क्रान्तिकारी युवा लिगद्वारा हत्याको दोषीलाई कारबाही गर्न माग

प्रकाशित मिति : २०७३ पुष ६

बुटबल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)निकट क्रान्तिकारी युवा लिग, रुपन्देहीले युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेको छ । तिवारीको हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लिगले हत्या घटनाको छानविन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरेको हो ।

लिगका रुपन्देही अध्यक्ष शंकर के.सी.ले मंगलबार प्रेस विज्ञप्ती जारी गरी हत्यामा संलग्नको छानविन गरी कानुनी कारवाही गर्न सरकार समक्ष आग्रह गर्नुभएको हो । जारी विज्ञप्तीमा भनिएको छ, “घटना जो सुकैले जुन कारणले घटाएपनि दोषीलाई कानुनी गठघरामा ल्याईनुपर्दछ , घटनालाई राजनितिक रंग दिनु उचित हुदैन ।”