झर्रोटर्रो : मन्त्रीहरूको सम्पत्ति

प्रकाशित मिति : २०७३ पुस १५

- कैलुब्राह

रकारले मन्त्रीपरिषद्को बैठक बसेर मन्त्रीहरूले सम्पत्ती सार्वजनिक गर्ने निर्णय ग¥यो । सम्पत्ती सार्वजनिक गर्ने विषयमा बैठकमा निकै रस्साकस्सी पनि भयो । कसैले सम्पत्ती सार्वजनिक गर्ने कुरा संविधान विपरित भएको भनेर जिकिर गरे । उनीहरूले यो निर्णयले व्यक्तिको गोप्य अधिकार हनन हुने बताए । संविधानले हरेक नागरिकलाई कमाइकाज गर्न पाउने, ओसारपसार गर्न पाउने, घरघडेरी, सुनाचाँदी जोड्न पाउने, सहकारी र बैंकहरूमा लगानी गर्न पाउने अधिकार दिएको छ । त्यसैगरी श्रीमती, छोराछोरी, भाइभतिजा, नानातिना, साला, जेठान आदि इत्यादिका नाममा राख्न र किनबेच गर्न पाउने सुविधा पनि दिएको छ । आपूmले गोप्य रूपमा कमाएको धनपैसालाई श्रीमतीले दाइजोमा ल्याएको भन्न पनि मज्जैले पाइन्छ । अरू सर्वसाधारण मनुखेले सम्पत्ती कमाउँदा सार्वजनिक गर्नु नपर्ने, हामी मन्त्रीले मात्रै सार्वजनिक गर्नुपर्ने यो घोर अन्याय हो भन्दै सार्वजनिक गर्न नहुने तर्क गरे । प्रधानमन्त्रीले सार्वजनिक त गर्नै पर्ने भयो नत्र यी पत्रकारहरू पिछा गरेर हैरान पारे भने । जेजस्तो भए पनि बरू घटाएर बढाएर जसरी आपूmलाई सहज हुन्च त्यसैगरी सार्वजनिक त गरौँ भनेपछि सबै मन्त्री मन नलगाई नलगाई भए पनि सार्वजनिक गर्न राजी भए ।
आफ्ना दुःखले आज्र्याको जायजेथा देखाउन जेनतेन राजी त भए तर कसरी गर्ने हो भन्ने कुरामा निकै गोलमाल प¥यो । उनीहरूलाई सम्पत्ती सार्वजनिक गर्न निकै सकस भयो । धेरै देखाउने कि थोरै देखाउने भन्ने कुरामा निकै ठूलो छलफल र बहस भयो । धेरै देखायो भने कर लाग्ने, अख्तियार लाग्ने, अरूले यति धेरै कसरी कमायो भनेर दागा धर्ने समस्या । कम देखायो भने मन्त्री पदमा हालीमुहाली गर्दा पनि जावो सम्पत्ती कमाउनै नसक्नेले देशको विकास कसरी गर्ला भनेर सबैले खिसी गर्लान् भन्ने समस्या । द्विविधामा परे मन्त्रीहरू ।
‘मन्त्री हुनु भनेको धन कमाउन, विदेशको सयल गर्न, राज्यको ढुकुटीमा मोजमस्ती गर्नैलाई त हो । आपूmले जे गरिन्च त्यो कुरा सार्वजनिक गर्दा के नापिन्छ र ?’ मन्त्रीहरूको बैठकमा एउटा मन्त्रीले निकै फुर्तिसाथ बोले । ती मन्त्री विगतमा धेरै पटक मन्त्री बनेर अनुभव बटुलेका थिए । उनले अझै हौसिएर भने ‘मैले विगतमा पनि कति पटक सार्वजनिक गरेकै हो क्यारे । ऐलेसम्म कसैले पनि त्यसको लेखाजोखा ग¥या छैन । त्यसपछि मैले सम्पत्ती थपेँ कि घटाएँ भन्ने कुरा कसैलाई पनि थाहा छैन । सम्पत्ती देखाएर के हुन्च र ?’
‘मन्त्री ज्यूको कुरा त ठिकै हो तर धेरै देखाउँ भने अझै अतिरिक्त कमाइ गर्न सकिएको छैन, थोरै देखाउँ भने क्यै कमाउन नसकेको हुतिहारा मन्त्री भन्ने हुन् कि भन्ने डर पो भयो त ।’ अर्का मन्त्रीले आफ्नो धारणा राखे ।
