्ट्रियता र अस्मिता सिक्किमको जस्तो ‘समर्पित’ तथा भुटानको जस्तो ‘विवश’ भइहाल्छ कि भनेर ती चिन्ताग्रस्त छन् र चिन्ताको निकास विरोध र सङघर्षहरुलाई सडकहरुमा छताछुल्ल पारेर पोखिरहेका छन् ।

कोशी र गण्डकी विक्री हुँदाको घाउ तिनका छातीमा बल्किरहेको मात्र छैन, कर्णालीको पानी पनि कुनै वेला नालीको पानी विक्री भएझैँ विक्री होला कि भनेर त्यो घाउ चर्किरहेको छ । सुस्ता, महेशपुर, मानेभञ्ज्याङ आदि नेपाली माटोहरुमा वैरीले कुल्चिदाँ ती निर्भीक र हिम्मती आबाजहरु कति माथिसम्म उठे? ती आवाजहरु कहाँ पुगेनन्? काठमाडौं विराटनगर, पोखरा, सुर्खेत, चितवन आदि कति सहरहरुलाई तिनले लपेटेनन् ?

ती हिजोदेखि आँजसम्म ज्वालामुखी बनेर उठिरहेका छन् । तिनले ‘साँढेहरु’ को निद्राभङ्ग गरिरहेका छन् ।र नेपाली राजनीतिक मञ्चमा ‘शिवतृत्य’ गर्ने नर्तकहरुलाई अांैंलो उठाएर खवरदारी गरिरहेका छन्।

हिजोका घाग्डान देशभक्तहरु, हिजोका दिग्गज क्रान्तिकारीहरु आज देशघाती र प्रतिक्रान्तिकारी प्रतीत भईरहेका छन् र ती भोलिका दिनमा लेण्डुप बन्ने लक्षण देखाईरहेका छन् कुकुरको रेविज सरेका महामानिसहरु बहुलाहा कुकुरको बोल भुकिरहेका छन् भने र कसरी पत्यार गरौं ।ती आŠनो जन्मदात्री आमालाई लत्याएर परमात्रीको काखमा खेल्न रहर मानिरहेका छन् भनेरकसरी अपकल्पना गरोंै। हुनत दिल्ली संम्झौताको श्रृङखलावद्ध विरोध गर्ने नै १२ बुँदे ‘वैदेशिक भूमि संझौता’ का प्रमुख हस्ताक्षर कर्ता हुने रहेछन् र तिनै २५ बुँदे आत्मघाती संझौताका खलनायक हुन सक्ने रहेछन् । २५ बुँदे आत्मघाती संझौता देश बिक्रीको कबुलियतनामा हुनसक्छ भनेर कसरी शुभ सन्देहको विपरीत बोलूँ।

सिक्किमको संसदमा सिक्किमको भारतीय महाप्रमुख समक्ष लिलामबिक्री भएझै नेपाली संसदमा नेपालको लिलाम बिक्री होला भनेर यो मन पत्यार गर्न सक्तैन तर महाप्रभुका हज्जारोंै सेनाका बूटहरु नेपाली भूमिमा परेर नखेल्लान् भनेर आश्वस्त रहन सक्तैन ।यदि त्यस्तो भईहाल्यो भने अमर र भक्तिका सन्तान दरसन्तानहरु के हेरेर बसौंला ? त्यो कटुपराधिनताको अवस्थामा हाम्रो मनोदशाको हविगत कस्तोहोला ? कस्लाई सोध्ने यो कुरा ? वेचियको अवस्थामा विक्री फिर्ता गर्ने पूर्वाधार के गरी स्थापित होला ? कस्लार्ई सोध्ने ? सन् असीको दशकताका जन्मिएका ४० वर्षीय सिक्किमे युवकहरुले यसको जवाफ देलान् ? अथवा भुक्तभोगी ६६ वर्षीय गान्तोके बूढाहरुले यसको उत्तर देलान् ?

लेन्डुप जोडीहरुले आपनो शिरमाथिको आरोपलाई ‘रेसिष्ट’ गरेकै छैनन्, आफू माथिको आक्षेपलाई प्रतिवाद गरेकै छैनन् ।आरोपक र आरोपीबीच वादप्रतिवाद भएकै छैन ।त्यसो भएपछि यिनले देश परदेशीको पाउमा चढाउँलान् भनेर कसरी विश्वास नगरुँ । देश परदेशीको पाउँमा चढाईहाले भने ‘नागार्जुनका चोग्याल’ र ‘सिंहदरवारका लेन्डुप’ मिलिजुली राज गर्लान ?

विद्रोह संङघर्ष र आन्दोलन, विरोध, जनयुद्ध र जनआन्दोलनको संस्कृति हुने हामी विप्लवीहरु अमरसिंह, भक्ति थापा, पृथ्वीनारायण र वीरेन्द्रका राष्ट्रियता, स्वाभिमान एवं वीरता तथा सौर्यका महान, उद्गारकका कटिङहरु भित्तामा टाँसेर बस्छौं होला? ‘नाई ’ज्यान गए पनि यस्तो आत्मघाती कर्म गर्दैनौ भन्ने हो भने देश सिक्किमीकरण हुँदैछ, भुटान झै अपाङ्ग हुँदैछ भनेर सडक मात्र तताएर होला र ? अब संसद र सिंहदरवार समेत बफाएर तिनका भुत्ला उखेल्ने समय कहिले सम्म पर्खिएर बसिरहने ?