‘हामी प्रत्यक्ष लडेर आएकालाई कम्ता गाह«ो छ, चुनाउमा करोडौँ खर्च गर्नु पर्च, त्यो लगानी उठाउनु परेन ? ब्यापारीले त नाफा नखाई सामान बेच्दैन । राजनीति पनि हाम्रा लागि ब्यापारै त हो नी ।’ सदाबहारे मन्त्रीले भने ।
‘तपाइँहरू त पार्टी सरकारमा जाँदा सँधै मन्त्री हुनुहुन्च, हामीले त नेताको दयाले एक पटकलाई चान्स पाउने हो हाम्लाई झन् समस्या छ ।’ पटके मन्त्री बुरुक्क उफ्रिए ।
‘समानुपातिक भनेर हाम्लाई नहेपौँ है, हाम्ले पनि टिकेट किन्न नेता र पार्टीलाई पैसा ति¥या छौँ । कोई कोई पो उत्पीडित जाति समुदायका मनुखे नहाली नहुने भा भेर तालुमा आलु फलेर आका छन् । सबैको अवस्था एउटै होइन है ।’ समानुपतिक मन्त्रीले दुखेसो पोखे ।
‘लौ लौ तपाइँहरू सबैको कुरा बुझियो, म दुईदुई पटक प्रम बने पनि मेरा नाउमा एक धुर सम्पत्ती छैन, सुनाचाँदी धनदौलत पनि जे छ सबै बुढीले माइताट ल्याकी हुन् । आफू त सर्बहारा नेता परियो । जेजसो छ त्यै देखाउँ र त भैगो नि ।’ प्रधानमन्त्रीले निर्णय सुनाए ।
‘तपाइँको सम्पत्ती भएर के भो नभएर के भो, कुर्चीबाट हटे पनि बाँचुन्जेल राज्यले अगाडि पछाडि ससश्त्रले सुरक्षा दिएर सबै परिवारलाई पुग्ने गरी बासको व्यवस्था सहित पाल्छ क्यारे । मरे पनि राज्यले सलामी सहित मलामी दिन्छ ।’ एक मन्त्री बोले ।
‘हो हो । त्यै त हो जिन्दगीभरको कमाई । क्यार्नी त कानून त्यस्तै छ । राज्यले देको सुविधा नलिउँ भने राज्यको अपमान ठहर्ला । खयर जे होस् हाम्रा नाउमा जे जस्तो छ, रिन धन सबै खुलाएर देखाऊँ । मिडियाले खेदो खनेका खन्यै छन् क्या । कम्ता हैरान छ मलाई जवाफ दिन । देखाइदिउँ सबै । बरू संयुक्त रूपमा देखाउँ । अब बैठकाँ मात्रै धेरै बहस नगरौँ । बैठक सकौँ ।’ प्रमले अन्तिम निर्णय सुनाए । बैठक सकियो । सामुहिक रूपमा सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ती बिबरण यसप्रकार छ ।
१. जग्गा जमीन केहीका नाउमा एकादुई कट्ठा रोपनी भए पनि बाँकी सबैका नाउमा नभएको ।
२. श्रीमतीले दाइजोमा ल्याएको केही घर घडेरी र केही तोला सुनाचाँदी र नगद रूप्पे । त्यो पनि उनीहरूकै नाउमा रहेको ।
३. बैंक ब्यालेन्स दुइचार सय रूप्पे मात्रै ।
४. चुनाउमा करोडौ रिन लागेको । अझै तिर्न नसकेकोले सबैले आआफ्ना साहुहरूलाई कपाले तमसुक लेखर दिएको ।
५. उपहार पाएका मोवाइल, घडी र केही जोर टाई सुट ।
६. मन्त्री र सांसदबाट पाएको तलब भत्ताले जाहान परिवार, भान्जाभान्जी, सालासाली, भाइभतिजा, इष्ट कुटुम्व र वरिपरि बसेर सेवा चाकडी गर्ने कार्यकर्ताहरूलाई पाल्नै नपुगेको ।
७. दुईचारवटा बैंक र सहकारीहरूमा शेयर किनेको । त्यो पनि अरूले नै पैसा हालिदिएको ।
२ पुस २०७३